कतारको एक सफल व्यवसायिक जोडीको कारोबार अबौंमा, नेपालमा तारे होटलमा लगानी गर्दै

कतारमा व्यवसायिक सफलता पाउने थुप्रै नेपालीमध्ये विकास प्रसाईं र अनु भट्टराईको जोडी पनि एक हो । कतारमा निर्माणदेखि रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका विकास र अनुले भैरहवामा तीन तारे होटल निर्माणको तयारी गरेको छ ।

‘नेपालमा ठूला पूर्वाधार आयोजना बनाउन निजी लगानीबाट संभव छैन, रेमिटान्सबाट सकिन्छ’

रोजगारी तथा विभिन्न उद्देश्यले कतार पुगेर त्यही पेशा व्यवसाय गर्दै आएका सयौं नेपालीले आफूहरुलाई यहाँँ स्थापित गरेका छन् । नेपाली कामदारहरुको लागि आकर्षक श्रम गन्तव्यको रुपमा रहेको कतारमा केही नेपालीहरुको हासिल गरेको व्यवसायिक सफलता उदाहरणीय छ ।

यही गतिले सन् २०२० मा २० लाख पर्यटक कसरी भित्रिन्छन ?

भूकम्प र नाकाबन्दीले शिथिल बनेको नेपाल पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधार देखिएको छ । तर बार्षिक तथ्याङक हेर्ने हो भने १० लाख पनि पर्यटन पुग्न सकेको छैन । यता भिजन २०-२० भन्दै सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने महत्वाकाँक्षी योजना सरकारले अघि सारेको छ ।

फाइल फोटो

अष्ट्रेलिया किन यति धेरै युवाहरुको आकर्षणको केन्द्र बन्दैछ ? भवानी ओलीसँगको कुराकानी

पृथ्वीको दक्षिण गोलाद्र्धमा रहेको महादेश, जुन सिंगै एउटा देश, अष्ट्रेलिया अहिले विश्वभरका मानिसहरुको आकर्षणको केन्द्र बनेको छ । उच्च शिक्षाका लागि मात्रै नभएर सहज जीवनयापनका लागि अष्ट्रेलिया जाने र जान चाहनेहरुको संख्या निकै ठूलो ।

राधा ज्ञवाली भन्छिन्– जग हामीले बनायौं, जनार्दन र कुलमानले ‘गोयबल्स’ शैलीमा आफ्नो प्रचार गरे

विद्युत उत्पादन र आयातमा वृद्धि भएसँगै काठमाडौंलगायतका स्थानहरु लोडसेडिङको समस्या कम हुँदै गएको छ । कतिपय विद्युत आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेकाले लोडसेडिङको समस्या मुलुकभर नै हटने देख्निछ ।

‘निजी बैंकले ब्याजदर बढाए भन्दैमा हामी बढाउँदैनौं’

सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक पुँजी र सञ्जालका हिसावले मुलुकको ठूलो बैंकमा पर्दछ । आफ्नो वित्तीय स्थिति सुधार गरे निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै अघि बढेको यो बैंकले पनि चाँडै जना सर्वसाधारण जनतालाई समेत सेयर दिने तयारीमा छ् ।

पूर्वका जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउँदा गोविन्द केसीको के जान्छ ?

स्वास्थ्य क्षेत्रको सुधारको लागि भन्दै आन्दोलनको नेतृत्व गर्दै आएका डा गोविन्द केसीप्रति एकातिर जनसमर्थन देखिए पनि अर्कोतर्फ विशेषगरी निजी अस्पताल तथा कलेज सञ्चालकहरु भने विरोधमा छन् । डा. केसीको आन्दोलनले स्वास्थ्य सेवा र शिक्षामा निजी क्षेत्रको लगानी संकटमा परेको उनीहरुको गुनासो छ । डा. केसीको आन्दोलनको शिकार भएको एउटा संस्था हो इलामको विर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज । डा. केसीसँग सरकारले पछिल्लो पटक गरेको १२ बुँदे सम्झौतापछि तत्काल मेडिकल कलेज सम्वन्धनको संभावना अन्त्य भएको छ । आवश्यक सबै पूर्वाधार तयार भएपछि कलेज सञ्चालनको अनुमति नपाउने कुराले बि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईं चिन्तित देखिन्छन् । उनीसँग कर्पोरेट नेपालका सीताराम विलासीले गरेको कुराकानीको सारः

‘बैंकको सञ्चालक आफै, कानुन बनाउने ठाउँमा पनि आफै हुँदा ‘कन्फिक्ट अफ इन्ट्रेष्ट’ देखियो’

बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (बाफिया)को संशोधनको विषय अहिले बहस र विवादको विषय बनिरहेको छ । विशेषगरी बैंकका सञ्चालक तथा कार्यकारी प्रमुखको कार्यकाल लम्ब्याउन भइरहेका प्रयास र यसमा स्वयम बैंककै सञ्चालकसमेत रहेका विधायकहरुको प्रत्यक्ष संलग्नताले गर्दा यस विषयमा बढि विरोधका स्वरहरु आएका छन् ।

‘अब सेयरका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ’

मर्चेन्ट बैकिङ कम्पनी के हो ? यिनीहरुले के कस्तो काम गर्छन भन्ने कुरामा अझै धेरै मानिसहरुमा अनविज्ञता देखिन्छन् । नेपालको पुँजीबजारको दायरा वृद्धिसँगै यस्ता कम्पनीहरुको संख्या पनि थपिने क्रम जारी छ । मर्चेन्ट बैकिङ भनेको बैंकमा काम गरेर अनुभवबाट खारिएका थिङ्क ट्याङ्कहरुले काम गर्ने ठाउँको रुपमा हेरिन्छ । तर नेपालमा भने यसको दायरा निकै सीमित गरिएको अवस्था छ । यसै सन्दर्भमा कर्पोरेट नेपाल डटकमद्धारा न्यूज२४ टेलिभिजनमा हरेक शुक्रबार राति ९ बजे र शनिबार बिहान १०ः३० बजे प्रसारण हुँदै आएको आर्थिक बहस कार्यक्रम कर्पोरेट नेपालको गत शुक्रबारको कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेसँग गरिएको अन्तवार्ताको सार प्रस्तुत छः

हात थाप्ने होइन, आफै सिर्जना गर्न सामाजिक उद्यमशीलता

नेपालको शिक्षा पद्दती कस्तो हुनुपर्छ ? भन्ने सन्दर्भमा बहस चलिरहेको बेला एक निजी शैक्षिक संस्था किङ्क कलेजले शिक्षालाई सामाजिक उद्यमशीलताको नयाँ अवधारणासहित अध्ययन अध्यापन गराउँदै आएको छ । हाम्रो शिक्षा निर्वाहमूखी वा बेरोजगार उत्पादन गर्ने भन्दा पनि समाजको आवश्यकता, मुलुकको संभावना सुहाउँदो हुनुपर्छ भन्ने कलेजको मान्यता छ । यसै अवधारणालाई प्रवद्र्धन गर्न कलेजले बिहीबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन पनि गर्दैछ । यिनी सेरोफेरोमा किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालसँग कर्पोरेट नेपालका सम्पादकद्धय सीताराम विलासी र पुरुषोत्तम खत्रीले गरेको कुराकानीको सार प्रस्तुत छः

कर्मचारीलाई घुस नदिए कुनै पनि निर्माण आयोजना बन्दैनन्

नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछाने स्वच्छन्द निर्माण सेवा प्रा.लि.का प्रवन्ध सञ्चालक जयराम लामिछानेले नेपालको निर्माण क्षेत्रमा भ्रष्टाचारको ठूलो जालो रहेको स्वीकार गर्दै त्यसको खुलासा गरेका छन् । कर्पोरेटन नेपाल डटकमद्धारा न्यून २४ टेलिभिजनमा प्रसारित आर्थिक बहस कार्यक्रम कर्पोरेट नेपालमा अन्तरवार्ता दिँदै उनले नेपालका ९९ प्रतिशतभन्दा बढी आयोजनामा कर्मचारीले घुस नलिई आयोजना र बिल स्वीकृत नगर्ने गरेको डरलाग्दो तथ्य प्रस्तुत गरे । यसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थाहरुलाई समेच गम्भीर चुनौति थपिदिएको छ । घुस खुलाएन भने भोलि आफ्नो कम्पनी बैंकको कालोसूचीमा पर्ने र घरखेत जाने स्थितिले गर्दा नचाहाँदा नचाहाँदै पनि बाध्य भएर घुस खुवाउनुपर्ने स्थिति रहेको उनले बताए । प्रस्तुत छ उनीसँगको कुराकानीको सारः

yubraj-bhusal

सरकारको निर्णयले नेपालभित्र हाम्रो सबै ढोका बन्द भयो

नेपाल राष्ट्र बैंकको गर्भनरदेखि मुख्यसचिवसम्म चर्चामा रहेर पनि अवसरबाट बन्चित भएका पूर्वअर्थसचिव युवराज भुषालले दोहोरो सुविधाको कुरा उठेपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को वरिष्ठ अध्ययन निर्देशकबाट पनि राजीनामा दिएका छन् । अध्ययनमा हरेक पल्ट ‘टप’ भुषाल कुशल र सफल प्रशासकको रुपमा समेत चिनिन्छन् । उनी नाताले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन । सम्धी भएकैले उनको चर्चासमेत हुँदै आयो । योग्यता र क्षमता हुँदाहुँदै भुषाललाई रोक्न चाहनेहरुले त्यही नातालाई हतियार बनाउँदै आए । उद्यपि भुषालले पौडेलसँग नाता जोडन पाउँदा आफूलाई गर्व रहेको बताउँछन् । प्रस्तुत छ भुषालसँग कर्पोरेट नेपालका सीताराम विलासी र लक्ष्मण काफ्लेले गरेको कुराकानीको सारः