काठमाडौं । मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी भएको छ ।
समझदारीपत्रमा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स फ्रेन्डका अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।
वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालन क्षेत्रमा प्रतिष्ठित कम्पनी फाइनान्स फ्रेन्ड प्रालिसँग समझदारी भएको बैंकले जनाएको छ ।