विश्वका ३५ बढी देशमा बिक्री हुँदै आएको वाईवाईको लोकप्रियताको कारण गुणस्तर होः सीजी

Advertisement

काठमाडौं । चौधरी समूह (सीजी)ले नेपालमा चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट वाइवाइ चाउचाउको उत्पादन सुरु गरेको थियो । 

नेपाली उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउन भन्दै चाउचाउ उत्पादन गर्ने सीजी पहिलो कम्पनी हो । आज विभिन्न पाँच देशबाट उत्पादन भइरहेको वाइवाइ विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री हुँदै आएको चौधरी समूहले जनाएको छ । 

Advertisement

विश्वव्यापी रूपमा वाइवाइ इन्स्ट्यान्ट नुडलल्सको वृद्धि पछाडीको एउटा प्रमुख कारक यसको गुणस्तर नै भएको सो समूहको भनाई छ । सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुँदै गएको जनाएको छ । 

कच्चा सामान फ्याक्ट्री पुग्नुअघि देखिनै आफूहरुले गुणस्तरमा ध्यान दिएको हुन्छ भन्दै चौधरी समूहले आपूर्ति गरिएका सामग्री सीजीको गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गर्ने जनाएको छ । 

सीजीका अनुसार प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नुअघि गुणस्तर जाँचको मापदण्ड पुरा गरेको हुनुपर्छ । यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ । प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ । 

दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गरिन्छ भन्दै सीजीले प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल)मा रेकर्ड गरिने, जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने, कुनै त्रुटी देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिने जानकारी दिएको छ । 

यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन्, जसले अन्तिम उत्पादन मानक अनुसार छ या छैन भनेर सुनिश्चित गरिन्छ । उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुनः गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि (¥यान्डम्ली) नमूना संकलन गरिने जनाइएको छ । 

प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ भन्दै चौधरी समूहले आफूहरुसँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू रहेको, जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन् भनेको छ । 

चौधरी समूहको भनाई छ, ‘यस कार्यलाई प्रत्येक उत्पादन इकाईमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाई प्रयोगशाला, आरएन्डडी र केन्द्रीय सुपरल्याब गरि गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ । गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सीमित हुँदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भएअनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पल समेत लिइन्छ । यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आरएन्डडीमार्फत गरिन्छ ।’ 

प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडी आन्तरिक रूपमा मूल्यङ्कन र परिक्षण गरिन्छ । उल्लेखित प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरूमार्फत खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित छन् भन्दै सीजीले वाईवाईको प्रसिद्ध उत्पादनहरू आज अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेको जानकारी दिएको छ । 

गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको सो समूहको विश्वास छ । वाइवाइको सफलता धेरै वर्ष देखिको विशेषज्ञताको व्यवस्थापन र समर्पणले गर्दा नै सम्भव भएको हो भन्दै उसले त्यसैले नै आफूहरुका उत्पादनहरू नेपाल तथा धेरै राष्ट्रहरूका उपभोक्ताको रोजाइमा परेको बताएको छ ।

Advertisement

Advertisement