नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा आज, लगानीकर्ताको हात रित्तो !

Advertisement

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २२औं वार्षिक साधारणसभा आज (वैशाख १८ गते) बस्दैछ ।

तर, बैंकले लगानीकर्तालाई निराश बनाउने भएको छ । सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखिएको छैन । 

Advertisement

सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । 

सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेस गर्नेछ ।

साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नुका साथै बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा छ । 

त्यसैगरी, सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस हुनेछ भने सञ्चालक पनि चयन गर्ने बताइएको छ । 

Advertisement

Advertisement