गुहेश्वरी मर्चेण्टले शुरु गर्यो क्यूआर टेलर सुविधा

Advertisement

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमवाट ग्राहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्यूआर टेलर सुविधा शुरु गरेको छ । 

संस्थाका अध्यक्ष युवराज भण्डारीले आज एक समारोहका बीच उक्त सेवा उद्घाटन गर्नु भएको हो ।  

Advertisement

सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।

क्यूआर टेलर सुविधाबाट संस्थाका ग्राहकहरुले सो प्रविधि मार्फत नगद भुक्तानी लिन सक्ने छन् । यस प्रविधिले ग्राहकहरुलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सो क्यूआर टेलर सुविधा संस्थाले हाललाई काठमाण्डौं उपत्यकाको शाखाहरुमा सुरुवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै शाखाहरुमा सुरुवात गर्ने योजना रहेको छ ।

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैंकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।

Advertisement

Advertisement