राशिफलः आज (वैशाख १९) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल वैशाख महिनाको १९ गते बुधबार, वैशाख कृष्णपक्षको अष्टमी तिथि । आज अन्तर्राष्ट्रिय मजदुर दिवस ।

मेष 
सकारात्मक बेला रहेको छ । भाग्यका दरिलो साथ भएकाले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । यात्रामा भने अबरोधहरु सृजना हुने छन् । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन तथा बिबादहरु उत्पन्न हुने छन् । साझेदारहरुको रुचि र प्राथमिकता बाझिन जाने छ । दाम्पत्य जीवनमा केही निराशा आउला ।

Advertisement

वृष 
दाम्पत्य जीवनमा मधुरता बढ्ने छ । जीवनसाथिको आड भरोसाका कारण कठिनाईसँग जुध्ने तागत प्राप्त हुने छ । आम्दानीमा भने केही बढोत्तरी हुने छ । पेशागत जीवनका क्षेत्रमा औसत अवस्था भन्दा हल्का सकारात्मक अवस्था सृजना हुने देखिन्छ । मनमा सुखको अभाव हुने छ । रिस छिटो उठ्ने भएकाले यसबारेमा सचेतताको निकै आवश्यकता देखिन्छ । 

मिथुन 
बाहिरबाट हेर्दा दृढ खाले ब्यक्तित्व देखिएता पनि आफ्नो मन भने दुबिधाग्रस्त हुन पुग्ने छ । निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन भने सकारात्मक नै देखिन्छ । जीवनसाथिको साथसहित अघि बढेमा भाग्यको अभिबृद्धि हुने देखिन्छ । अन्यथा भाग्यको साथ कम रहेकाले कार्यहरु सम्पन्न हुन अलि ढिला हुने छन् । 

कर्कट
भित्रि बृद्धि जागृत हुने छ । अध्ययनमा मन लाग्ने छ । सूचना प्रबिधि, पानी, चिसो पदार्थ, आइसक्रिम, आयात निर्यात, लेखा जस्ता पेशा ब्यवसायमा आवद्धहरुलाई सकारात्मक देखिन्छ । साझेदारीमा गरिएका कार्यहरुबाट प्रतिफल प्राप्त हुने छ । मेहनत िर लगनशिल ब्यक्तित्व हुने छ । 

सिंह
भाग्य बलियो रहेको छ । त्यसैले मनमा दृढता आउने छ । तर पेशागत जीवनमा भने उतार चढाव आउने छ । ब्यक्तित्वमा कमि आउने छ । बोली अत्याधिक कडा हुने भएकाले परिवारमा द्वन्द निम्तिन जाने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा द्वन्द र विवाद चर्कने देखिन्छ । आम्दानीमा भने केही बृद्धि हुने भएकाले यस विषयले भने केही सन्तोष दिने छ ।

कन्या
छोटो यात्रामा निस्कनु पर्ने हुन सक्छ । कमाउनु पर्दछ, आफ्नो सपना पुरा गर्नु पर्दछ भन्ने विषयमा मेहनत र पराक्रमी स्वाभाव बन्ने छ । धन सम्पत्ति नोक्सान हुने योग रहेकाले उच्च सतर्कतासहित मात्र अघि बढ्नु पर्ने समय छ । भाग्यहिनताको आभाष हुने भएकाले जारी रहेका कामहरु पुरा हुन सक्ने छैनन् । साझेदारीका कार्यहरुमा द्वन्द चर्कने छ । 

तुला 
बोलीको प्रभाव बढ्ने छ । प्रिय बोली हुने भएकाले बोलीको प्राथमिकता साथ कार्य गरेमा सफलता प्राप्त हुने छ । समय अनुकुल रहेकाले मनमा सन्तोष मिल्ने छ । शान्त ब्यक्तित्व हुने छ । यसले गर्दा अरुको मन जित्न सकिने छ । पेशागत जीवनबाट धन, सम्पत्ति तथा वित्तिय अवस्थामा बृद्धि हुन पुग्ने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ । 

वृश्चिक
शान्त स्वाभावको ब्यक्तित्व हुने छ । भाग्यको साथ रहेकाले मनमा दृढता बढ्ने छ । प्रतिकुल अवस्थामा पनि मनमा उत्साह रहनाले प्रतिकुलतासँग जुधेर निस्कन दृढता प्राप्त भइरहने छ । पेशागत जीवनका विषयमा भने केही द्वन्द र बादबिबाद बढ्न सक्छ सतर्कता सहित अघि बढ्नु पर्ने देखिन्छ । सूचना प्रविधि क्षेत्रमा संलग्नहरुले कमाई राम्रो गर्ने छन् । 

धनु 
मनमा निराशा छाउने छ । निन्द्रामा पनि समस्या आउने भएकाले सतर्कता अपनाउनु होला । भाग्यको साथ रहनाले ब्यावाहारिक जीवनमा संघर्ष गर्न आँट भने आउने छ । पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक नतिजातर्फ उन्मुख हुने छन् । दाम्पत्य जीवनमा सन्तोष प्राप्त हुने छ ।

मकर 
दृढ ब्यक्तित्व हुने छ । तर रिसको मात्रा पनि अत्याधिक हुने भएकाले निरन्तर संयमताको आवश्यकता रहन्छ । आम्दानीमा बृद्धि हुने छ । जीवनसाथिको साथसहित काम गरेमा उक्त कामले अत्याधिक लाभ प्रदान गर्ने छ । सपनाहरु पूरा हुनेतर्फ अघि बढ्ने छन् । साझेदारीका कार्यहरु प्रगतितर्फ जाने छन् । थप जिम्मेबारी प्राप्त हुन जाने छ । 

कुम्भ 
पेशागत जीवन स्थिर रहने छ । तर कार्यालय सम्बन्धी केही स–साना विषयमा द्वन्दको अवस्था निम्तिन सक्ने समय भएकाले विचार पु¥याउनु होला । आम्दानीमा बृद्धि हुने छ । जीवनमा राखिएका सपनाहरु पुरा हुनेतर्फको दिशामा रहने छन् । खासगरी पैतृक सम्पत्ति तथा धन सम्पत्तिको परिचालनबाट लाभ मिल्ने छ । मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । 

मीन
मनमा उदासिनता बढ्ने छ । चिन्ता भय र अन्योलताले सताउने छ । पानी, डेरी, चिसो पदार्थ, आयात निर्यातका ब्यवसायमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । पेशागत जीवनमा भने केही सन्तोष मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुबाट लाभ प्राप्त हुने छ । निर्माणका कार्य, श्रम जगत, राजनीति, न्याय क्षेत्र, पेट्रोलियम पदार्थ, हार्डवेयर, सिमेण्ट जस्ता क्षेत्रमा सहभागिहरुलाई आंशिक लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement