अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गर्दैछौंः प्रम दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । 

एक सय ३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा बुधबार उनले सत्ता साझेदार दलहरुको तर्फबाट प्रश्तुत साझा न्युनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा जगाउँदै भन्ने मुलमन्त्रलाई व्यवहारमा नै सम्बोधन गर्नेगरी सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए । 

Advertisement

राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्युनिकरण गर्दै त्यसको अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उनले सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दलहरु, टे«ड युनियनहरु, निजी क्षेत्र लगायतका साथ रहने विश्वास समेत व्यक्त गरे । 

दाहालले भने, ‘देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा छ । यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ । यसले सत्ता साझेदार दलहरुको तर्फबाट प्रश्तुत साझा न्युनतम कार्यक्रममा उल्लेखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ मुलमन्त्रलाई व्यवहारिक रुपमा सम्बोधन गर्नेछ भन्नेमा सरकार प्रष्ट छ । राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्युनिकरण गर्दै रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्नेछ । तसर्थ, सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरु, निजी क्षेत्र लगायत सबैको साथ रहने मेरो विश्वास छ ।’

उनले सरकारले अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै त्यसको सामना गर्दै अघि बढिरहेको बताउनु भयो । 

Advertisement

Advertisement