इम्पेरमेन्ट चार्ज घट्दा मेरो माइक्रोफाइनान्सको नाफा उल्लेख्य बढ्यो

Advertisement

काठमाडौं ।  मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद नाफा उल्लेख्य बढेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसा संस्थाले यो अवधिमा १२ करोड ३८ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४६.३० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा लघुवित्तको यस्तो नाफा १ करोड ३० लाख रुपियाँ रहेको थियो।

Advertisement

खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य घटेका कारण खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५.५५ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी १६.३४ प्रतिशतले बढेको छ । त्यसैगरी, कुल सञ्चालन आम्दानी १५.६७ प्रतिशत र सञ्चालन मुनाफा ११८६.९२ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा संस्थाको इम्पेरमेन्ट चार्ज १३ करोड ४९ लाखबाट घटेर ३ करोड ८८ लाख रुपियाँमा झरेको छ । यसले सञ्चालन मुनाफा र खुद नाफा बढाउन सहयोग गरेको हो । 

चालू आवको ९ महिनामा संस्थाको निष्क्रिय कर्जा भने १.४९ प्रतिशत विन्दुले घटेको छ ।

त्यसैगरी, संस्थाको नाफासँगै प्रतिशेयर आम्दानी पनि ११.१९ रुपियाँले बढेर १२.५१ रुपियाँ, प्रतिशेयर नेटवर्थ १५३.७२ रुपियाँ र मूल्य आम्दानी अनुपात ४९.३२ गुणा रहेको छ । 
साथै, कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ३७ लाख र वितरणयोग्य प्रतिशेयर आम्दानी ९.४७ रुपियाँ रहेको छ।

एक अर्ब ३२ करोड चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ७० करोड ९१ लाख रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा संस्थाले ११ अर्ब ६९ करोड रुपियाँ निक्षेप तथा सापटीबाट १३ अर्ब ९९ करोड रुपियाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement