नेपाल फाइनान्सको ११ लाख कित्ता शेयर लिलामीमा

Advertisement

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको १० लाख ९४ हजार ४७१.१८७ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको छ । 

यो शेयर जोकोही व्यक्ति, कम्पनी र संस्थाले खरिद पाउनेछन् । 

Advertisement

लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपियाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकत १० ले भाग जाने सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड, कम्पनीको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयका साथै प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

यस लिलामी शेयरमा आजदेखि जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

Advertisement

Advertisement