काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
यसैक्रममा कम्पनीले १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
उक्त सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।