काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै, आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
त्यसैगरी कोशी र गण्डकी प्रदेशका एकाध स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ ।
शनिबार दिउँसो आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
शनिबार राति राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।