सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

Advertisement

काठमाडौं । सरकारले रु. १०० को नोटमा नेपालको नयाँ चुच्चे नक्सा राखिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

Advertisement

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा हाल चलन चल्तीमा रहेका एक सय रुपियाँ दरका बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखी नयाँ नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको बताइन् । 

यसभन्दा पहिला पूरानो नक्शा भएको नोट थियो । 

Advertisement

Advertisement