सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि व्यवसायीका समस्या चाँडै समाधान हुनु पर्छः पौडेल

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताएका छन् । 

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिन आजको कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले घरजग्गा कारोबारलाई संस्थागत बनाउनेतर्फ आफ्ना नीतिहरु उन्मुख गराएको बताए । राष्ट्र बैंकले संस्थागत रुपमा दर्ता भएर गरिने रियल स्टेटलाई लोन टु भ्यालु रेसियो बढी नै गरेको बताए । 

Advertisement

व्यवस्थित रुपमा कारोबार गर्ने व्यावसायिक संस्थाहरुलाई सहुलियत दिने नीति लिएको बताए । कार्यकारी निर्देशक पौडेलले राष्ट्र बैंकले रियल स्टेट व्यवसाय संगठित भएर आउनुपर्छ भन्ने मान्यता अनुरुप नीतिहरु बनाई रहेको बताए । 

असंगठित क्षेत्रले काम गर्दा विभिन्न विकृति, अपरदर्शी र राज्यको राजश्व गुम्ने बताए । उनले अव्यवस्थित घरजग्गा कारोबारले बैकिङ क्षेत्रमा समेत समस्या पर्नसक्ने विषयमा राष्ट्र बैंक सचेत रहेको बताए । औपचारिक रुपमा दर्ता भएर रियल स्टेट व्यवसाय होस् भन्ने राष्ट्र बैंकको चाहना रहेको बताए । 

Advertisement

Advertisement