ब्रोकर कमिसन १० प्रतिशतले घटाउने बोर्डको तयारी

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने तयारी गरेको छ । 

बोर्डले गत कात्तिकमा नै हालको ब्रोकर कमिसन शुल्कमा १० प्रतिशत घटाउने निर्णय गरेर अर्थमन्त्रालयमा पठाएको थियो । अर्थमन्त्रालयबाट स्वीकृत पाएसँगै बोर्ड सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

Advertisement

हाल ५० हजार रुपियाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपियाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपियाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्छ । त्यस्तै, २० लाखदेखि १ करोड रुपियाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपियाँभन्दा मााथिको कारोबारमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्छ ।

यसअघि बोर्डले २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३ प्रतिशतदेखि ६० प्रतिशतसम्म घटाएको थियो ।  

Advertisement

Advertisement