आज (मंसिर १४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको १४ गते बुधबार, मंसिर शुक्लपक्षको सप्तमी तिथि ।

मेष 
आम्दानीमा बृद्धि हुने छ भने राखिएका लक्ष्यहरु प्राप्त हुन जाने छ । पेशागत क्षेत्रमा संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । पेशागत जिम्मेबारीसहित विदेश यात्राको सम्भावना देखिन्छ । प्रतिष्पर्धात्मक व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ । शेयर बजार सकारात्मक रहने छ । 

Advertisement

वृष
मनमा सात्विकताका मात्रा बढ्न जाने छ । बौद्धिक दायरामा पनि बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । विदेश यात्राका सन्दर्भमा प्रगति हुने छ । पेशागत जीवनमा भने उन्नति र प्रगति तथा बढि भुमिका प्राप्त हुने छ । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । शेयर बजार चुनौतिपूर्ण देखिन्छ ।

मिथुन 
साझेदारीमा गरिएका कामबाट शुभ नतिजाहरु आउने छन् । जीवनसाथिको परामर्श र सहभागितामा काम गरेमा फाइदा मिल्ने छ । पेशागत जीवनमा अपेक्षा नै नगरिएका कठिनाईहरु देखा पर्ने भएकाले संयमित रहनु होला । दमनमा दृढता आउने छ । रिस धेरै उठ्ने भएकाले यस बारेमा ध्यान दिनु होला । शेयर बजार अनुकुल रहने छ । 

कर्कट
मनमा दुविधाका मात्रा धेरै बढ्न जाने छ । बोलीको प्रभावकारितामा पनि कमि आउने भएकाले संयमित रहने प्रयास गर्नु होला । पेशागत जीवनमा उतार चढाव आउने चुनौति रहेकाले पेशागत कामहरुमा संयमताको खाँचो देखिन्छ । भाग्यहिनताको अनुभुतिले गर्दा मनमा निराशा केही आउने छ । शेयर बजार औसत रहने छ ।

सिंह
मनमा भारीपनाले सताउँदा खुशीपनामा कमि आउने छ । पेशागत जीवनमा सकारात्मक परिणामहरु देखा पर्ने छन् । सुख सुविधा प्राप्त हुने छ भएता पनि मनमा भने सात्विकत विषयहरुमा रुचि लाग्ने छ । साझेदारीमा गरिएका कामहरुबाट सकारात्मक नतिजाहरु आउने छन् । शेयर बजार सकारात्मक रहने छ । 

कन्या
आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत जीवनमा पनि उन्नति हुने र सकारात्मक परिणामहरु देखा पर्ने छन् । मनमा भने उदासिनताको मात्रा आउने देखिएकाले सकारात्मक सोचलाई अघि बढाउन ध्यान केन्द्रीत गर्नु उपयुक्त हुने छ । शेयर बजारमा संयमित रहनु होला । 

तुला
कमजोर मनोबल बन्ने छ । सोचे जस्तो आम्दानी हुने छैन भने राखिएका लक्ष्यहरु प्राप्तिमा पनि अवरोधहरुको सामना बढि नै गर्नु पर्ने छ । पेशागत जीवनमा भने केही सकारात्मकता देखिने हुँदा राहत मिल्ने छ । विदेश यात्रा सकारात्मक बन्न जाने छ । शेयर बजार हल्का सकारात्मक रहने छ ।

वृश्चिक
पेशागत जीवन मध्यम खालको रहने छ । पेशागत क्षेत्रबाट मान सम्मान भने प्राप्त हुने तथा आफ्नो भुमिकामा केही बृद्धि हुन जाने छ । साहसी खालको व्यक्तित्व हुने छ तर रिस कडा खालको हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । शेयर बजार सकारात्मक रहने छ । 

धनु 
बौद्धिक स्तरमा बढोत्तरी हुने हुँदा अरुले सम्मान गर्ने छन् । मनमा साहसका क्रम देखा पर्ने छन् । तर भाग्यहिनताको आभाष हुने हुँदा कार्य क्षमता र उन्नतिमा बाधा व्यवधानहरु आउने छन् । साझेदारीमा गरिएका कामहरुमा सकारात्मकता देखा पर्ने छ । जीवनसाथिको साथमा कार्यहरु अघि बढाएमा सफलताका मात्रा थपिने छ । शेयर बजार सकारात्मक रहने छ ।

मकर 
मनमा खिन्नताको मात्रा बढ्ने हुँदा नकारात्मक विचारले मनमा सताउने छ । बोलीको प्रभाव भने बढ्ने छ । भाग्यको साथ नभएको आभाष हुने हुँदा कार्य क्षेत्रमा निराशा पैदा गराई दिने छ । पेशागत काममा यात्रारत रहनु पर्ने छ । मेहनति र पराक्रमी स्वाभावमा बढोत्तरी हुने छ । शेयर बजार औसतमा केही नकारात्मक रहने छ । 

कुम्भ 
मनमा दृढता रहँदा रहँदै पनि बेला–बेलामा अस्वाभाविक खालको निराशाका क्रम ह्वात्त आउन जाने छ । नरम खालको व्यक्तित्व हुने छ । तर अनपेक्षित रिसका क्रम देखा पर्ने विषयमा संयमित रहनु होला । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि बृद्धि देखा पर्ने छ । शेयर बजार फलदायी रहने छ । 

मीन
मनमा धेरै विचारहरु आउने छैनन् जसले दृढता बृद्धि हुने छ । आम्दानीका मार्गहरु पहिल्याउन र क्रियाशिल हुन मन केन्द्रीत हुने छ । पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ, उन्नति तथा प्रगति प्राप्त हुने छन् । शेयर बजार सकारात्मक रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement