आज (मंसिर १८)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको १८ गते आइतबार, मंसिर शुक्लपक्षको एकादशी तिथि । आज मोक्षता एकादशी रहेको छ । साथै आज गीता जयन्ती रहेको छ ।

मेष 
नरम खालको बोली हुने छ । आफ्नो कर्म र पेशा व्यवसाय प्रति लागि पर्ने व्यक्तित्व बन्ने छ । प्राप्त प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । तर पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्ने हुन्छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा देखिएका जटिलता समाधान गर्न उपयुक्त जुत्तिको अभाव हुने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

Advertisement

वृष
भाग्यहिनताको आभाष मनमा रहिरहने छ । पेशागत जीवन सकारात्मक बन्ने छ । बाठोपनामा बृद्धि हुने भए पनि रिस कडा हुने हुँदा कतिपय कामहरु बिग्रिन जाने छन् । यस विषयमा ध्यान दिँदा फाइदा मिल्ने छ । हार्डवेयर, निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र भने चुनौतिपूर्ण रहने छ । 

मिथुन 
व्यक्तित्वमा दृढता कायम रहने छ । पारीवारिक जीवनमा कटुताले द्वन्द निम्त्याउने छ । मनमा उदासिताले निकै सताउने छ । निराशाजनक विचार मनमा आउने हुँदा यस विषयमा सतर्क रही सकारात्मक विचारबारे मन केन्द्रीत गर्दा उपयुक्त हुने छ । आयात निर्यात र पर्यटन क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिले भरिएको रहने छ । शेयर क्षेत्र अनुकुल बन्ने छ ।

कर्कट
पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला । मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, खेल जगत, सर्जरी जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा बढ्न जाने छ । शेयर बजारबाट प्रतिफल प्राप्त हुने छैन् । 

सिंह
पेशागत  जीवन र आम्दानीमा केही सकारात्मक नतिजा देखा पर्ने छ । मनमा भने दुविधाका क्रम अत्याधिक आउने हुँदा निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा द्वन्द र बादबिबाद देखा पर्ने भएकाले सतर्क भएर अघि बढ्दा उचित हुने छ । राजनीति, व्यवस्थापन, किराना पसल, वकालत, शिक्षा क्षेत्रमा आवद्धहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्र औसत रहने छ । 

कन्या
आम्दानीमा गिरावट आउने छ । मनमा र आन्तरिक चतु¥याईँमा गिरावट देखिने छ । भाग्यको साथ रहेकाले परिस्थिति धेरै बिग्रन भने जाने छैन् । परिवारमा द्वन्दको वातावरण आउने हुँदा धैर्य रहनु होला । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ । 

तुला
उदासिनताले सताउने छ । खुशीका क्षणहरुमा पनि रमाइलो मान्न नसक्ने स्वाभाव देखिने छ । पेशागत जीवन औसत रहने छ । आशा गरे जस्तो प्रगति नभए पनि खराब पनि हुने छैन् । पानी, आइसक्रिम, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, मदिरा जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छैन् । शेयर क्षेत्र औसत बन्ने छ । 

वृश्चिक
भाग्यहिनता रहने छ । जसले गर्दा मेहनत जति गर्दा पनि नतिजा कम आउने हुँदा मनमा निराशा र वितृष्णा पैदा हुने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि आउने छैन् । मनमा सकारात्मक भन्दा नकारात्मक विचारले घेर्ने भएकाले जीवन र जगतलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्ने छ । धैर्य भएर कदम चाल्नु होला । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छैन् । 

धनु 
शारीरिक स्वास्थ्यमा असन्तुलन पैदा हुने छ । शरीर अत्यन्त कमजोर हुने र बढि नै थकाई लाग्ने हुने छ । समय धैर्य भएर चल्नु पर्ने खालको छ । मनमा दुविधाका क्रमहरुले डेरा जमाउने हुँदा निराशा बढ्न जाने छ । पारीवारिक जीवन शुभ रहने भएता पनि बोलीमा देखिने कडापनले गर्दा घुलनशिलताको कमि हुने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । हवाई सेवा, यातायात क्षेत्र, ग्यारेज, वैदेशिक याया आदीमा सहभागिलाई समय चुनौतिपूर्ण रहने छ । शेयर बजार औसत बन्ने छ । 

मकर 
जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । कमाउने विषयमा प्रतिबद्ध हुन मन लाग्ने छ । तर दाम्पत्य जीवनमा एक अर्कामा भरोषा बढ्ने र विश्वास बढेन जाने छ । दृढ खालको व्यक्तित्व हुँदाहुँदै परि रिस भने असाध्यै बढि हुने हुँदा बन्न लागेका काममा पनि बाधा उत्पन्न हुने छ । इन्जिनियरिङ्ग, कुक, वेटर, पर्यटन व्यवसाय आदीमा सहभागिहरुलाई कठिनाई हुने छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद चर्किने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कुम्भ 
बौद्धिक क्षमतामा बृद्धि हुने छ । अरुले प्रशंसा र कदर गर्ने छन् । पेशागत जीवनमा भने मध्यम अवस्था रहने छ । आर्थिक असन्तुलन देखा पर्दा ससानो अवस्थामा पनि कठिनाई व्योहर्नु पर्ने छ । सहनशिलताका कारण कठिन परिस्थितिमा पनि सँहालिँदै अघि बढ्ने धैर्यता कायम रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा केही गिरावट नै देखिने छ । व्यापार व्यवसायमा आवद्धहरुले धेरै जोखिम लिने भन्दा निरनतरतालाई प्राथमिकतामा राख्नु उपयुक्त हुने छ । शेयर बजारबाट लाभ हुने छैन् । 

मीन
भाग्य बलियो छ । आँटेका कामहरु पुरा हुने विषयमा प्रगति हुने छ । अड्केर बसेका कामहरुमा आशाका किरण देखिने छ । आवद्ध पेशामा भने अलि बादबिबादको क्रम देखिने हुँदा शान्त बन्ने प्रयास गर्नु होला । परिवारमा द्वन्दात्मक वातावरण हुने हुँदा सामाजिक छविमा गिरावट आउने छ । कमाईमा हल्का बृद्धि हुने छ भने जिम्मेबारीमा पनि थप हुने छ । जोखिमपूर्ण क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । गिटी रोड वालुवा, फलामको काम, हार्डवेयर, सवारीसाधन जस्ता क्षेत्रमा आवद्धलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement