आज (मंसिर २०)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको २० गते मंगलबार, मंसिर शुक्लपक्षको त्रयोदशी तिथि ।

मेष 
ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैले साथ दिने छन् । पेशागत जीवनमा प्रगति हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । शत्रुतापूर्ण वतावरणबाट बच्ने प्रयास गर्नु होला । बोलीको प्रभावमा कमि आउने छ । सात्विक क्षेत्र, अध्ययन अध्यापन, दार्शनिक तर्क वितर्क, लेखन, प्रवचन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

Advertisement

वृष
मनमा दुविधा र अन्योलता देखा पर्ने छ । उदासिनताले डेरा जमाउने छ । अस्पतालजन्य खर्च गर्नै पर्नै अवस्था आउने छ । भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नुपर्ने छ । जीवनसाथिको सल्लाह लिएर कार्य अघि बढाएमा सफलताको मात्रा बृद्धि हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । पेशागत जीवन औसत गतिमा अघि बढ्ने छ । व्यापार व्यवसायमा सँलग्नहरुको हकमा पनि समय औसत रहने छ । शेयर बजार औसत रहने छ । 

मिथुन 
भाग्यको साथ नरहेकाले मेहनत धेरै तर फल निकै कम मात्र प्राप्त हुने छ । मेहनत र पराक्रमी भावमा कमि आउने छ । पेशागत जीवनमा बादबिबाद तथा तानातानमा फस्ने पुगिने छ । शत्रुतामा बृद्धि हुन जाने भएकाले हरदम यसबारेमा संयमित भएर पाईला चाल्नु होला । रोजगारी गरिरहेकाहरुलाई समय औसत छ भने ब्यवसाय गरिरहेकाहरुका लागि भने समय प्रतिकुल बन्न पुगेको छ । वाणिज्य, ब्यवस्थापन, राजनीति, ठेक्कापट्टा, गरगहनाको ब्यापार, पत्रकारिता, स्टेशनरी जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा  मिल्ने छ । शेयर बजार अनुकुल बन्ने छैन् । 

कर्कट
भाग्यको साथ बलियो रहेको छ । परिवारको साथबाट सुख, शान्तिको अनुभुति हुन जाने छ । परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन् । तर मनमा भने एक तमासको नकारात्मकताले सताउने छ । सकारात्मक दृष्टिकोण कम नकारात्मक विचार बढि हुन पुग्ने छ । शारीरिक थकानका कारण मांसपेशिहरुको कमजोर बन्ने देखिन्छ । घर जग्गाको कारोवार, सुरक्षा फौज, सेना, सेक्युरिटी पेशा, खेल जगत, जिमखाना संचालन, होटल, रेष्टुरेण्ट आदी जस्ता क्षेत्रमा सहभागिहरुलाई लाभ मिल्ने छ । शेयर बजारबाट फाइदा हुन सक्ने छैन् । 

सिंह
जस्तो सुखै अवस्थामा पनि अघि बढिरहने दृढ खाले ब्यक्तित्व हुने छ । रिस पनि उत्तिकै उठ्न जाने भएकाले यसबारेमा संयमित हुनुहोला । परिवारको साथ रहनाले कठिन अवस्थाहरुमा पनि संहालिन सक्ने तागत आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा भने द्वन्द देखा पर्ने छ । आम्दानीमा पनि कमि आउन जाँदा यसले आर्थिक ब्यवस्थापनमा दबाब सृजना गरिदिने छ । ठेक्कापट्टा, छालाजन्य कारोवार, फोहर ब्यवस्थापन, फलाम, उद्योग कलकारखाना, निर्माण क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छ । शेयर बजारबाट फाइदा हुने छ । 

कन्या
बौद्धिक व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा अरुले हेप्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । अफिसियल प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्न डर लागे जस्तो हुने छ । बौद्धिक स्तर र पेशागत जीवनबीच तालमेल नमिल्दा निराशा आउने छ । जीवनसाथिको साथमा काम गरेमा राहत मिल्ने छ । शेयर बजार औसत रहने छ ।

तुला
समय प्रतिकुल रहेकाले धैर्यता नै एक मात्र उपाय रहेको छ । कमजोर व्यक्तित्व बन्ने छ । शारीरिक कमजोरीले सताउने छ । दाम्पत्य जीवनमा पनि कटुता आउने छ । खेल, सेक्युरिटि, सुरक्षा निकाय, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार प्रतिकुल रहने छ । 

वृश्चिक
मनमा दुविधा र अत्याधिक बढि विचारहरु आएर अन्योलतामा पारि दिने छ । दाम्पत्य जीवनमा पनि कठिनाई र बिबाद चर्किने छ । साझेदारीमा गरिएका काममा पनि अवरोधहरु आउने छन् । पेशागत जीवनमा शत्रुता बढ्न पुग्ने छ । आम्दानीमा ह्रास आउने छ । सरसापटीको कारोवार गर्दा ध्यान दिएर मात्र गर्नु उपयुक्त हुने छ । शैक्षिक संस्था, वाणिज्य क्षेत्र, ब्यवस्थापन, पत्रकारिता, मेडिकल क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ हुन कठिन छ । 

धनु 
रिस पनि धेरै उठ्ने भएकाले अरुले सन्काहा रुपमा हेर्ने भएकाले संयमित रहनु होला । बोलीमा कडापन आउने छ । पेशागत जीव्न सन्तोषजनक नै हुने छ । खासगरी सेवा, रोजगारी, श्रम क्षेत्र, मजदुरी, कवाडीको ब्यापार, छालाको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । 

मकर 
दृढ व्यक्तित्व बन्ने छ । तर बेला बेला दुविधात्मक व्यक्तित्व पनि देखिने हुँदा अरुले अन्योलग्रत आभाष गर्ने छन् । बोलीको प्रभावमा निकै गिरावट आउने छ । परिवारमा कुरा मिल्ने छैन् । पेशागत जीवन औसत रहेता पनि भाग्यको अभावका कारण उतारचढावको क्रम देखा पर्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर तथा सुरक्षा निकायमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजारबाट अपेक्षाकृत लाभ नभए पनि केही फाइदा मिल्ने छ । 

कुम्भ 
शितल प्रकृतिको स्वाभाव हुने छ । तर मनोबलको कमि हुनेछ । व्यक्तित्वमा ह्रास आउँदा निर्णय क्षमतामा गिरावट आउने छ । शारीरिक समस्याहरु देखा पर्ने छ । छाति, रगत, उच्चरक्तचाप जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा हल्का बृद्धि देखा पर्ने छ । शिक्षा क्षेत्र, शिक्षण, प्रध्यापक, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि देखिने छ । शेयर बजारबाट फाइदादा रहने छ । 

मीन
दृढ खालको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्न जाँदा कार्यहरु अवरुद्ध हुन पुग्ने छन् । मनमा निराशाले सताउने छ । खुशीपना नआउने अवस्था आउने भएकाले मनलाई नियन्त्रित गर्ने प्रयास गर्नु  नै उत्तम हुने छ । पानी, मदिरा, दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र भने आंशिक सकारात्मक रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement