आज (पुस २४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल पुस महिनाको २४ गते आइतबार, माघ कृष्णपक्षको द्वितीया तिथि । 
मेष 
विचारमा स्थिरता आउने छ । आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोली नरम हुने छ । तर पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नुपर्ने हुन्छ । व्यवस्थापकीय दक्षतामा कमि आउँदा देखिएका जटिलता समाधान गर्न उपयुक्त जुक्ति आउने छैन् । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

वृष
सवारीसाधानले निकै दुःख दिने छ । दैनिक जीवनमा अन्यौलताले सताउने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि नआउँदा पछि पश्चाताप लाग्ने छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचारले घेर्ने भएकाले सकारात्मक विचारहरुलाई मनमा सोच्नु होला । जीवन र जगतप्रति निराशाजनक विचार रोक्ने प्रयास गर्नु पर्ने देखिन्छ । भाग्यहिनताको अवस्था छ । समय धैर्य रहनु पर्ने प्रकृतिको छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

Advertisement

मिथुन 
प्रशंसा प्राप्त हुने छ भने स्वादिष्ट भोजन गर्न पाइने छ । आफ्नो पेशाप्रति प्रतिबद्ध हुने बानीले गर्दा अरुको विश्वास आर्जन गर्न सकिने छ । पेशागत जीवनमा कदर र उन्नति हुने छ । साझेदारीमा गरिएका काममा भने सतर्क रहनु नै उचित देखिन्छ । शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुखका संयन्त्रहरु गुमाउनु पर्ने विषय भने चुनौति बन्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कर्कट
भाग्य बलियो रहने छ । मेहनत र पराक्रमी हुन मन लाग्ने छ । आम्दानीका लागि छोटो–छोटो यात्रा गर्नुपर्ने छ । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ । दुग्ध व्यावसाय र कृषि क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार सकारात्मक रहने छ ।

सिंह
कम बोल्नु नै उपयुक्त हुने छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवन भने अनुकुल नै रहने छ । दृढ व्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न भने सक्ने छैनन् । मनमा दुविधाले सताउने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत र प्रशासनिक नियका धाउनु पर्ने हुन्छ । शेयर बजारमा हानि व्योहर्नु पर्ने छ ।

कन्या
आँटिलो स्वाभावमा गिरावट आउँदा आफैलाई निकै कमजोर महशुस हुने छ । शारीरिक थकान र कमजोरी पनि उत्तिकै देखा पर्ने भएकाले यसबारेमा ध्यान दिनु उपयुक्त हुने छ । चिसोले सताउने छ । साझेदारीमा गरिएका काममा द्वन्द बढ्ने छ । नगद तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय रहेको छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

तुला
प्राप्त उपलब्धीहरुप्रति मनमा सन्तोष मिल्ने छैन् । बोली कडा खालको बन्दा झैझगडाको अवस्था आउने छ । मनमा निराशाले च्याप्ने छ । तरकारी व्यावसाय, सामान ढुवानी गर्ने सवारीसाधन, भाडाका सावारीसाधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार पनि सकारात्मक रहने छ । 

वृश्चिक
प्रेममा सफलता मिल्ने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुने छ । दृढ खालको व्यक्तित्व हुने छ । दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेम तथा उपहार पाइने छ । रिस भने धेरै उठ्ने भएकाले यस बारेमा संयमित रहँदा नै फाइदा मिल्ने छ । व्यापार, विजनेश, वाणिज्य, कारोवार, एजेन्टिङ्ग जस्ता क्षेत्रमा सक्रियहरुलाई सयम मध्यम खालको छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

धनु 
बोलीमा उच्च संयमता अपनाउनु होला । बौद्धिक क्षमतामा ह्रास आउँदा के ठिक के बेठिक भन्ने विषयमा निर्णय गर्न कठिन हुने छ । पेशागत जीवन मजबुद नहुँदा मनमा निराशाका भाव आइरहने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरुले पेल्ने छन् । प्रतिष्पर्धात्मक क्षमताको कमि हुने हुँदा आफै माथि विश्वास घट्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

मकर 
स्वास्थ्यमा सुधार आउने छ । नयाँ सम्बन्ध तथा कामहरु आरम्भ गर्न पाइने भएकाले खुशीयाली आउने छ । अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा अपेक्षा गरे भन्दा बढि फाइदा मिल्ने छ । भाग्य बलियो रहेकाले आँटेका कामहरु अघि बढ्ने छन् । मनमा एक तमासको पिरलो भने रही रहने छ । आम्दानीमा बृद्धि हुने छ । धेरै जोखिमका काममा हात नहाल्नु नै उपयुक्त हुने छ । शेयर क्षेत्र औसत रहने छ ।

कुम्भ 
यात्रामा दुःख झेल्नु पर्ने र अनावश्यक विषयमा जवर्जस्ती बादबिबादमा फसिने छ । मनमा दुविधाका क्रम एकपछि अर्काे गरि आइरहने छन् । पारीवारिक जीवनमा शान्ति रहने छ तर स्वंय आफ्नै स्वाभावजन्य कडापन नियन्त्रण गर्न ध्यान दिनु होला । साझेदारमिा गरिएका कामबाट सन्तोष मिल्ने छ भने पेशागत जीवन पनि सकारात्मक नै रहने छ । स्वास्थ्यमा भने ध्यान दिनु होला । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

मीन
कोहीबाट पनि नहेपिने स्वाभाव बन्ने छ । दृढ खालको व्यक्तित्व हुँदाहुँदै परि रिस भने असाध्यै बढि हुने भएकाले संयम नभए झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने देखिन्छ । जीवन औसत अवस्थामा रहने छ । तर साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ । आम्दानी प्रति प्रतिबद्ध हुन अदम्य उर्जा आउने छ । जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । शेयर बजार मध्यम रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement