छ महिनामा १७ कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति, सेबोनको अनुमति कुर्दै २८ कम्पनी (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न १७ कम्पनीलाई साधारण शेयर आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । सेबोनका अनुसार चार अर्ब ९ करोड ६ लाख ९६ हजार रुपियाँको आईपीओ स्वीकृत गरिएको छ । 

यता हाल विभिन्न २८ कम्पनी आईपीओ निष्काशनका लागि सेबोनको अनुमति कुरेर बसेका छन् । यी कम्पनीहरुले १२ अर्ब १ करोड १४ लाख १८ हजार २ सय ३७ रुपियाँ बराबरको आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका हुन् । 

Advertisement

चालु आव २०७९/८० मा आईपीओ निष्काशनका लागि स्वीकृति पाएका कम्पनीहरुमा इस्टर्न हाइड्रोपावर, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रो पावर, कालिञ्चोक  दर्शन लिमिटेड, एशियन हाइड्रोपावर र सुपरमाई हाइड्रोपावर लिमिटेड हुन् । 

त्यसैगरी सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रो, शुभम पावर लिमिटेड, मोलुङ हाइड्रोपावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रो, सानिमा मिडिल तमोर हाइड्रोपावर, बीपीडब्लू लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशनका लागि अनुमति पाएका हुन् । सेबोनबाट अनुमति पाएका कम्पनीहरु केहीले आईपीओ निष्काशन गरिसकेका छन् भने केही कम्पनीहरुले छिट्टै आईपीओ निष्काशनको तयारी गरिरहेको जनाएका छन् । 

यता, मुक्तिनाथ कृषि कम्पनी, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, भगवति हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड, अर्कोड फर्मास्यूटिकल्स लिमिटेड, माण्डु हाइड्रो पावर लिमिटेर र नेपाल वायरहाउजिङ कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् । 

त्यसैगरी डिस मिडियो नेटवर्क लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर, ट्रेड टावर लिमिटेड, अपर लोहारे हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र चिर्ख्वा हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति कुरेर बसेका छन् । 

त्यसैगरी सिटी होटल लिमिटेड, इन्ग्वा हाइड्रोपावर, घोराही सिमेन्ट उद्योग, दोल्ती पावर कम्पनी, अपर स्याङ्गे हाइड्रो, थ्री स्टार हाइड्रो, माई खोला हाइड्रो, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मोदी इनर्जी लिमिटेड, मेन्छियाम हाइड्रो र नेपाल रिपब्लिक मिडियाले आईपीओ निष्काशनका लागि आवेदन दिई सेबोनको अनुमति कुरिरहेका छन् ।

 
 

Advertisement

Advertisement