आज (माघ ४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको ४ गते बुधबार, माघ कृष्णपक्षको एकादशी तिथि । आज षट्तिला एकादशी रहेको छ ।

मेष 
भाग्यको साथ रहेकाले उन्नति तथा प्रगति हुनेछ । नरम स्वाभावको व्यक्तित्व हुने भएकाले सबैसँग मिल्ने स्वाभाव हुने छ । दाम्पत्य जीवनमा भने कटुताका मात्रा देखिने भएकाले यसबारेमा सतर्क रहनु होला । साझेदारीमा गरिएका काममा पनि समस्या देखा पर्ने छन् । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने भएकाले निराश नभई अघि बढ्दै जानु उपयुक्त होला । शेयर बजार सकारात्मक रहने छ । 

Advertisement

वृष
छोटोछोटो यात्रा गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । भावनात्मक हिसावले आम्दानीको क्षेत्रमा अघि बढ्न खोजेता पनि शारीरिक स्वास्थ्य र मनोबलले साथ दिने छैन् । शरीरमा कमजोरीहरु देखा पर्ने छन् । जसले गर्दा आलश्यताले सताउने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा सँहालिन मद्धत पुग्ने भएकाले परिवारको साथ र सहयोग लिएर अघि बढ्नु होला । जलविद्युत, पानीको आपूर्ति जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र औसत रहने छ । 

मिथुन 
बोलीमा आउने कडापनले बेला बेलामा झैझगडामा पार्ने हुँदा संयमित रहनु होला । आम्दानीमा केही बृद्धि हुने छ । बोलीको प्रभाव हुने हुँदा अरुबाट गराउनु पर्ने कामको प्रभावकारीता बढ्ने छ । मनोमलमा कमि आउने भएकाले दृढ भएर काम गर्ने प्रयास गर्नु होला । निर्माण, विकासका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, हेलिकोप्टर सेवा जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

कर्कट
सकारात्मक समय सक्रिय छ । आत्मबल बलियो हुने हुँदा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने बानी हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुन जाने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने छ । शेयर क्षेत्र पनि अनुकुल रहने छ । 

सिंह
व्यक्तित्वमा दृढता बढ्ने छ । पारीवारिक जीवनमा भने कलह र द्वन्द विद्यमान रहने छ । भाग्यको साथ नभएकाले आँटेका काम पुरा हुनका लागि बाधा व्यवधानहरु अत्याधिक देखिने छ । पेशागत जीवन औसतमा स्थिरतातर्फ नै ढल्कने छ । मेहनत र पराक्रमी स्वाभावमा केही बृद्धि हुने छ । शेयर बजारमा धेरै उत्साहि हुने अवस्था देखिँदैन् । 

कन्या
भाग्यको साथको अभावले गर्दा कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । मनमा दुविधाले असाध्यै सताउने हुँदा आफै प्रतिको भरोषामा अविश्वास देखा पर्ने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ ।सेक्युरिटी सेवा, होटल, रेष्टुरेण्ट, डान्सबार, वाउन्सर आदीमा सहभागिहरुलाई समय चुनौतिले भरिएको रहेको छ । शेयर क्षेत्र भने केही अनुकुल रहने छ । 

तुला
धैर्यता भएर पाईला चाल्नु पर्ने छ । मनमा निराश भाव बढि आउने भएकाले सकारात्मक दृष्टिकोणलाई बढावा दिने प्रयास गर्नु होला । विशेष गरी चिसोबाट र पानीबाट जोगिनु होला । अध्ययन, अध्यापनमा प्रगति हुने छैन् । आम्दानीमा अलिकति बृद्धि हुन खोजे जस्तो हुनेछ । धन सम्पत्ति नोक्सानी हुने चुनौतिपूर्ण समय रहेकाले सतर्क रहनु होला । शेयर क्षेत्र प्रतिकुल नै रहने छ । 

वृश्चिक
मनमा दृढता बढ्ने छ । व्यक्तित्वमा निखारता आउने छ । कसैले पनि हेप्न सक्ने छैनन् । तर रिसको मात्रा अति धेरै हुने भएकाले यसबारेमा विवेक पुर्याउनु होला । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्न जाने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि गर्न सक्छु भन्ने भावना कायम रहने छ । धेरै चुनौतिपूर्ण कामहरुमा संलग्न हुने समय छैन् । शेयर क्षेत्र अनुकुल रहने छ ।

धनु 
बौद्धिकतामा वृद्धि हुने छ । तर प्रतिष्पर्धात्मक क्षमतामा भने ह्रास आउने छ ।सर्जिकल सामानको आपूर्ति, औषधी, ठेक्कापट्टा, लत्ता कपडा जस्ता क्षेत्रमा कार्यरतहरुलाई केही फाइदा मिल्ने छ । उद्योग, कलकारखाना, श्रमिक वर्गा, निर्माण जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण रहने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

मकर
चलाख व्यक्तित्व हुने छ । यससँगै रिस भने कडा हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । दुविधात्मक मन हुने हुनाले निर्णयमा अन्योलता उत्पन्न हुने छ । व्यवस्थापकीय क्षमता बढोत्तरी हुने छ, यसले गरिरहेका काममा सफलता दिने छ । वाणिज्य, ब्यापार विजनेश क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहेको छ । शिक्षा, शैक्षिक संस्था, अध्यापन, शिक्षण जस्ता पेशामा आवद्धहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्र सकारात्मक हुने छ । 

कुम्भ 
मनोबलमा कमि हुने हुँदा भित्रि मनमा पटक्कै आँट आउने छैन् । दृढताको अभावमा निर्णय क्षमतामा भारी गिरावट आउने छ । बोलीमा भने नरमपना आउने छ । साझेदारीमा गरिएका काममा बिबाद देखा पर्न जाने छ । पैतृक सम्पत्ति वा आफैले सञ्चित गरेको धन सम्पत्ति नोक्सानी हुने समय रहेकाले ध्यान दिनु होला । शेयर बजार सकारात्मक रहने छैन् । 

मीन
शितल खालको ब्यक्ति हुने भएकाले अरुले सहज रुपमा लिने हुँदा अरुको मन जित्न सकिने छ । व्यवस्थापकीय भूमिकामा गिरावट आउने छ । बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन, वाणिज्य, व्यवस्थापन आदीमा आवद्धहरुलाई समय प्रतिकुल देखिन्छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव उत्पन्न हुने छ । शेयर क्षेत्र औसत रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement