आज (माघ ५)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको ५ गते बिहीबार, माघ कृष्णपक्षको द्वादशी तिथि ।

मेष 
पेशागत क्षेत्रमा नयाँ नयाँ अवसरका ढोकाहरु खुल्ने छन् । शेयर बजार औसत रहने छ । स्वास्थ्यजन्य खर्च पनि बढ्ने छ । यात्रामा दुविधा उत्पन्न हुन जाँदा निर्णय क्षमतामा गिरावट आउने छ । आम्दानीमा बृद्धि हुने छ । आफन्तको माझमा सम्मान बृद्धि हुने छ । दाम्पत्य जीवनमा मधुरता रहने छ । 

Advertisement

वृष
पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ । जीवनसाथिको साथसहित अघि बढेमा फाइदा मिल्ने छ । नयाँ सवारीसाधन किन्नु पर्ने बाध्यता आउने छ । शौखिन सामानहरु खरिद गर्न मन लाग्ने छ । चुनौतिहरु देखा पर्ने भएकाले धैर्य बन्ने प्रयास गर्नु होला ।

मिथुन 
पेशागत जीवन र आर्थिक पक्षमा धैर्य रहनु होला । शेयर बजारमा गुमाउनु पर्ने छ । फ्रेस नभएको अनुभूति भइरहने छ । मनमा दुविधाका क्रम धेरै रहँदा कुहिरो भित्रको काग जस्तो महशुस हुने छ । घर घडेरी बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । विदेश यात्राको अवसर प्राप्त हुने छ । दाम्पत्य जीवनमा समझदारीको कमि हुने छ ।

कर्कट
पेशागत जीवनमा हल्का सुधार देखा पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । रंग रमाईलोमा मन केन्द्रीत हुँदा कार्यसफलतामा कमि आउने छ । मनोबल कमजोर हुँदा मनभित्र डर लागे जस्तो हुने छ । बोलीमा नरम र शान्त खालको हुने छ । आर्थिक पक्ष औसत रहने छ । 

सिंह
पेशागत जीवनमा बढि महत्वाकांक्षाले बिगार्ने छ । शेयर बजारबाट भने आंशिक लाभ मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विदेश यात्रामा अवरोध आउने छ । अध्ययन अध्यापनमा प्रगति देखिने छ । पारीवारिक जीवन मिठास बन्ने छ । गलत संगतमा फस्ने डर देखिएकाले सतर्क रहनु होला । नशालु पदार्थको सेवन त्याग्न दृढ बन्नु होला ।

कन्या
पेशागत जीवनमा झैझगडाको अवस्था आउने, विवाद बढ्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । रिस धेरै कडा हुने छ । चाडबाडको मुडमा रहँदा सामाजिक छवि कायम हुने छ । खर्च धेरै बढ्न जाने छ । परिवारमा रमाईलो वातावरण हुने छ । मित्रहरुसँग झैझगडा हुने खतरा देखिन्छ । 

तुला
पेशागत जीवन मध्यम प्रकृतिको हुने छ । शेयर बजार अनुकुल रहने छ । साहित्यिक क्षेत्रमा निकै रुचि बढ्ने छ । सृजनाहरु फुर्ने छन् । धार्मिक–आध्यात्मिक क्षेत्रमा विश्वास अक्षुण रहने छ । बोली मिठो हुँदाहुँदै पनि दाम्पत्य जीवनमा भने द्वन्द देखिन जाने छ । यात्रामा जानु पर्ने हुन सक्छ । 

वृश्चिक
पेशागत जीवन सोचे जस्तो हुने छैन् । शेयर बजारबाट भने फाइदा मिल्ने छ । डर त्रासको वातावरणबाट पेशागत जीवन गुज्रने छ । बोली भने प्रभावकारी हुने छ, जसले गर्दा ठुलाबडाको विश्वास एकहदसम्म आर्जन हुने छ । तर मनोबलको कमिले गर्दा मन भित्र डर लागे जस्तो भइरहने छ । आर्थिक पक्ष अनुकुल नै रहने छ । 

धनु 
पेशागत जीवनमा आरोप प्रत्याराप खेप्नु पर्ला । शेयर बजार औसत रहने छ । स्वास्थ्यले साथ दिने छैन् । कला, साहित्य तथा संगीतको क्षेत्रमा रुचि बृद्धि हुने छ । कारुणिक स्वाभावका कारण अरुलाई सहयोग गर्दा आनन्द मिल्ने छ । परिवारमा शान्तिपूर्ण वतावरण बन्ने र त्यसले निकै ठुलो राहत दिने छ । यात्रामा कठिनाई व्योहर्नु पर्ने छ । 

मकर 
पेशागत जीवन औसत रहने छ भने आम्दानीमा बृद्धि हुन कठिन हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । कडा खालको व्यक्तित्व बन्ने छ । भैझगडाको अवस्था जबर्जस्ति निम्तिने छ । दृढ खालको व्यक्तित्व हुने भए पनि आवश्यक ठाउँको पहिचान गरी लचकता अपनाए फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । 

कुम्भ 
पेशागत जीवनमा केही अन्योलताको अवस्था देखा पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । बाठो खालको व्यक्तित्व हुँदाहुँदै पनि प्रगतिमा भने गति प्राप्त हुन सक्ने छैन् । अन्योलताले सताउला । रिस नियन्त्रणमा ध्यान नदिए झैझगडाको वातावरणबाट गुज्रनु पर्ने छ । दाम्पत्य जीवनमा मनमुटाव बढ्ने छ । 

मीन
दृढ शैलीको मानिस हुने हुँदा पेशागत क्षेत्रमा प्रगति हुने छ । शेयर बजार पनि अनुकुल रहने छ ।सपना भने नराम्रो खालको हुने छ । महत्वाकांक्षा प्राप्त गर्न तागत प्राप्त हुने भए पनि बेलाबेला आफैप्रति शंका लाग्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । दाम्पत्य जीवनमा मिठास वातावरण रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement