आज (माघ ६)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको ६ गते शुक्रबार, माघ कृष्णपक्षको त्रयोदशी उप्रान्त चतुर्दशी तिथि रहेको छ ।

मेष 
कडा खालको व्यक्तित्व हुने छ । रिस पनि धेरै उठ्ने भएकाले यस बारेमा संयमित रहनु होला । प्रतिष्पर्धात्मक स्वाभाव उच्च रहने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । 

Advertisement

वृष
धैर्य हुनु पर्ने समय छ । आम्दानीका स्रोतहरुमा जटिलताहरु देखा पर्न जाने छन् । औसत रुपमा नियमित तवरले भइरहेका कामहरु रोकिन जाने छन् । पेशागत जीवनमा समस्याहरु आउने छन् । भाग्यको साथ रहेकाले प्रतिकुलताबाट निस्कन उर्जा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक नतिजा देखिने छ । 

मिथुन 
भाग्य बलियो छ । आम्दानीमा बृद्धि हुने छ । पेशाप्रति समर्पित हुन मन लाग्ने हुँदा हुँदै पनि आफुले खेलेको भुमिकाको उचित मुल्यांकन नहुँदा मनोबलमा कमि आउने छ । मनमा धेरै दुविधा आउने छन् । व्यापारिक क्षेत्रमा रहेकाहरुले धेरै जोखिमपूर्ण निर्णय लिने समय देखिँदैन् । चिसोजन्य रोगव्याधीले समात्ने छ ।

कर्कट
स्वास्थ्यमा समस्या आउने छ भने शारीरिक कमजोरीले सताउने छ । मनोबलको कमि हुने छ भने मनमा दुविधात्मक सोचाईहरुले गर्दा अन्योलता उत्पन्न हुन पुग्ने छ । भाग्यको साथ रहेकाले हानि भइहाल्ने अवस्था छैन्, त्यसैले डराई हाल्नु पर्ने समय रहेको भने छैन् । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ ।

सिंह
चर्काे व्यक्तित्व हुने छ । भाग्यको साथ नरहेकाले कार्य अवरोध औसत भन्दा धेरै हुन पुग्ने छ । जीवनसाथिको साथका कारण पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । दृढ व्यक्तित्व बन्ने छ । शिक्षा क्षेत्र, बोडिङ्ग तथा कलेज, शिक्षण, अध्यापन आदीमा सहभागिहरुलाई सकारात्मक हुन कठिन देखिन्छ । तर औषधीजन्य कारोवारमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

कन्या
पेशागत जीवनमा सोचे जस्तो हुने छैन् । आम्दानीमा गिरावट आउने छ । मनोबलमा कमजोरी देखा पर्ने भएकाले संयमित रहि पाइला चाल्नु होला । मनमा दुविधाले सताउने हुँदा निराशाजनक भावले पिरोल्ने छ । पानी, कोल्ड ड्रिङ्स, दुग्ध पदार्थ, मदिरा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल बन्ने छैन् । 

तुला
भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । मनमा दुविधाको मात्रा धेरै बढ्न पुग्ने छ । बोलीमा कटुपना देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा स्थिरत रहने छ । आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ । स्टेसनरी, शिक्षा क्षेत्र, धार्मिक क्षेत्र आदीमा सहभागिहरुलाई अनुकुल रहने छैन् । 

वृश्चिक
बाठो व्यक्तित्व हुने छ । पेशागत जीवन र आम्दानीमा सकारात्मक नतिजा देखा पर्न थाल्ने छ । पारीवारिक जीवनमा भने द्वन्दको वातावरण सृजना हुन पुग्ने छ । निर्माण क्षेत्र, हार्डवेयर, रङ्ग, ठेक्कापट्टा, विषादी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

धनु 
बौद्धिकताको मात्रामा बढोत्तरी देखिने छ । तर अलि अव्यावहारिक सोचले गर्दा कार्यान्वयनमा समस्या आउने छ । आर्थिक नोक्सानी हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट हुन जाने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु नै उचित हुने देखिन्छ । रोगव्याधीजन्य विषयमा सतर्क रहनु होला ।

मकर 
ठगिमा पर्न सक्ने जोखिम छ । नरम व्यक्तित्व हुने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव हुने छ । पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने छन् । कामको शिलशिलामा विदेश यात्रामा जान चाहनेका लागि समय प्रतिकुल बन्न जाने छ । भाग्यको साथ नरहेकाले कर्मको मात्रा बढाउनु पर्ने देखिन्छ ।

कुम्भ 
परिवारमा द्वन्दको वातावरण देखा पर्ने छ । शारीरिक कमजोरीले सताउने छ भने मनोबलमा कमि हुने छ । पैतृक सम्पत्तिको प्रयोगका विषयमा परिवारका सदस्यहरुबीच आपसमा कुरा मिल्ने छैन् । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, बाउन्सर, खेल, सेक्युरिटि क्षेत्र, जलविद्युत क्षेत्रमा संलग्न रहेकाहरुलाई चुनौतिपूर्ण रहने छ । 

मीन
परिवारमा अशान्ति मच्चिने छ । सन्तानबाट हुने सुखमा पनि कमि आउने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । ठेक्कापट्टा, राजनीति, प्रशासन, कपडाको व्यापार आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहेको छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement