आज (माघ ८)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको ८ गते आइतबार, माघ शुक्लपक्षको प्रतिपदा तिथि । आज तामाङ्ग समुदायको सोनम ल्होसार रहेको छ । 

मेष 
बोलीको प्रभावकारितामा गिरावट आउँदा विश्वासको वातावरणमा कमि आउने छ । प्रफुल्लताको पनि कमि हुने छ । जीवनसाथिसँग पनि मनमुटाव बढ्ने छ । पेशागत जीवनमा सृजनशिलताको अभाव हुने छ । आम्दानीमा गिरावट आउने छ ।

Advertisement

वृष
परिवारका सदस्यहरुका बीच विश्वासको वातावरणमा बृद्धि हुने छ । सामाजिक रुपमा कदर प्राप्त हुने छ । पेशा व्यावसायमा सन्तोष मिल्ने छ । निन्द्रामा समस्या देखिँदा मानसिक दबाब उत्पन्न हुने छ । मनमा दुविधाको चक्रले घेर्ने छ । सवारीसाधन सम्बन्धि विषयमा सतर्क रही यात्रा गर्नु होला ।

मिथुन 
ज्यादा संघर्ष गर्नु पर्ने छ । आर्थिक अवस्था क्षेत्रमा कठिनाईको सामना गर्नु पर्ने छ । झैझगडा र बादबिबादमा फस्ने भन्दा त्यसबाट जोगिनु नै ठुलो कुरा रहने छ । व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवनमा राहतको अनुभूति हुने छ । सकारात्मक बोलीको शैलीले गर्दा आफ्ना अनुयायीहरुको विश्वास भने कायम छ ।

कर्कट
जोखिमपूर्ण क्षेत्रमा अघि बढ्न मन लाग्ने छ ।  र त्यसमा केही सफलताहरु पनि प्राप्त हुने छ । दृढ खालको मानिस हुने भएकाले अरुलाई समेत समेटेर लैजाने क्षमता हुने छ । आर्थिक अवस्था अनुकुल रहने छ । नेतृत्वदायी क्षमतामा निखारता आउने छ । साझेदारीका विषयहरुमा भने सचेत रही निर्णय लिनु होला ।

सिंह
आर्थिक क्षति हुने छ । परिवारका सदस्यहरुमा बीचमा समन्वयमा बृद्धि आउने छ । आम्दानीमा बृद्धि हुने छ । यौन जीवनमा कमजोरी देखिने र आरोप खेप्नु पर्ने खतरा रहेकाले संयमित रहनु होला । पेशागत जीवनमा सुधार आउने छ । दृढ खालको व्यक्तित्व हुने छ तर त्यो कडा खालको हुने छ ।

कन्या
बौद्धिकतामा रमाउन मन लाग्ने छ । भाग्यले साथ दिएको छ । चलाखीपनामा पनि बृद्धि हुने छ । विभिन्न खाले आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । परिवारमा द्वन्दहरु देखा पर्ने छ । पेशागत जीवनमा भने चुनौतिहरुको सामना गरि अघि बढ्नु पर्ने छ । 

तुला
बोलीमा रुखोपना देखिँदा झैझगडाको खतरा निम्तिने छ । कमाईमा बृद्धि हुँदा घमण्डिपनाले सताउने छ । सुरोपनमा धेरै बृद्धि देखिने हुँदा निर्णयहरु लिनका लागि निकै उत्साह आउने छ । लिइएका लक्ष्यहरु पुरा हुने क्रममा जाने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । 

वृश्चिक
विचारमा असाध्यै दोधारेपना आउने छ । भइराखेको आम्दानीमा बृद्धि नभए पनि पैतृक सम्पत्तिका कारण केही राहत भने मिल्ने छ । निर्णय लिनका लागि असाध्यै डर लाग्ने छ । पेशागत जीवनमा सहजताको प्रतिक्षा गरि निरन्तरता दिँदै अघि बढ्ने प्रयास गर्नु नै अहिलेका लागि ठिक हुने छ । 

धनु 
यात्राको अवसर प्राप्त हुने छ । मित्रहरुको साथले निकै ठुलो अवसर प्राप्त हुने छ । पारीवारिक जीवनमा कठिनाईहरुको अवस्थाबाट गुज्रनु पर्ने छ । अफैँले गरेका बाचा र बचनहरु पुरा गर्न खरो रुपमा उत्रन कठिन हुने छ । अविश्वासिलो मानिसका रुपमा छवि देखिने चुनौति रहेको छ । नयाँ सामान खरिद गर्ने समय रहेको छ । व्यक्तित्व भने चलाख खालको नै रहने छ ।

मकर 
भोज भतेरमा सहभागि हुने अवसर प्राप्त हुने छ । भगवानमाथि विश्वास गर्ने मात्रामा बृद्धि हुने छ । सुख दुःखमा पनि सकारात्मक सोच राख्ने व्यक्तित्व बन्ने छ । परिवारमा सुमधुरताको आभाष रहने छ । पेशागत जीवनमा नयाँ नयाँ क्षेत्रको विश्वास आर्जन गर्न सकिने छ । आर्थिक अवस्था अपेक्षाकृत शुभ रहने छ । 

कुम्भ 
यात्रामा रमाइलो हुने छ । बोलीमा आउने कडापनाले भने केही परिस्थितिको सन्तुलनमा कमि ल्याउने छ । आफुलाई बढि मुल्यांकन गर्ने र अरुलाई कम मुल्यांकन गर्ने स्वाभाव हुने छ । पेशागत जीवन सम्मुनत नबने पनि निरन्तर रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा अरुले हेप्न सक्ने छैनन् । 

मीन
शौखिन खालको व्यक्तित्व हुने भएकाले पैसा धेरै खर्च गर्न मन लाग्ने छ । चलाख खालको सोचाइमा भने विकास हुने छ । अरुको आत्मसम्मानलाई त्यत्ति ख्याल नगर्ने सोचको व्यक्तित्व हुँदा अरुले निष्ठुर भनि बुझ्ने छन् । भित्रि मनमा भने लद्युताभाषको भाषले सताउने छ । पेशागत जीवनमा स–साना उल्झनहरुको सामना गर्नुपर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement