आज (माघ १३)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल माघ महिनाको १३ गते शुक्रबार, माघ शुक्लपक्षको षष्ठी तिथि ।

मेष 
युनिकपनाले अरुको आकर्षण जित्ने छ । बोलीको प्रभावमा बढोत्तरी हुने छ । परिवारमा मिलन हुने र विश्वास बढ्ने छ । पेशागत जीवन सकारात्मक बन्ने र आर्थिक लाभ प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा आवद्धहरुले पनि नयाँनयाँ काम गर्ने अफर प्राप्त गर्ने देखिन्छ । विदेश यात्रामा भने केही कठिनाई आउने छ ।

Advertisement

वृष
विदेश यात्रामा जाने अवसर प्राप्त हुने छ । आशावादी विचारहरु मनमा आउने छन् । नयाँनयाँ काम गरौँ गरौँ लाग्ने छ । पेशागत क्षेत्रबाट सन्तोष मिल्ने छ । सम्मान पाइने तथा कदर मिल्ने छ । पारीवारिक विषयले भने तनाव दिने छ । आर्थिक पक्ष औसत खालको हुने छ । धार्मिक स्वाभाव देखिने छ ।

मिथुन 
मनमा असन्तोष बढ्दा खिन्नता आउने छ । सन्तोष लिने प्रयास गर्नु होला । कडा खालको व्यक्तित्व हुँदा लचकताको अभाव हुने छ । पेशागत जीवनमा झैझगडाको अवस्था आउने भएकाले सतर्क रहनु होला । आर्थिक पक्ष भने सवल बन्ने छ । घर घडेरी किन्ने योग छ । 

कर्कट
चलाख खालको व्यक्तित्व हुँदाहुँदै पनि असजिलो परिस्थितिबाट उक्त चलाखी खास काम आउने छैन् । आफुले आफैलाई निकै कमजोर महशुस हुने छ । स्वास्थ्य समस्या देखिँदा अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । बोलीलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । पेशागत जीवन औसत प्रकृतिको रहने छ । 

सिंह
मित्रहरुसँग द्वन्द बढ्ने छ । मनमा धेरै विचारहरु लहरसाथ आउने हुँदा एकाग्रताको अभाव हुने छ । पेशागत जीवनमा चुनौतिको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । भाग्यले साथ नदिएका कारण कामहरु बन्ने छैनन् । आर्थिक पक्ष सन्तोषजनक हुन सक्ने छैन् । 

कन्या
आफैले विश्वास गरेका पात्रहरुबाट सहयोग प्राप्त हुने छ । तर परिवारमा किचलोको अवस्था हुने हुँदा सामाजिक रुपमा बद्नामी व्योहर्नु पर्ने छ । जीवनसाथिको अदम्य साथका कारण ठुलो राहत मिल्ने छ । पेशागत जीवनमा धेरै जोखिम लिने भन्दा सुस्त गतिमा धैर्य कदम चाल्नु उपयुक्त होला । 

तुला
रुखो खालको व्यक्तित्व हुँदा हाँसो मजाकमा पनि रमाउन नसक्ने एकांकी स्वाभाव हुने छ । आय स्रोतका क्षेत्रमा अवरोधहरु आउँदा आर्थिक सन्तुलन बिग्रने छ । सवारीसाधन सम्बन्धी विषयमा धैर्य भएर कदमहरु चाल्नु होला पेशागत जीवनबाट धेरै अपेक्षा भन्दा निरन्तरतालाई ध्यान दिनु होला । 

वृश्चिक
मानसिक र शारीरिक स्वास्थ्यमा दबाब पर्ने छ । तनावपूर्ण वातावरणको सामना गर्नुपर्ने छ । खर्च धेरै हुने हुँदा आर्थिक कठिनाईबाट गुज्रनु पर्ने छ । मित्रहरुकै बीचमा वैमनश्यता देखिने छ । परिवारको साथ नहुँदा एक्लो महशुस हुने छ । 

धनु 
भोज भतेर जस्ता पार्टीहरुमा सहभागि हुन पाइने भए पनि मन प्रफुल्लता पटक्कै हुने छैन् । एक तमासको एकोहोरोपनाले मनलाई बाँध्ने छ । कमजोर मनोबल हुने हुँदा आत्मविश्वासको कमि हुने छ । पेशागत जीवनमा धैर्य भएर कदम चाल्नु होला । अनावश्यक क्षेत्रमा खर्च बढ्न पुग्ने छ ।

मकर 
राजसी ठाँटबाँटको व्यक्तित्व हुने छ । देखाउने खालको जीवनशैली हुने छ । दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । परिवारमा भने झैझगडापूर्ण वातावरण रहने छ । पेशागत जीवन औसत खालको हुने छ । खर्च धेरै हुने छ ।

कुम्भ 
दृढतामा बृद्धि हुने छ । भोग विलासी शैली देखिने छ । तर बद्नामी हुने चुनौति  पनि रहेकाले सतर्क रहनु होला । पेशागत क्षेत्र र आर्थिक पक्ष सकारात्मक रहने छ । परिवारमा द्वन्द र अविश्वास बढ्न जाने छ । छिमेकीसँग पनि तिक्तता बढ्ने छ । 

मीन
घमण्डिपना बढेर जाने छ । पेशागत जीवन अनुकुल रहने छ । चलाख खालको व्यक्तित्व भने बन्ने छ । आर्थिक पक्ष सवल बन्ने छ । दाम्पत्य जीवनमा भने कठिनाईको सामना गर्नु पर्ने छ । चिसोजन्य स्वास्थ्य समस्याले सताउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement