आज (फागुन २३)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर  कारोवार कस्तो रहला ?

आज वि.सं.२०७९ साल फागुन महिनाको २३ गते मंगलबार, फाल्गुन शुक्लपक्षको पूर्णिमा तिथि रहेको छ । आज तराई क्षेत्रमा फागुपूर्णिमा रहेको छ ।

मेष 
साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । आफु आवद्ध कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ । सकभर बादबिबादमा नजानु नै उपयुक्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । जीवनसाथिको आड भरोसामा कार्यहरु गरेमा उक्त कार्य प्रतिफलमुखी बन्ने देखिएको छ । 

Advertisement

वृष
पेशागत जीवनमा समस्याहरु देखा पर्ने समय रहेकाले संयमित भएर पाईला चाल्नु नै उपयुक्त हुने छ । शेयर बजार मध्यम खालको रहने छ । मनमा दुविधा अत्याधिक आउने भएकाले निर्णयहरु लिन कठिनाई हुने छ । मनमा पनि नकारात्मक विचारका चक्र आउने छन् । भाग्यको साथ नभएकाले धेरै संघर्षबाट न्युन मात्र प्रतिफल प्राप्त हुने छ । 

मिथुन 
पेशागत जीवन औसत हुने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्द देखा पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । औसतमा समय संयमित रहनु पर्ने खालको छ । सुख सन्तोषको अभाव महशुस हुने छ । घर घडेरीका विषयमा घाटा व्योहर्नु पर्ने समय रहेको छ । शारीरिक रुपमा चोटपटक तथा स्वास्थ्य समस्याका कारण अस्पतालको खर्च गर्नु पर्ने अवस्था आउने छ । 

Advertisement

कर्कट
साझेदारीका कामहरुमा कठिनाई उत्पन्न हुन पुग्ने छ । अन्यको हकमा पेशागत जीवन औसत प्रकृतिबाट गुज्रने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । मनमा अत्याधिक दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा बिबादहरु देखा पर्ने भएकाले संयमित रहनु होला । 

सिंह
भाग्यको साथ नदिएकाले धेरै जोखिमले भरिएका कार्य भन्दा औसत कार्यलाई निरन्तरता दिनु ठिक हुने समय छ । जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्क रहनु होला । चतुरताको कमि हुन जाने छ । बोलीको प्रभावमा पनि गिरावट देखा पर्ने छ । आम्दानीमा थोरै बृद्धि हुने छ । 

कन्या
पेशाप्रति समर्पित हुने स्वाभाव हुने छ । शेयर बजार मध्यम खालको रहने छ । समय संयमित रहेर पाइला चाल्नु पर्ने खालको छ । मनोबल कमजोर बन्ने छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा प्रभावित तुल्याउने छ । निर्णय क्षमतामा पनि कमि आउँदा स–साना विषयमा पनि निर्णय लिन कठिन हुने छ ।

तुला
पेशागत जीवन सकारात्मक रहने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । बाणि प्रियताको अभाव हुने भएकाले संयमित रहनु होला । व्यक्तित्वमा नरमपना विकास हुने छ । जसले गर्दा अरु व्यक्तिहरुले पनि सहजतापूर्वक व्यावहार गर्ने छन् । पैतृक धन सम्पत्तिका विषयमा झैझगडा तथा बिबाद देखा पर्ने छन् । 

वृश्चिक
पेशागत जीवन औसत रहने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छ । मन धेरै चञ्चल हुने भएकाले मन नियन्त्रित गर्ने प्रयास गर्नु होला । आत्मविश्वासी व्यक्तित्व हुने छ । भौतिक सुखका साधनहरु प्रयोग गर्न पाएता पनि मनमा सन्तोषपनाको अभाव हुन जाने छ । साझेदारीमा गरिएका काममा समस्याहरु देखा पर्न जाने छ । आम्दानीमा बृद्धि हुने छ । 

धनु 
पेशागत जीवनमा संयमित भएर कदम चाल्नु पर्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि गिरावटहरु देखा पर्ने छन् । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । मेहनत र पराक्रमी स्वाभावमा गिरावट आउँदा कार्य क्षमतामा पनि कमि देखिन जाने छ । बौद्धिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ ।

मकर 
पेशागत क्षेत्र औसत प्रकृतिको रहने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा सामान्य देखिएता पनि ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा समय केही जोखिमपूर्ण देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । बोलीमा नरमपना देखिने हुँदा अरुको तपाई प्रतिको धारणामा सकारात्मकता थपिने छ । 

कुम्भ 
संयमित भएर अघि बढ्नु पर्ने समय छ । पेशागत जीवनमा पनि विभिन्न आक्षेपहरु लाग्न सक्छन् । शेयर बजारबाट फाइदा मिल्ने छ । अध्ययन–अध्यापनमा मन केन्द्रीत हुन कठिन हुने छ । भित्रि बुद्धिको सक्रिय हुन नसक्दा निर्णय क्षमतामा पनि गिरावट देखा पर्ने छ । बोलीमा रुखोपना देखा पर्ने भएकाले यस विषयमा ध्यान दिनुहोला ।

मीन
पेशागत जीवनमा आँकलन नै नगरिएका पक्षबाट समस्याहरु देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबादका क्रम देखा पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । दृढ खालको व्यक्तित्व बन्ने छ तर अरुले अलि कडाखालको अनुभुत मात्र गर्ने भएकाले ध्यान दिनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा उक्त कार्य प्रतिफलमुखी हुने छ । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान दिनु होला ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement