आज (फागुन २४)को राशिफलः तपाईंको आर्थिक तथा व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल फागुन महिनाको २४ गते बुधबार, चैत्र कृष्णपक्षको प्रतिपदा तिथि रहेको छ । आज नारी दिवस रहेको छ ।

मेष 
आम्दानीमा थोरै बृद्धि हुन पुग्ने छ । तर पेशागत जीवनमा भने अस्थिरता देखा पर्ने छ, अनुमान नै नगरिएका समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु राम्रो हुने छ । धेरै जोखिम मोलेर कदमहरु चाल्नु भन्दा प्राप्त अवस्थालाई सन्तुलित बनाई राख्न खोज्नु नै उपयुक्त हुने देखिन्छ । शारीरिक र मानसिक थकानको अनुभुति बढ्न पुग्ने छ । शेयर बजारबाट फाइदा हुने छ । 

Advertisement

वृष
भाग्य बलियो छ । पेशागत जीवनमा शुभ समाचार प्राप्त हुने छ । तर बोलीको प्रभाव घट्ने छ । मनमा निराशाले सताउने छ । स–सानो विषयलाई पनि अत्यन्त संवेदनशिल ढंगले लिन मन लाग्ने हुँदा मनमा निराशा छिट्टो देखा पर्न पुग्ने छ । शेयर बजार औसत प्रकारको रहने छ । 

मिथुन 
आँटेका कामहरुमा कम सफलता हुने हुँदा आर्थिक सन्तुलन बिग्रने छ । घर घडेरी तथा गाडि बाहन बेच्नु पर्ने वा नोक्सानी हुने समय रहेकाले संयमित रहनु नै बेश हुने छ । पेशागत क्षेत्रमा विभिन्न उचारचढावको सामना गर्नु पर्ने भएकाले धेरै जोखिपूर्ण कदम नचाल्दा बेश हुने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छैन् । 

कर्कट
शारीरिक कमजोरीसँग जुध्नु पर्ने छ । मनोबलमा कमि आउने छ । विद्या आर्जनमा अवरोधहरु उत्पन्न हुन पुग्ने छन् । जीवनसाथिको साथ र सल्लाहमा अघि बढेमा केही राहत अवश्य मिल्ने छ । धेरै जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा भइ रहेका काम र वातावरणलाई निरन्तरता दिने प्रयास गर्नु उ उपयुक्त हुने देखिन्छ । साझेदारीमा गरिएका कामहरुबाट शुभ परिणाम प्राप्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

सिंह
दुविधाले सताउने छ । बोली प्रभावकारी बन्ने छ, यसले कार्य सम्पन्नतामा ठुलो मद्धत पु¥याउने छ । भाग्यहिनताको आभाषले गर्दा मनमा उत्साहको केही कम हुने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ । पेशागत क्षेत्रमा गुमाउनु पर्ने अवस्था देखा परेकाले यस विषयमा सतर्क रहनु होला । धेरै जोखिमपूर्ण कदमहरु भन्दा निरन्तरताका कदमहरु चाल्नु उपयुक्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । 

कन्या
मनमा निराशाका क्रम आइरहने हुँदा मनोबलको कमि हुने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । संयमित भएर कदम चाल्नु पर्ने देखिन्छ । पेशागत जीवनमा अवरोधहरु एक पछि अर्काे देखा पर्ने छन् । भाग्यको साथ नरहेका कारण धेरै जोखिम मोल्ने कदम नचाल्नु नै उपयुक्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

तुला
भित्रि बुद्धि निकै सक्रिय रहने हुँदा चतुर व्यक्तित्व बन्ने छ । बोलीमा भने धेरै उग्रता देखा पर्ने भएकाले निकै संयमितता अपनाउनु होला । पारीवारिक जीवनमा लफडा देखा पर्ने छ । शारीरिक कमजोरीले सताउने हुँदा मनोबलमा भने ह्रास ल्याउने छ । पेशागत जीवन भने स्थिर रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

वृश्चिक
आकस्मिक लाभ मिल्ने छ । सुख सुविधा प्राप्तिमा मन लाग्ने छ । रिसको मात्रा धेरै देखा पर्ने भएकाले रिस नियन्त्रणमा संयमित प्रयास गर्नु उपयुक्त हुने छ । पेशागत जीवनबाट फाइदा मिल्ने छ । व्यावसाय जगतमा रहेकाहरुमा पनि फाइदादायी समय रहेको छ । साझेदारीका काममा भने द्वन्द चर्किन पुग्ने छ । शेयर बजारबाट लाभ हुने छ । 

धनु 
वैदेशिक यात्रामा अवसर मिल्ने छ । बौद्धिक व्यक्तित्वमा बृद्धि हुन पुग्ने छ तर प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिले पनि धेरै आडभरोसा प्रदान गर्ने छ । पेशागत र व्यावसायिक जीवनमा धेरै जोखिम भन्दा धैर्यतापूर्वक पाइला चाल्नु उपयुक्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

मकर 
बाठो र आत्माबलले भरिएको दृढ व्यक्तित्व बन्ने छ । बोलीको प्रभावले गर्दा आँटेका कामहरु बन्ने छन् । पेशागत जीवन स्थिर रहने छ । व्यवसायमा संलग्नहरुलाई पनि पनि फाइदा मिल्ने छ । परिवारमा भने सदस्यहरु बीच द्वन्दात्मक वातावर देखा पर्ने छ । शेयर बजारबाट आशा गरे जस्तो लाभ मिल्ने छैन् । 

कुम्भ 
नराम्रो सपनाले पिरोल्ने छ । निर्णय क्षमतामा गिरावट आउने छ । आम्दानी नोक्सानी हुने देखिएकाले वा खर्चहरु बढ्न पुग्ने छ । बोली प्रभावकारी प्रकारको हुने छ । भाग्य बलियो रहेका कारण पेशागत जीवन स्थिर रहने छ भने आम्दानीमा पनि हल्का बृद्धि देखा पर्ने छ । पेशाप्रति समर्पित हुन मन लाग्ने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । 

मीन
मन आत्तिने छ । दुविधाले सताउने छ भने चिसो र पानीबाट पनि बच्ने प्रयास गर्नु होला । बाहिरबाट हेर्दा आँटिलो खालको व्यक्तित्व भने बन्ने छ । यसका साथै रिस नियन्त्रणमा ध्यान नदिए उक्त क्षमता झैझगडामा रुपान्तरित बन्न पुग्ने देखिएकाले संयमित रहनु होला । पेशागत जीवन स्थिर रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement