आज (चैत ७)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको ७ गते सोमबार, चैत्र कृष्णपक्षको अमावश्य तिथि । आज घोडेजात्रा रहेको छ ।

मेष 
घर, घडेरी तथा वाहन जस्ता विषयमा नोक्सानीको अवस्था आउँछ । सुखको अभाव हुन जाने छ । आम्दानीमा हुने केही फाइदाले थोरै भए पनि राहत प्रदान गर्ने छ । पशागत जीवनमा सकारात्मक अवस्था देखिन्छ । रिस अत्याधिक कडा हुने भएकाले यसले नोक्सानीतर्फ धकेलि दिने छ । अनावश्यक बिबादबाट बच्नु होला । शेयर बजारमा बढि उत्साहि हुने समय देखिँदैन् । 

Advertisement

वृष 
साझेदारीमा गरिएका कार्यहरु अनुकुल बन्दै जाने छन् । पेशागत तथा ब्यावसायिक जीवनमा आत्मविश्वास बढ्ने छ । खासगरी हार्डवेयर, सिमेण्ट, कपडा, ज्वेलर्स, श्रम क्षेत्रमा सहभागिहरुलाई लाभ मिल्ने छ । ब्यक्तित्वमा निखार आउने भएकाले नेतृत्व क्षमतामा बृद्धि हुने छ । शेयर बजारबाट आंशिक लाभ हुने छ । 

मिथुन 
आफ्नो मिहिनेतले सुखको अवस्था निम्त्याउन हरदम प्रयास गर्ने अवस्था देखिन्छ । साझेदारीमा गरिएका कार्यहरु अनुकुल रहने छन् । लगनशिलता र मेहनतमा बृद्धि हुँदै जाने छ । राजनीति, ठेक्कापट्टा, कपडाको ब्यापार, गरगहना, ब्यवस्थापन जस्ता पेशामा आवद्धहरुलाई समय अुनुकल नै देखिन्छ । शेयर बजार अनुकुल देखिन्छ ।

कर्कट
धन, धान्य तथा पैतृक सम्पत्तिबाट एक हदसम्म अनुकुल रहने छ । पेशागत जीवन सकारात्मक देखिन्छ । भाग्यको साथ कम हुने भएकाले कार्य सम्पन्न हुन आवश्यक भन्दा बढि मेहनत गर्नु पर्ने छ । नेतृत्व क्षमतामा बृद्धि हुन्छ, थप जिम्मेबारी पनि प्राप्त हुने छ । शेयर बजार सकारात्मक छैन् । 

सिंह
बोलीमा नरमपना आउने छ । बोलीको प्रभावका कारण धन सम्पत्तिमा बृद्धि हुने भएकाले बोलीलाई अग्रसर बनाउन सके राम्रो । मार्केटिङ्ग, पत्रकारिता, कार्यक्रम संचालन जस्ता पेशामा आवद्धहरुले आम्दानी गर्ने छन् । आयात निर्यात, जल, डेरी, औषधी जस्ता ब्यवसायमा संलग्नहरुलाई फाईदा हुने छ । ब्यक्तित्वमा निखारता आउने छ । शेयर बजारमा संयमित रहँदा राम्रो । 

कन्या
समय अनुकुल रहेको छ । यात्रामा कठिनाई उत्पन्न हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा स–साना समस्याहरु देखा पर्न थाल्ने छन् । भाग्यको बलियो साथ रहनाले बनाइएका योजनाहरु पूरा हुने छन् । पेशा तथा ब्यापार ब्यवसायमा केहि जोडतोड गर्नु पर्ने अवस्था रहेको छ । शेयर बजार सकारात्मक देखिन्छ । 

तुला 
भाग्य कमजोर रहेकाले थालिएका कार्यहरु पूरा हुनु अघि नै तुहिने खतरा निरन्तर देखिन्छ । तसर्थ संकल्पसहित मात्र नयाँ कार्य आरम्भ गर्नु होला । पेशागत जीवनमा पनि बादबिबाद तथा कठिनाई सामना गर्नु पर्ने छ । समय प्रतिकुल चलिरहेकाले धेरै जोखिमयुक्त कार्य नगर्दा शुभ रहने छ । 

वृश्चिक
शान्त स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनमा अनुकुल अवस्था देखिन्छ । साझेदारीका कार्यहरु प्रगति तर्फ जाने छन् । जीवनसाथिको साथ सहित काम अघि बढाएमा भाग्योदय हुने छ । आम्दानीमा बृद्धि हुने छ । ब्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । शेयर क्षेत्रमा संयमताको खाँचो छ ।

धनु 
ब्यक्तित्वमा निखारता आउने छ । तर रिसको मात्रा पनि अत्याधिक हुने भएकाले रिस नियन्त्रणमा हरदम ध्यान दिँदा ठिक हुने छ । जीवन साथिको साथसहित अघि बढेमा कार्यहरु अनकुल रहने छन् । साझेदारीमा गरिएका कार्यहरुबाट लाभ प्राप्त हुने छ । उच्च ब्यवस्थापकीय जिम्मेबारीमा कार्यरतहरुमा निर्णय क्षमतामा कमि आउने छ । शेयर बजार औसत अवस्थामा रहेको छ । 

मकर 
परिवारको साथ भरपुर रहन्छ । आम्दानीमा सोचे जस्तो प्रगति हुने छैन् । ब्यापार ब्यवसायमा धेरै जोखिमका गतिबिधि भन्दा कम जोखिमयुक्त कार्य मात्र अघि बढाएको शुभ । पेशागत जीवनमा उत्पन्न बाधाहरु क्रमशः हट्दै जाने छन् । शेयर बजारमा आवश्यक भन्दा बढि मनोबल प्राप्त हुने भएकाले संयमित भएर मात्र अघि बढ्दा ठिक हुने देखिन्छ । 

कुम्भ 
मनमा उदासिनता बढ्न पुग्ने छ । पेशात जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने छन् । श्रम जगत र सेवा क्षेत्रमा सक्रियहरुको हकमा भने केही सकारात्मक रहेको छ, खासगरी आम्दानीमा केही बृद्धि हुने छ । मनमा उदासिनता अध्याधिक बढ्न जाने भएकाले मन नियन्त्रण गर्न र सकारात्मक बन्ने तर्फ पनि चिन्तन गर्नुहोला । शेयर बजार अनुकुल बन्ने छैन् । 

मीन
आम्दानीमा बृद्धि हुने छ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयबाट लाभ मिल्ने छ । पेशागत जीवन अनुकुल नै देखिन्छ । खासगरी सेना, प्रहरी, खेल जगत, घर घडेरी, ठेक्कापट्टा आदीमा सहभागिहरुलाई लाभ मिल्ने देखिन्छ । पेशागत जीवनमा राम्रो मूल्यांकन हुने छ । शेयर बजारमा संयमता आवश्यक देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement