आज (चैत ८)को राशिफल, तपाईंलाई व्यवसाय, आर्थिक कारोबारबाट लाभ हानी के होला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको ८ गते बुधबार, चैत्र शुक्लपक्षको प्रतिपदा तिथि । आजबाट पिङ्गल नामको संवत्सर आरम्भ । त्यसैगरी आजबाट चैत्रनवरात्र पनि आरम्भ । आजका दिन शरीरमा तेल लगाउने र नीमको पात खाने दिनका रुपमा रहेको छ । 

मेष 
स्वास्थ्यमा समस्या आउने छ । स–साना विषयलाई असाध्यै गम्भीर रुपमा लिने स्वाभाव देखा पर्दा तनावको क्रम बढि हुन जाने छ । पेशागत जीवन औसत रहने छ । आम्दानीमा गिरावट आउने हुँदा यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ । केही संयमित रहनु पर्ने समय छ । सेवा क्षेत्रमा आवद्धहरुलाई अपेक्षा गरेअनुसार हुने छैन् । शेयर बजारबाट फाइदा मिल्ने छ । 

Advertisement

वृष
फसेको धन प्राप्त हुने छ । भाग्यको साथका कारण आम्दानीको अवस्था सकारात्मक बृद्धि रहने छ । पैतृक सम्पत्ति र संचित भएको धन अनुत्पादक क्षेत्रमा खेर जाने चुनौति देखिएकाले विचार गरेर मात्र निर्णयहरु लिनु होला । पेशागत जीवनमा उतारचढावको अवस्था आउने भएकाले गम्भीरतापूर्वक कदमहरु चाल्नु उपयुक्त हुने छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

मिथुन 
क्षणक्षणमा विचारहरु परिवर्तन भइरहने छ । व्यक्तित्व दृढ खालको हुने भए पनि व्यक्तित्वमा दोहोरो चरित्र पनि देखा पर्ने छ, यसले गर्दा अरुको तपाई प्रति दृष्टिकोणमा भ्रम उत्पन्न हुनेछ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने भएकाले धैर्यतापूर्वक कदम चाल्नु होला । आर्जन गरेको विश्वास गुम्न जाने चुनौति रहेकाले बोलेका कुरामा अडान लिँदा ठिक हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कर्कट
कडा स्वाभावको हाउभाउ र स्वाभाव बन्ने छ । उच्च मनोबलले भरिएको र प्रतिष्पर्धी व्यक्तित्व बन्ने छ । रिसको मात्रामा पनि बृद्धि हुन जाँदा झैझगडाको अवस्था आउने छ । रिस नियन्त्रणमा ध्यान नदिए आफैलाई घाटाको अवस्था आउने छ । भित्रि रुपमा बाठोपना आउने छ । मनमा भने दुविधाले सताई रहने छ । आम्दानीमा सोचे जस्तो प्रगति नभए पनि धेरै कमि पनि हुने छैन् । पेशागत जीवन औसत हुने छ । शेयर बजारबाट फाइदा मल्निे छैन् । 

सिंह
मनमा दृढता रहँदा रहँदै पनि दुविधाका विचारहरु एकपछि अर्काे निरन्तर आइरहँदा निर्णय क्षमतामा गिरावट रहने छ । पेशागत जीवनमा धेरै महत्वाकांक्षा भन्दा निरन्तरतामा जोड दिनु उपयुक्त हुने छ । बौद्धिकस्तरमा बृद्धि हुने छ । यात्रामा सफलता मिल्ने छ । अरुको विश्वास कायम रहँदा छवि कायम रहिरहने छ । शेयर क्षेत्रबाट फाइदा हुने छ । 

कन्या
सोच्दै नसोचेको क्षेत्रबाट फाइदा मिल्ने छ । बोलीको प्रभावले गर्दा पेशागत जीवनमा प्रगति हुने छ । पेशागत क्षेत्रबाट पनि आम्दानीमा बढोत्तरी हुन जाने छ । भाग्यको साथ बलियो भएकाले गरेको मेहनतबाट पनि राम्रो आम्दानी प्राप्त हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति रहेकाले संयमित रहनु होला । स्टेसनरी, पत्रकारिता, संचार क्षेत्र, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

तुला
अस्वाभाविक रुपमा झैझगडामा जाने अवस्था आउने छ । रिस धेरै देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु होला । पेशागत जीवन अनुकुल रहने छ । बोलीमा प्रभावकारीता देखा परे पनि आफैले बोलेको कुरा प्रति अडान लिन नसक्ने र दोहोरो विचार बन्दा अरुसँगको विश्वास गुम्न पुग्न जाने छ । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ । शेयर क्षेत्र मध्यम खालको रहने छ । 

वृश्चिक
नराम्रा सपनाले सताउने छ । पेशागत क्षेत्र भने स्थिर रहने छ । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । परिवारमा किचलोको अवस्था आउने छ । बोलीमा रुखोपना देखिने हुँदा संयमित रहनु नै उपयुक्त हुने छ । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

धनु 
आकस्मिक लाभ मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ । जीवनसाथिको साथ र सल्लाहमा कामहरु अघि बढाएमा प्रगति हुनेछ । भाग्यहिनताको आभाषले गर्दा पैतृक सम्पत्तिको परिचालन समस्याहरु देखा पर्ने छ । विदेश यात्रा सफल हुने छ । आम्दानीमा केही बृद्धि हुनेछ । मुद्धा मामिला जस्ता विषयमा उल्झिनु पर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।

मकर 
उदासिनताको मात्राले गर्दा उत्साह र उमङ्गको कमि रहने हुँदा मनमा खिन्नता रहिरहने छ । कमजोर खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । संयमित भएर कदम चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुनेछ । होटल, रेष्टुरेण्ट, डान्स बार, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई प्रतिकुल देखिन्छ । शेयर बजारबाट फाइदा हुने छैन् । 

कुम्भ 
अलि कडा खालको व्यक्तित्व बन्न जाने छ । पेशागत क्षेत्रप्रतिको तिब्रतामा निकै बृद्धि हुने छ । पेशागत जीवन स्थिर बन्ने र लाभ प्राप्त हुने छ । तर आम्दानीमा भने साचे जस्तो बृद्धि हुन सक्ने छैन् । दाम्पत्य जीवनमा बिबाद उत्पन्न हुने भएकाले सतर्क रहनुहोला । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

मीन
स्वास्थ्य उपचारमा खर्च खर्च बढ्न जाने छ । पारीवारिक जीवनमा सुखको वातावरण आउने छ । बोलीमा कडापनको मात्रा बढ्न जाने भएकाले आक्रोशित व्यक्तित्व बन्ने छ । दाम्पत्य जीवनमा भरोषा बढ्ने छ । जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ । पेशागत क्षेत्रमा धेरै शुभ नभए पनि सकारात्मक बन्ने छ । जलविद्युत क्षेत्रमा आवद्धहरुलाई अवस्था चुनौतिपूर्ण देखिन्छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement