आज (जेठ ९)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल ज्येष्ठ महिनाको ९ गते मंगलबार, ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि । आज मंगल चौथी रहेको छ ।

मेष 
मनमा पिर चिन्ताले सताउने छ भने नकारात्मक विचारले पनि सताउने छ । झुम्म भएको जस्तो अर्थात फ्रेस नभएको जस्तो लाग्ने छ । दाम्पत्य जीवन औसत शुभ नै देखिएता पनि अनुमान नै नगरिएका विषयमा झझगडा निम्तिने भएकाले संयमताको खाँचो छ । मनमा उदासिनता आउने छ । पानी, दुध, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको देखिन्छ । शेयर बजारबाट आशातित लाभ मिल्ने छैन् । 

Advertisement

वृष 
आफुले अरुका लागि राम्रो गर्न खोज्दाखोज्दै पनि अरुले सो रुपमा लिने छैनन् । समय अनुकुल नभएकाले संयमताको खाँचो देखिन्छ । परीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । नेतृत्व क्षमतामा कमि आउने छ । आम्दानीमा कमि आउने छ भने आम्दानी अनावश्यक ठाउँमा खर्च नगरी नहुने अवस्था आउने छ । कार्यालयमा विभिन्न समस्याहरु देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने केही राहत मिल्ने छ । शेयर बजार प्रतिकुल रहने छ । 

मिथुन 
आँटेका कामहरु अघि बढ्ने छन् । भाग्यले साथ दिएको छ । पेशागत जीवन र ब्यवसायमा सफलता हात लाग्ने छ । देखा परेका समस्याहरु समाधान तर्फ जाने छन् । सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटि सेवा, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई समय प्रतिकुल रहेको छ । किराना पसल, आयात निर्यात, पानी, दुध, आइसक्रिम जस्ता ब्यवसायमा लागेकाहरुलाई केही फाइदा मिल्ने छ । शेयर बजार भने प्रतिकुल रहने छ ।

कर्कट
साथिभाइको विश्वास गुम्ने छ । मनमा अन्योलता असाध्यै बढ्ने छ । भाग्यको साथ कम रहेकाले नतिजाहरु आउन समय लाग्ने छ । मेहनत र पराक्रम गर्ने भन्दा केही अल्छि लाग्ने स्वाभाव बन्न जाने छ । ब्यक्तित्वमा क्षय हुने छ । अनावश्यक विषयमा फस्ने वा केन्द्रित हुनु पर्ने बाध्यता आइलाग्ने छ । आम्दानीमा हुने केही सकारात्मकताले झिनो राहत दिने छ । पेशा ब्यवसायमा कठिनाईहरु आउने भएकाले सतर्कतासहित मात्र पाइला चाल्नु होला । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

सिंह
नयाँ क्षेत्रका अवसरहरु प्राप्त हुने छन् । धर्म अध्यात्मतर्फ मन लाग्ने छ । भगवानप्रतिको विश्वास बढ्न जाने छ । भायको साथ रहेकाले सुख सुविधा उपभोग गर्न पाइने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुबाट सुखद् अवस्था आउने छ । राजनीति, प्रशासन, बैंकिङ्ग, बीमा, सूचना प्रविधि जस्ता क्षेत्रमा सmित्रयहरुलाई समय अनुकुल छ । शेयर बजार औसत रहने छ ।

कन्या
कटु आलोचनाको सामना गर्नुपर्ने समय सक्रिय रहेको छ । कठिनाईमा पनि मनोबल भने उच्च रहने छ । रिस धेरै उठ्न जाने भएकाले संयमताको खाँचो देखिन्छ । परिवारका सदस्यहरुले तपाईप्रति ध्यान दिने छन्, माया गर्ने हुँदा निकै राहत मिल्ने छ । भाग्यको साथ नरहेकाले झण्झट र असजिलो परिस्थितिसँग जुध्नु पर्ने छ । निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखान, ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि समय प्रतिकुल बन्ने छ । शेयर बजार पनि शुभ रहने छैन् । 

तुला
चुनौतिले भरिएका कामहरुमा दृढता साथ अघि बढ्न मन लाग्ने छ । तर विचारहरु भने अस्थिर प्रकारका रहने छन् । राजनीतिक निर्णयहरु लिन कठिन हुने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा आफू अनुकुल अवस्था निम्तिने छ । ब्यवस्थापन, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र, सूचना प्रविधि क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजार अनुकुल रहने छ । 

वृश्चिक
राजनीतिमा आवद्धहरुलाई सकारात्मक नतिजा प्राप्त हुने छ । परिवारको साथले जीवनमा ठुलो भुमिका खेल्ने छ । पेशा ब्यवसाय सकारात्मक हुने छ । आम्दानीमा सन्तोषजनक अवस्था नै हुने छ । बोलीमा भने अलि कडा शैली हुने भएकाले ध्यान दिनु होला । अध्यापन, दार्शनिक क्षेत्र, उद्योग कलकारखाना, सिमेण्ट, छड, डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र पनि सकारात्मक बन्ने छ ।

धनु 
बोलीमा कडापन आउने छ । तर परिवारका सदस्यहरुको सहयोग भने रहने छ । छोटो–छोटो यात्रा गर्नु पर्ने परिस्थिति सक्रिय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु निम्तिने छ । भाग्यको साथ कम रहेको समय सक्रिय रहेकाले विचार गरेर मात्र अघि बढ्नु होला धेरै चुनौतिले भरिएका कामहरु थाल्ने समय छैन् । लेनदेनमा विवाद हुने समय छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मकर 
राम्रो गर्न खोज्दा खोज्दै पनि नतिजा प्रतिकुल आउने छ । अवगाल भोग्नु पर्ने समय सक्रिय छ । पेशागत जीवनमा समस्या आउने छ । पेशा तथा ब्यवसायमा निकै अवरोधहरुको सामना गर्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका कामहरुमा पनि असमझदारी देखा पर्ने छ । सन्तान सुख प्राप्त हुने छैन् । ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय शुभ रहेको छ । शेयर क्षेत्र औसत रहने छ ।

कुम्भ 
सानो मेहनतले पनि उल्लेख्य प्रतिफल प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेको छ । आम्दानीमा बृद्धि हुने छ । लक्ष्मी र नारायणको आशिर्वाद रहेकाले पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । कर्मशिलतामा बृद्धि हुने छ । वाणिज्य, ब्यवसाय, किराना पसल, दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार गर्नेहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत रहने छ ।

मीन
सोच्दै नसोचेको जोखिमपूर्ण कदमहरु चाल्नु पर्ने बाध्यता आइपर्ने छ । परिवारको साथ पाइने भएकाले कार्यसम्पादनमा ठुलो मद्धत पुग्ने छ । आम्दानी तथा लिइएका लक्ष्य प्राप्तिमा बिभिन्न ब्यवधानको सामना गर्नु पर्ने छ । सर सापट दिइएका रकममा बिबाद हुने भएकाले विचार गरेर मात्र यसमा अघि बढ्नु होला । किराना पसल, दैनिक उपभोग्य सामान, तरकारी, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement