कर्पाेरेट राशिफलः आज (जेठ २२) तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको २२ गते सोमबार, आषाढ कृष्णपक्षको प्रतिपदा तिथि । आज विश्व वातावरण दिवस रहेको छ । 

मेष 
आफ्ना इच्छा आकांक्षा पूर्तिमा कटिबद्ध भएर लागि परिरहने स्वाभाव हुने छ । पेशागत जीवनमा उचारचढावको सामना गर्नु पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छ । शेयर क्षेत्र औसत सकारात्मकतर्फ रहने छ । 

Advertisement

वृष
पेशागत जीवनमा राम्रो  गर्न खोज्दा खोज्दै पनि अपजस आइलाग्ने हुन सक्छ । अनावश्यक विषयमा पनि भूमिका खेल्नु पर्ने भएका कारण आफ्नो उर्जा स–साना विषयहरुमा छरिन पुग्ने छ । पेशागत जीवनमा उतारचढावको सामना गर्नु पर्ने भएकाले धैर्य भएर पाइला चाल्नु उपयुक्त हुने छ । शेयर क्षेत्र भने लाभदायी रहने छ । 

मिथुन 
आत्मबलले भरिएको व्यक्तित्व हुने छ । बोली प्रभावकारी हुने छ । पेशागत क्षेत्र सकारात्मक हुँदा हुँदै पनि भाग्यको साथ नरहेकाले कठिनाईहरुको भने सामना गर्नु पर्ने छ । शेयर क्षेत्र औसत प्रकारको रहने छ । 

कर्कट
मनोबलहिनताले सताउने छ । शारीरिक थकाई तथा पीडाले अत्याउने हुँदा यसबारेमा ध्यान दिनु होला । दोहोरो व्यक्तित्व बन्न जाने छ । पेशागत जीवनमा पनि अस्थिरता तथा उत्पन्न हुन पुग्ने छ । शेयर क्षेत्र जोखिमपूर्ण देखिन्छ । 

सिंह
प्रभावकारी बोली बन्ने छ । भाग्यको साथ नभएका कारण गर्न खोजेका कामहरु सजिलो गरि अघि बढ्ने छैनन् । पेशागत जीवनमा उतारचढावको वातावरण रहने भएकाले धेरै महत्वाकांक्षा भन्दा औसत रहने प्रयास गर्नु उपयुक्त हुने देखिन्छ । शेयर क्षेत्र औसत तर अलि प्रतिकुल तर्फ ढल्कने छ । 

कन्या
पेशाप्रति केन्द्रीत रहने धारणाले तिब्रता पाउने छ । बोलीको प्रभावले गर्दा पेशागत क्षेत्रमा प्रगति हुने छ । आम्दानीमा सोचे जस्तो नभए पनि केही बढोत्तरी नै हुन जाने छ । भाग्यको साथका कारण स–सानो मेहनतबाट पनि राम्रो आम्दानी प्राप्त हुने छ । शेयर क्षेत्र फाइदादायक बन्ने छ । 

तुला
मनमा दुविधा निरन्तर रुपमा आइ रहँदा निर्णय क्षमतामा सुस्तता र दोहोरोपना देखिन्छ । बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउन जाने छ । पेशागत जीवनमा सतर्कता अपनाउनु पर्ने समय सक्रिय रहेको छ । शेयर क्षेत्र भने अनुकुल रहने छ । 

वृश्चिक
बोलीको प्रभाव घट्न जाने छ । त्यसैले संयमित भएर थोरै थोरै मात्र बोल्ने गर्दा उपयुक्त हुने छ । मनमा उदासिनताले सताउने छ । स–साना विषयलाई असाध्यै गम्भीर रुपमा लिने बानीले गर्दा मनमा अनावश्यक तनावको अवस्था पैदा हुने छ । पेशागत जीवनमा धेरै महत्वाकांक्षा भन्दा निरन्तरतालाई ध्यान दिनु होला । शेयर भने शुभ रहने छ । 

धनु 
मनमा दुविधाले सताउने छ । चिसोबाट र पानीबाट सतर्क रहनु होला । पेशागत जीवनमा भने लाभहरु प्राप्त हुने छन् । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ । बोली कडा शैलीको हुने हुँदा यस बारेमा ध्यान दिनु होला । शेयर क्षेत्रमा जोखिम लिने बेला रहेको देखिँदैन् । 

मकर 
दृढ र सुरो खालको व्यक्तित्व हुने छ । रिसको अवस्था धेरै हुने भएकाले यस बारेमा ध्यान दिनु पर्ने देखिन्छ । पेशागत जीवन औसत अवस्थाबाट अघि बढ्ने छ । धेरै जोखिम लिने बेला छैन् । आम्दानीमा सोचे जस्तो प्रगति हुने छैन भने यसले केही नकारात्मक चिन्तन बृद्धि गरिदिने छ । शेयर क्षेत्र औसत प्रकारको रहने छ । 

कुम्भ 
बोल्ड खालको व्यक्तित्व हुँदाहुँदै पनि बढि रिसले गर्दा व्यक्तित्वलाई छायामा पारिदिने छ । भाग्यको साथका कारण पेशागत जीवनबाट लाभ मिल्ने छ, आम्दानी बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा भने अबरोधहरु आउने छन् । शेयर क्षेत्र लाभदायी हुने छ । 

मीन
बाणिमा कटुता हुने भएकाले संयमित रहनु होला, नभए झैझगडाको अवस्थामा धकेलिदिने छ । परिवारमा र पैतृक सम्पत्तिका विषयमा झैझगडा उत्पन्न हुने छ । पेशागत जीवन सकारात्मक रहने छ । आम्दानीमा बृद्धि हुने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement