कर्पाेरेट राशिफलः आज (जेठ २६) तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको २६ गते शुक्रबार, आषाढ कृष्णपक्षको षष्ठी तिथि ।

मेष 
आफ्नो घमण्डले आफैलाई खाने छ । पेशागत जीवनमा झैझगडाको अवस्था आउने छ । चलाख खालको व्यक्तित्व हुने हुँदा धेरै नोक्सानीको अवस्थाबाट जोगिने भने छ । आर्थिक पक्ष औसत रहने छ । दाम्पत्य जीवनमा भने कठिनाईको सामना गर्नुपर्ने छ । गर्मीमा फैलने रोग व्याधीले सताउने छ । 

Advertisement

वृष
दृढ प्रकृतिको स्वाभाव हुँदाहुँदै पनि कडा शैलीको व्यक्तित्व बन्दा मिलनसारपनाको अभाव हुने छ । धेरै रिस उठ्ने भएकाले झैझगडाको अवस्था आउने छ । भोग विलासी शैली देखिने छ । पेशागत क्षेत्र र आर्थिक पक्ष सकारात्मक रहने छ । 

मिथुन 
राजसीशैलीको ठाँटबाँठ हुने छ । तडग भडकपूर्ण जीवनशैलीका कारण समाजमा भड्किलो देखिने छ । दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । परिवारमा भने झैझगडापूर्ण वातावरण रहने छ । पेशागत जीवन औसत खालको हुने छ । खर्च धेरै हुने छ ।

कर्कट
भोज भतेर जस्ता पार्टीहरुमा सहभागि हुने अवसर मिल्ने छ । तर यति हुँदाहुँदै पनि मनमा निराशाको भाव निरन्तर रहने छ । एक तमासको एकोहोरोपनाले मनलाई बाँध्ने छ । कमजोर मनोबल हुने हुँदा आत्मविश्वासको कमि हुने छ । पेशागत जीवनमा धैर्य भएर कदम चाल्नु होला । अनावश्यक क्षेत्रमा खर्च बढ्न पुग्ने छ ।

सिंह
मानसिक र शारीरिक हाउभाउमा अस्वाभाविक परिवर्तन देखिने छ । विशेषगरी एक्लै बोल्ने बानी रहने छ । तनावपूर्ण वातावरणको सामना गर्नु पर्ने छ । खर्च धेरै हुने हुँदा आर्थिक कठिनाईबाट गुज्रनु पर्ने छ । मित्रहरुकै बीचमा वैमनश्यता देखिने छ । परिवारको साथ नहुँदा एक्लो महशुस हुने छ । 

कन्या
रुखो खालको व्यक्तित्व हुँदा हाँसो मजाकमा नरम्ने स्वाभाव देखा पर्दा एकलकाँटेपना रहने छ । आय स्रोतका क्षेत्रमा अवरोधहरु आउँदा आर्थिक सन्तुलन बिग्रने छ । सवारीसाधनसम्बन्धी विषयमा धैर्य भएर कदमहरु चाल्नु होला पेशागत जीवनबाट धेरै अपेक्षा भन्दा निरन्तरतालाई ध्यान दिनु होला । 

तुला
आफैले विश्वास गरेकाहरुबाट धोका हुने छ । परिवारमा किचलोको अवस्था हुने हुँदा सामाजिक रुपमा बद्नामी व्योहर्नु पर्ने छ । जीवनसाथिको अदम्य साथका कारण ठुलो राहत मिल्ने छ । पेशागत जीवनमा धेरै जोखिम लिने भन्दा सुस्त गतिमा धैर्य कदम चाल्नु उपयुक्त होला । 

वृश्चिक
उदास मनोभावले गर्दा साथिभाइहरुबाटै घोचपेचको सामना गर्नु पर्ने छ । मनमा धेरै विचारहरु लहरसाथ आउने हुँदा एकाग्रताको अभाव हुने छ । पेशागत जीवनमा चुनौतिको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । भाग्यले साथ नदिएका कारण कामहरु बन्ने छैनन् । आर्थिक पक्ष सन्तोषजनक हुन सक्ने छैन् । 

धनु 
चलाख खालको व्यक्तित्व हुँदाहुँदै पनि असजिलो परिस्थितिबाट उम्कन कठिनाईको सामना गर्नुपर्ने छ । आफुले आफैलाई निकै कमजोर महशुस हुने छ । स्वास्थ्य समस्या देखिँदा अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । बोलीलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । पेशागत जीवन औसत प्रकृतिको रहने छ । 

मकर 
असन्तोषी स्वाभावले गर्दा जति भए पन मनमा दुःखीपना रहीरहने छ । सन्तोष लिने प्रयास गर्नु होला । कडा खालको व्यक्तित्व हुँदा लचकताको अभाव हुने छ । पेशागत जीवनमा झैझगडाको अवस्था आउने भएकाले सतर्क रहनु होला । आर्थिक पक्ष भने सवल बन्ने छ । घर घडेरी किन्ने योग छ । 

कुम्भ 
विदेश यात्राको अवसर मिल्ने छ । मनमा सकारात्मक उर्जा प्राप्त हुने छ । नयाँ नयाँ काम गरौँ–गरौँ लाग्ने छ । पेशागत क्षेत्रबाट सन्तोष मिल्ने छ । सम्मान पाइने तथा कदर मिल्ने छ । पारीवारिक विषयले भने तनाव दिने छ । आर्थिक पक्ष औसत खालको हुने छ । धार्मिक स्वाभाव बढ्ने छ ।

मीन
अरु भन्दा फरक देखिन पोशाक तथा श्रृङ्गारमा बढि ध्यान दिन मन लाग्ने छ । बोलीको प्रभावमा बृद्धि हुने छ । परिवारमा मिलन हुने र विश्वास बढ्ने छ । पेशागत जीवन सकारात्मक बन्ने र आर्थिक लाभ प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा आवद्धहरुले पनि नयाँ–नयाँ काम गर्ने अफर प्राप्त गर्ने देखिन्छ । विदेश यात्रामा भने केही कठिनाई आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement