कर्पाेरेट राशिफलः आज (असार ८) तपाईंको आर्थिक–व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको ८ गते शुक्रबार, आषाढ शुक्लपक्षको पञ्चमी तिथि । आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस रहेको छ । 

मेष 
पेशागत जीवनमा सफलता प्राप्त हुने छ । भाग्यको साथले गर्दा आम्दानीमा र व्यापार विजनेशमा प्रगति हुने छ । साझेदारी सम्बन्धि विषयमा भने केही कटुता उत्पन्न हुन जाने छ । फलाम, उद्योग कलकारखाना, श्रम, पेट्रोलियम पदार्थ आदी क्षेत्रमा संलग्नहरुको आम्दानीमा बृद्धि हुने छ ।

Advertisement

वृष 
आम्दानीमा वृद्धि हुने छ । खासगरी पब्लिकेसन, स्टेशनरी, शैक्षिक क्षेत्रमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । घर, घडेरी, वाहन जस्ता विषयमा मनमा उदासिनता थपिने छ । यात्रासम्बन्धि योग छ । व्यावसायिक गतिविधिमा साहस आउने छ ।

मिथुन 
व्यक्तित्वको प्रभाव बढ्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । सेवाका क्षेत्रमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । आर्थिक लेनदेनमा विवाद आउने भएकाले सतर्कतासहित गर्दा वाञ्छनीय हुने छ । यस अघिदेखिका लेनदेनका मुद्धा वा विवादमा भने सफलता मिल्ने छ । 

कर्कट
छोटो यात्रा गर्नुपर्ने छ । मनमा उदासिनता आउन जाने छ । बोलीमा नरमपना ल्याएमा पारिवारिक सम्पत्तिका विषयमा लाभ मिल्ने छ । ब्यावसायिक साझेदारीमा कटुता आउन सक्छ । पेशागत र व्यापारिक गतिविधिमा व्यवस्थापन गर्ने खुवीमा भने बृद्धि हुने छ । 

सिंह
नकारात्मक विचारले मनमा एकपछि अर्काे लहर आउने छ । मेहनत र पराक्रम गर्न मन लागेता पनि आम्दानीमा बृद्धि हुन नपुग्ने भएकाले मनमा निराशा पलाउने छ । मनोबलमा गिरावट आउने छ । पेशागत र व्यावसायिक जीवनमा अवरोधहरु आउने भएकाले सतर्क रहनु होला । 

कन्या
जीवनसाथिको साथले जीवनमा निकै ठुलो भुमिका खेल्ने छ । साथै साझेदारीसहित गरेको कार्यबाट पनि लाभ मिल्ने छ । परिवारमा मधरताको वातावरण सृजना हुने छ । धनको बृद्धि हुने छ । यातायात, फलाम जन्य क्षेत्रमा सक्रिय व्यक्तिहरुको जीवनमा सफलता प्राप्त हुने छ ।

तुला 
घर घडेरी तथा वाहन जस्ता विषयमा आंशिक लाभ मिल्ने छ । तर समयमा बुद्धि नआउँदा आर्थिक अवसरबाट केही बञ्चित रहनु पर्ने छ । धन सम्पत्ति नोक्सान हुने योग रहेकाले सतर्क रहनु होला । पेशागत जीवनमा पनि उतारचढाव आउने भएकाले सकभर विवादमा नपरी अघि बढ्दा ठिक होला । 

वृश्चिक
प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुने छ । भाग्यको साथ रहनाले व्यक्तित्वमा दृढता बढ्न गई कार्य सफलता प्राप्त हुने छ । पेशागत जीवनमा नसोचेका समस्याहरु आउन सक्ने भएकाले सतर्क रहनु होला । योजना गरे भन्दा ढिला गरि मात्र व्यावसायिक तथा पेशागत काम बन्ने छन् ।

धनु 
कर्मशिलतामा बृद्धि हुने छ । यसले आर्थिक अवस्था तथा सम्पत्तिमा बृद्धि हुने छ । ब्यवसायिक जीवनमा सफलता प्राप्त हुने छ भने रोजगारीमा रहेकाहरुको हकमा पनि शुभ नै रहेको छ । अध्याधिक मनोबलका कारण भने व्यवासायिक नोक्सानी हुन जाने भएकाले अधिक मनोबल भने नदेखाउँदा उत्तम हुने छ । 

मकर 
भाग्यको साथ नभएको मनमा हुने आभाषले गरेका काम नतिजामुखी बन्न कठिन हुने छ । कार्यसम्पादनमा पनि अवरोधको सामना गर्नुपर्ने छ । मनमा एक प्रकारको उदासिनता भइरहने छ । पेशागत जीवनमा संयमताको आवश्यकता देखिन्छ । साझेदारीमा गरिएका कामबाट औसत लाभ मिल्ने छ । 

कुम्भ 
बोलीमा रुखोपना देखिन्छ । यसले झैझगडाको अवस्था निम्तिने चुनौति रहने छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ । तर केही नयाँ क्षेत्रमा हात हाल्ने अठोट आउने छ । भाग्यको साथ रहेकाले पेशागत जीवन धेरै नकारात्मक भने हुने छैन् । स्वास्थ्यमा असन्तुलन हुने छ । 

मीन
व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवन र व्यावसायिक जीवनमा अवरोधको अवस्था आउने छ । तर भाग्यको साथले गर्दा घर घेडेरी सम्बन्धि विषयमा भने लाभ मिल्ने छ । पारिवारिक सम्पत्तिका विषयलाई लिएर द्वन्दात्मक अवस्था आउने छ । परिवारमा टकराव आउने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement