कर्पाेरेट राशिफलः आज (असार ११) तपाईंको आर्थिक–व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको ११ गते सोमबार, आषाढ शुक्लपक्षको अष्टमी तिथि । आज दूव्र्यसन विरुद्ध दिवस । 

मेष 
पेशागत जीवनमा संघर्षपूर्ण र उतारचढावको अवस्थाबाट अघि बढ्नु पर्ने छ । मनमा नकारात्मक विचारले घेर्ने छ । शेयर बजारबाट उत्साहजनक नतिजा रहने छैन् । परिवारको साथबाट सुख, शान्ति मिल्ने छ । परिवारका सदस्यहरुले तपाईप्रति भरोसा गर्ने र आशा गर्ने छन् । भाग्यको साथ एक हदसम्म भएकाले परिस्थिति सीमा भन्दा बाहिर भने जाने छैन् । 

Advertisement

वृष
पेशागत जीवन मध्यम अवस्थाबाट अघि बढ्ने छ । चाहँदा चाहँदै पनि अरुको विश्वास आर्जन गर्न कठिनाई उत्पन्न हुने छ । आम्दानीमा लक्ष्यहरु प्राप्त हुने छन् । आर्थिक पक्ष सवल बन्ने छ । शेयर बजारबाट फाइदा हुने छैन् । दाम्पत्य जीवनमा कटुता र द्वन्दको अवस्था आउने छ । मनमा दुविधा र अत्याधिक समानान्तर विचारहरु आउने छ ।

मिथुन 
पेशागत जीवनमा लाभ मिल्ने छ भने पदिय दायित्वमा प्रगति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । शेयर क्षेत्रबाट भने अपेक्षा गरे बमोजिम फाइदा हुने छैन् । भाग्यले साथ दिएकाले सामान्यतया सकारात्मक समय रहेको देखिन्छ । मनोबल र दृढतामा बृद्धि हुँदा व्यक्तित्व प्रभावकारी बन्ने छ । परिवारमा शान्तिपूर्ण वतावरण कायम हुने छ ।

कर्कट
पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छ । भाग्यहिनताका कारण गर्न खोजेको काममा धेरै अवरोधहरु आउने छन् । शेयर क्षेत्र चुनौतिपूर्ण देखिन्छ । मनमा दुविधा र अन्योलताले सताउने छ । जीवनसाथिको आड भरोसाले गर्दा केही राहत मिल्ने छ । यात्रामा कठिनाईहरु आउने छ । मनमा पश्चातापका क्रमहरु रहने छन् । 

सिंह
पेशागत जीवनमा सकारात्मक नतिजाहरु आउने छन् । आफुले निभाएका कार्य र भुमिकाको कदर हुने छ । शेयर क्षेत्र औसत अवस्थाको रहने छ । मनमा निराशाका क्रमले सताउने छ । साझेदारीमा गरिएका कामहरुमा भने कठिनाईबाट गुज्रनु पर्ने छ । सन्तानले गरेका गतिबिधिबाट असन्तोष तथा अपजसको अवस्था आउने छ । 

कन्या
पेशागत जीवनमा औसत खालको वातावरण हुने छ । झैझगडा र आरोप प्रत्यारोपबाट गुज्रनु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । प्रभावशाली व्यक्तित्व बन्ने छ, अरुले भरोसा गर्ने छन् भने भरोषा पनि गर्ने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रामा अझ बृद्धि हुने छ । परिवारका सदस्यहरुका बीच समन्वय हुने छ । 

तुला
पेशागत जीवनमा सकारात्मक नतिजाहरु आउने छन् । आम्दानीको मात्रामा बृद्धि हुने छ भने जोश र जाँगरले भरिएको व्यक्तित्व हुने छ । शेयर बजारबाट भने लाभ मिल्न सक्दैन् । समाजमा मान, सम्मान र ख्याति प्राप्त हुने छ । मनले आँटेका कुराहरु पुरा हुने छन् । बोलीका कारण अरुको मन जित्न सजिलो हुने छ । 

वृश्चिक
पेशागत जीवनमा धैर्य र संयमित रहनु पर्ने देखिन्छ । आम्दानीमा गिरावट आउँदा आर्थिक असन्तुलन उत्पन्न हुने छ । शेयर बजारबाट नाफा मिल्ने छैन् । व्यक्तित्वमा थोरै शिथिलता आउने छ । स–सानो विषयमा पनि झडङ्ग झडङ्ग रिसाउने बानीले गर्दा विषयवस्तुहरु बिग्रने छन् । प्रतिष्पर्धात्मक स्वाभाव भने कायम रहने छ । परिवारमा सुख सन्तोषको वातावरण भने हुने छ ।

धनु 
पेशागत जीवन सकारात्मक दिशामा जाने छ । पेशागत जीवनमा उत्साह र उमङ्ग आउने छ, थप जिम्मेबारी प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुबाट पनि राम्रो नतिजा प्राप्त हुने छ । शेयर क्षेत्रमा केही फाइदा मिल्ने छ । आम्दानीमा बृद्धि हुँदा आर्थिक सन्तुलन कायम हुने छ । सामाजिक क्षेत्रमा सक्रिय हुन मन लाग्ने छ ।

मकर 
पेशागत जीवन मध्यम खालको हुने छ । पेशागत क्षेत्रमा तात्विक परिवर्तन आउने छैन् । शेयर बजारबाट लाभ मिल्ने छैन् । चलाख खालको व्यक्तित्व हुने छ भने सामाजिक कार्यमा अग्रसर हुन मन लाग्ने छ । मित्रहरुको साथले गर्दा सामाजिक मर्यादामा बृद्धि हुने छ । बौद्धिक क्षमतामा पनि बृद्धि हुने छ । दाम्पत्य जीवनमा मधुरता कायम रहने छ । 

कुम्भ 
पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ । कमाईमा पनि बृद्धि हुँदा आर्थिक पक्ष सवल बन्ने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छैन् । सामाजिक जीवनमा आफ्नो भूमिकाको दायरा फराकिलो बन्न जाने छ । साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ । आत्मबल भरिएको व्यक्तित्व बन्ने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला ।

मीन
पेशागत जीवनमा तनावपूर्ण वातावरण उत्पन्न हुने र यसले मानसिक दबाबमा उल्झाउने छ, त्यसैले सतर्क भएर कार्यालयसँग सम्बन्धित काममा संलग्न हुनु होला । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । भाग्यहिनताले गर्दा हिनताबोध आउने छ । मेहनत र पराक्रमी शैलीमा कमि आउन जाने छ । धेरै जोखिमले भरिएका काममा संयमित रहनु नै उचित हुने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement