कर्पाेरेट राशिफलः आज (असार १२) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको १२ गते मंगलबार, आषाढ शुक्लपक्षको नवमी तिथि ।

मेष 
व्यक्तित्वमा दृढता बृद्धि हुने छ । तर मनमा भने निराशाका क्रमले भने पटक्कै छोड्ने छैन् । मनलाई नियन्त्रणका लागि प्रयास गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स, पानी, मदिरा जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

Advertisement

वृष
बोलीको प्रभाव घट्ने हुँदा बन्न खोजेका काममा अवरोध आउने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन्, बादबिबादको अवस्था आउने छ । त्यसैले संयम भएर पाईला चाल्नु पर्ने देखिन्छ । शिक्षण, शिक्षा क्षेत्र, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय जोखिमपूर्ण देखिन्छ । शेयर क्षेत्र सकारात्मक रहने छन् । 

मिथुन 
लक्ष्य प्राप्तिमा बाधाहरु उत्पन्न हुने छन् । आम्दानीमा गिरावट आउने छ । साझेदारीमा गरिएका कामहरुका समस्या देखा पर्न जाने छ । धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेकाले संयमित रहनु होला । चुनौतिपूर्ण र धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले अत्यन्त धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

कर्कट
पारीवारिक जीवनमा तनावपूर्ण अवस्था आउने छ । शारीरिक रुपमा कमजोरीहरु देखा पर्दा मनोवलको अभाव हुने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनु होला । होटल, रेष्टुरेण्ट, जलविद्युत, शिक्षा, परामर्श जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

सिंह
समय प्रतिकुल रहेकाले धैर्यता साथ कदम चाल्नु होला । शारीरिक कमजोरी देखिने छ, स्वास्थ्यले साथ दिने छैन् । व्यक्तित्व कमजोर बन्ने छ । दाम्पत्य जीवनमा पनि समस्या देखा पर्ने छ । सेक्युरिटि, सुरक्षा निकाय, खेल, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

कन्या
निर्णय क्षमतामा गिरावट आउने छ । दुविधात्मक व्यक्तित्व हुने छ । भाग्यहिनताका कारण कार्य क्षेत्रमा व्यवधान आउने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । बोलीको प्रभावकारीतामा कमि आउने भएकाले संयमित रहनु होला । होटल, सुरक्षा निकाय, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर जस्ता पेशामा सक्रियहरुलाई लाभ मिल्ने छ । शेयर बजारबाट औसत लाभ मिल्ने छ ।

तुला
पेशागत क्षेत्र अनुकुल रहने छ । नोकरी, सेवा, श्रम क्षेत्र, मजदुरी, छालाको व्यापार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छ । बोलीमा रुखोपना र कडापना देखा पर्ने भएकाले यस विषयमा ध्यान दिनु होला । अनावश्यक झैझगडाको अवस्था आउँदा मुड खराव हुने छ । शेयर क्षेत्र थोरै सकारात्मक फाइदा मिल्ने छ । 

वृश्चिक
बोलीको प्रभावकारीपनामा बृद्धि हुने छ । पेशागत जीवन स्थिर रहने छ । पारीवारिक जीवनमा भने केही द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । ठेक्कापट्टा, निर्माणका काम, श्रम क्षेत्र, भाडाका सवारीसाधन, उद्योग कलकारखाना, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

धनु 
पेशागत क्षेत्रमा स्थिरता देखा पर्ने छ । तर मनमा अनावश्यक दबाब देखिँदा तनाव र निराशाले भने सताउन छोड्ने छैन् । दुध, पेय पदार्थ, मदिरा, पानी, कोल्ड ड्रिङ्स, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरु पनि सकारात्मक रहने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने । 

मकर 
कार्यालयमा आफूभन्दा माथिल्ला पदका पदाधिकारीहरुसँग बुझाइको अन्तर हुने र बिबाद चर्किने छ । कार्यमुल्यांकनको अभाव रहने छ । पेशागत जीवनमा अस्थिरताका क्रम देखा पर्ने छ । बौद्धिक क्षेत्र र पेशागत जीवनको बास्तविक धरातल बीच सन्तुलन नहुँदा मनमा निराशाले गाँज्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । 

कुम्भ 
भाग्यहिनताका कारण गर्न खोजेका कामहरुमा सफलताको दर कम हुने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले धैर्य र संयमित रहनु होला । चिनी, सख्खस, धार्मिक वस्तुको कारोवार, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छैन् । दुविधात्मक व्यक्तित्व देखा पर्ने हुँदा अरुले अनयोलग्रस्त भएको अनुभुति गर्ने छन् । शेयर क्षेत्र औसत रहने छ । 

मीन
नरमपना देखा पर्ने भए पनि कमजोर मनोबल भएको व्यक्तित्व हुने छ । निर्णय क्षमतामा कमि आउने छ । शारीरिक समस्याहरु देखा पर्ने छ । उच्चरक्तचाप, छाति, रगत जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा हल्का बृद्धि हुने हुँदा केही राहत मिल्ने छ । शिक्षण, प्रध्यापक, शिक्षा क्षेत्र, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement