कर्पाेरेट राशिफलः आज (असार १४) तपाईंको आर्थिक–व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको १४ गते बिहीबार, आषाढ शुक्लपक्षको एकादशी तिथि । आज हरिशयनी एकादशी, आज घरघरमा तुलसी रोप्ने गरिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ ।

मेष
मनमा दृढता आउने छ । धर्म–अध्यात्मप्रति भक्तिभाव बढ्ने छ । नरम खाले ब्यक्तित्व बन्ने भएकाले अरुले सितलता महशुस गर्ने छन् । पेशागत जीवनमा भने कठिनाईको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा केही कडापनको वातावरण आउने छ । भाग्यहिनताले गर्दा कार्य सफलतामा ढिलाई हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

Advertisement

वृष 
भविष्यको चिन्ताले आवश्यकता भन्दा बढि मनमा भारीपना ल्याउने छ । भाग्यको साथ रहेकाले कठिनाईसँग जुध्न भने तागत मिल्ने छ । एक प्रकारको निराशाले च्याप्ने छ । शारीरिक कमजोरी देखा पर्ने छ । मनोबलको कमि हुन जाने भएकाले दृढताको अभाव हुने छ । पेशागत जीवन मध्यम अवस्थाबाट अघि बढ्ने छ । शेयर बजारमा धेरै उत्साही हुने समय रहेको छैन् ।

मिथुन 
भगवत भक्तिले मनमा शान्तिको आभाष आउने छ । परिवारमा मिलन हुने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा भने केही गिरावट देखा पर्ने छ । दृढ खाले ब्यक्ति हँदा हुँदै पनि रिस धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहनु पर्ने छ । शेयर बजार औसत रहने छ । 

कर्कट
स्वास्थ्यमा समस्या आउने छ । दाम्पत्य जीवनमा कटुता आउने र बादबिबाद चर्किने छ । मनमा खिन्नताको मात्रा बढ्ने छ, यसले गर्दा मनोबल कमजोर हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि भनाभनको अवस्था आउने छ । कार्यालय तथा कार्यक्षेत्रबाट पाउनु पर्ने आर्थिक लाभ पाउन संघर्ष गर्नु पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

सिंह
कर्मप्रति केन्द्रित हुनका लागि तिब्रता आउने छ । कार्यालयका कामहरुमा मन लाग्ने छ । ब्यावसाय क्षेत्रमा पनि सकारात्मकता संकेतहरु देखिन्छ । निर्णय क्षमतामा ह्रास आउने भएकाले ध्यान दिनु उपयुक्त होला । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु आउने छन् । शेयर बजार औसत रहने छ ।

कन्या
जीवनसाथि र परिवारका सदस्यहरुको भरोषाले भाग्योदय हुने छ । पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । नेतत्व क्षमतामा बृद्धि हुने छ । बोलीको प्रभावमा बृद्धि हुने भएकाले अरुको विश्वासमा अघि बढ्न मद्धत मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

तुला 
बिग्रेका सम्बन्धहरुमा सुधार आउने छ । कमाईप्रति मन केन्द्रीत हुने छ । आम्दानीमा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले समय सकारात्मक बन्न पुगेको छ । पेशागत जीवनमा देखिएका अवरोधहरु हट्ने छन् । साझेदारीमा गरिएका कामहरुमा भने टकराव उत्पन्न हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

वृश्चिक
परिवारमा शितलता र शान्ति सृजना हुने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा दृढता दिने छ । बोलीमा मधुरता सृजना हुने छ । तर रिस छिटो–छिटो उठ्ने भएकाले संयमित रहनु पर्ने देखिन्छ । आत्मबलमा भने केही कमि आउने छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

धनु 
अरुको दुःखमा साथ दिन मन लाग्ने छ । मनमा दृढता आउने भएकाले अन्योलताले सताउने छैन् । परिवारमा समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । बोलीमा भने अलि कडापन आउने भएकाले यसबारेमा संयमित रहनु होला । समय अनुकुल चलिरहेकाले शुभता बृद्धि हुने छ । पेशा ब्यवसायमा पनि सकारात्मकता बृद्धि हुने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छैन् ।

मकर 
मनमा अत्याधिक धेरै विचारहरु आउने भएकाले अन्योल व्यक्तित्व बन्ने छ । मनमा दुविधाको क्रमले गर्दा निन्द्रामा पनि असनतुलन आउने छ । आम्दानीमा भने बृद्धि हुने भएकाले केही राहत अवश्य मिल्ने छ । बौद्धिकतामा ह्रास आउने छ । उद्योग ब्यवसायमा श्रम समस्या देखा पर्ने छ । अन्यको हकमा पेशागत जीवन औसत रहने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कुम्भ 
मेहनत र पराक्रमी ढंगले काममा मन लाग्ने भएकाले अरुले हेप्न सक्ने छैनन् । दृढ खालको ब्यक्तित्व बन्ने छ । पेशागत जीवन र ब्यवसायमा सकारात्मक अवस्था रहेको छ । साझेदारीमा गरिएका कामहरुमा भने साझेदारबाट धोका हुने चुनौति देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मीन
दान दिन मन लाग्ने छ । बाठो खालको स्वाभाव हुने छ । अध्ययन अध्यापनमा मन जाने तथा बौद्धिक क्षेत्रमा उन्नति हुने छ । तर पनि दुविधात्मक ब्यक्तित्व हुने भएकाले अरुले अन्योलग्रस्त व्यक्तिका रुपमा चित्रण भने गर्ने छन् । आम्दानीमा केही बृद्धि हुने छ । मेहनत अनुसारको फल प्राप्त हुने छैन् । शेयर क्षेत्रमा धेरै उत्साही हुने अवस्था देखिँदैन् । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement