कर्पाेरेट राशिफलः आज (असार १९) तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको १९ गते मंगलबार, श्रावण कृष्णपक्षको प्रतिपदा तिथि । 

मेष
दृढतामा सुधार आउँदा स्पष्ट प्रकृतिको व्यक्तित्व हुने छ । मनमा लागेको कुरा भनिहाल्ने स्वाभाव हुने छ । तर रिस भने नियन्त्रण गर्न भने ध्यान दिनुहोला । पेशागत जीवन औसत बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । धन सम्पत्तिको अभिबृद्धि हुने छ । दान दिन मन लाग्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

Advertisement

वृष
व्यक्तित्व कमजोर खालको हुने छ । खासगरी अरुलाई हेप्ने खालको स्वाभाव हुने छ । आम्दानीमा भने केही बृद्धि नै हुने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने छ । व्यापारमा आवद्धहरुको हकमा धेरै उत्साही भईहाल्ने समय रहेको छैन् । अध्ययन अध्यापनमा अवरोधहरु आउने छन् । धार्मिक गतिबिधिमा संलग्न हुने अवस्था आउने छ । शेयर बजारबाट केही फाइदा प्राप्त हुने छ ।

मिथुन 
समय धैर्य भएर पाइला चाल्नु पर्ने खालको छ । मनमा निराशाका विचार बढि मात्रामा आउने छन् । भाग्यको साथ नरहेकाले राम्रो गर्दा गर्दै पनि अपजसको अवस्था खेप्नु पर्ने हुन सक्छ । पेशागत जीवनमा उतार चढावको अवस्था आउने छ । धार्मिक क्षेत्रको भ्रमणले मनमा शान्ति ल्याउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

कर्कट
दृढ व्यक्तित्व बन्ने छ । पारीवारिक जीवनमा द्वन्द र कटुता उत्पन्न हुन जाने छ । पेशागत जीवनमा औसत समय रहेको छ । भाग्यहिनताको महशुुस हुने हुँदा कामहरु ढिला गरि मात्र अघि बढ्ने छन् । भौतिकवादी चिन्तनले मनमा तिब्रता पाउने छ । शेयर क्षेत्र सतर्कता रहनु पर्ने अवस्थामा रहेको छ । 

सिंह
पेशागत जीवन सकारात्मक रहने छ । रोजगारी तथा व्यापार दुबै क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक बन्ने देखिन्छ । बोलीको प्रभाव बढ्ने छ । घर जग्गाको कारोवारमा सहभागिहरुलाई भने समय चुनौतिपूर्ण रहेको छ । मानसिक शान्ति प्राप्त हुने छ । शेयर क्षेत्र भने अनुकुल रहने छैन् । 

कन्या
कमजोर मनोबल भएको व्यक्तित्व हुन जाने छ । यसले गर्दा दुविधात्मक स्वाभावमा अत्याधिक बृद्धि हुने छ । मनमा उदासिनता आउने हुँदा खिन्नताको आभाष हुन जाने छ । पेशागत जीवन मध्यम खालको हुने छ भने साझेदारीमा गरिएका काममा केही फाइदा मिल्ने छ । भगवानप्रतिको विश्वासमा शंका उत्पन्न हुने छ  । शेयर क्षेत्र फाइदादायक हुने छ । 

तुला
आम्दानीमा गिरावट आउने छ । पेशागत जीवनमा मध्यम खालको रहँदारहँदै पनि प्रतिष्पर्धीसँग बढि नै जुध्दै अघि बढ्नु पर्ने हुने छ । अध्ययन अध्यापनमा मन लाग्ने छ । मनमा दुविधाले सताउने छ । झैझगडाबाट बच्ने प्रयास गर्नु होला । शेयर बजारबाट भने लाभ मिल्ने छ । 

वृश्चिक
पेशागत जीवनमा आँकलन नै नगरिएको द्वन्दात्मक वातावरणको सामना गर्नुपर्ने छ । कार्यालय तथा व्यापारमा आउने द्वन्दमा आफुले गुमाउनु पर्ने चुनौति रहेकाले पहिले नै सतर्क रही पाइला चालेमा ठीक हुने छ । समयमा बुद्धि आउने छैन्, जसले गर्दा आवश्यक ठाउँमा आवश्यक कदम लिन अन्योल हुने छ । अरुलाई प्याच्च भन्ने कडापना देखिने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

धनु 
पाइरहेका सुख सुविधाका साधनहरु गुमाउनु पर्ने छ । घर घडेरी तथा होटल रेष्टुरेण्ट क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण छ । आम्दानी गर्नु पर्दछ भन्ने स्वाभावमा भने तिब्रता देखा पर्ने छ । राजनीतिक क्षेत्रमा रहकोहरुलाई केही लाभ मिल्ने छ । धर्म बिरोधी विचार मनमा आउने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

मकर 
बौद्धिक व्यक्तित्व बन्ने हुँदा सबैबाट मान सम्मान र आदर प्राप्त हुने छ । व्यक्तित्वमा निखारता आउने छ । पेशागत जीवनमा उपलब्धिहरु प्राप्त हुने छन् । गरेका कामको उच्च कदर हुने हुँदा उत्साह आउने छ । तर अनावश्यक स्थानमा झैझगडाको वातावरणबाट गुज्रनु पर्ने देखिएकाले सतर्क रहनु ठीक हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कुम्भ 
शारीरिक कमजोरीले सताउने छ । मनोबलको पनि कमि हुन जाँदा दृढताको अभाव हुने हुँदा कमजोर खालको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका काममा केही सफलता हात पर्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा कार्य सफलता प्राप्त हुने छ । धार्मिक अनुष्ठानमा सहभागि हुन पाइने छ । शेयर बजार औसत खालको रहने छ । 

मीन
भाग्यको साथ रहेको छ । धर्म–अध्यात्मप्रति तिब्रता आउने छ । तर बोलीमा कडापना देखा पर्न जाँदा पारीवारिक जीवनमा मन मुटावको अवस्था उत्पन्न हुन जाने छ । पेशागत जीवन सकारात्मक रहने छ । निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement