कर्पाेरेट राशिफलः आज (असार २१) तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको २१ गते बिहीबार, श्रावण कृष्णपक्षको तृतीया तिथि ।

मेष 
ब्यक्तित्वको प्रभाव घट्ने छ । तर परिवारको साथका कारण धन सम्पत्तिमा भने बृद्धि हुने छ । सेना, प्रहरी, घर, घडेरी, खेल, ठेक्का पट्टा जस्ता जस्ता पेशागत क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरु सफलता तर्फ जाने छन् । सेवा क्षेत्र अर्थात जागिरेहरुको हकमा मान सम्मान प्राप्त हुने र कामको कदर हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

Advertisement

वृष 
आम्दानी भन्दा खर्चमा बृद्धि हुने छ । आम्दानी र खर्चको विषयलाई लिएर मनमा उदासिनता देखा पर्न जाने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिमा नोक्सानी ब्योहर्नु पर्ने देखिएकाले निकै सतर्कता साथ पाइला चाल्दा उत्तम हुने छ । बोलीको प्रभाव कम हुने भएकाले बोलीमा संयमता अपनाउँदा वाञ्छनीय हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मिथुन 
कार्यालय, पेशा, ब्यवसायमा श्रम सम्बन्धी समस्या निम्तिने छ, यि विषय सुल्झाउन उर्जा खर्च गर्नु पर्ने देखिन्छ । दुविधा बढ्ने भएकाले व्यक्तित्वमा ह्रास आउने छ । रिस धेरै कडा हुने भएकाले संयमित भएर अघि बढ्न नभुल्नु होला । छोटोछोटो यात्रा गर्नु पर्ने हुने छ । शेयर बजार क्षेत्र निराशाजनक देखिन्छ । शेयर बजार औसत रहने छ ।

कर्कट
धन, सम्पत्तिमा बृद्धि हुने छ  । पारीवारका सदस्यहरुको सक्रियताबाट आम्दानी बृद्धि हुने छ । भाग्यको साथका कारण भित्रि बुद्धि सक्रिय हुन पुग्ने भएकाले लाभ मिल्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले जुधेर गर्नु पर्ने ब्यापार ब्यवसायमा लागेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजारमा विचार गरेर मात्र अघि बढ्नु होला । शेयर बजारबाट फाइदा मिल्ने छ ।

सिंह
सितल व्यक्तित्व हुने भएकाले संयमत ब्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा बाधा ब्यवधान आउने भएकाले सतर्कताको आवश्यकता पर्दछ । साझेदारीमा कमि आउने छ । घर घडेरी, जलस्रोत जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ । शेयर बजार अनुकुल देखिन्छ । 

कन्या
धर्म अध्यात्मका क्षेत्रमा मन लाग्ने छ । धार्मिक क्षेत्रसँग सम्बन्धी वस्तुहरुको कारोवार गर्नेहरुलाई पनि आम्दानी बढ्न पुग्ने छ । ठेक्का पट्टा, घर घडेरी, जस्ता क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । प्राज्ञिक क्षेत्रका लगाीकर्ताहरुलाई पनि शुभ समय छ । शेयर बजारबाट अपेक्षा गरिएका लाभ मिल्ने छ्रैन् । 

तुला 
साझेदारीमा गरिएका ब्यवसायमा पनि कटुता छाउने छ, बादबिबाद तथा किचलो देखा पर्ने छ । पारीवारिक जीवनमा खासगरी धन सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा परीवारका सदस्यबीच मन मुटाब बढ्ला । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । पानी, चिसो पदार्थ, तरल पदार्थ, मदिरा, आयात निर्यात जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । 

वृश्चिक
मनमा निराशा छाउछ । साझेदारीका ब्यवसायमा विवाद बढ्ने देखिन्छ । शारीरिक थकान बढेर जाने भएकाले मनमा उत्साह कम हुने भएकाले कार्य क्षमतामा कमि हुँदै जाने छ । भाग्यको साथका कारण पेशागत जीवन र ब्यापार ब्यवसायमा भने केही सफलता प्राप्त हुने छ । लेनदेनको विषयलाई लिएर प्रशासन, अदालत तथा यस्ता सरकारी निकायहरुमा धाउनु पर्ने हुन सक्छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

धनु 
बोलीको प्रभाव बढ्न पुग्ने भएकाले त्यसले फाइदा दिने छ । पेशागत जीवनमा कदर हुने छ, मान सम्मान प्राप्त हुने छ । ब्यापार ब्यवसाय अनुकुल देखिन्छ । रोकिएका कामहरु अघि बढ्ने छ । प्रशानिक तथा ब्यवस्थापकीय जिम्मेबारी प्राप्त हुने छ । शेयर बजारमा केही संयमता अपनाएमा फाईदा मिल्ने छ । 

मकर 
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । दृढ व्यक्तित्व हुने छ तर रिस र घमण्डिपनामा बृद्धि हुने भएकाले सतर्क रहनु होला । पेशागत जीवन र ब्यापार विजनेशमा केही नसोचिएका समस्या देखा पर्ने छन् । जसलाई सुल्झाउन पनि चलाखि प्राप्त हुने छ । शेयर बजार सीमित अनुकुल देखिन्छ । 

कुम्भ 
ब्यापार विजनेशको क्षेत्रमा संलग्नहरुको हकमा आम्दानी बढ्ने छ । साझेदारीमा गरिएका कामले सफलता पाउने छन् । जीवनसाथिको साथले गरिएका कार्यले परिणाम दिने छन् । भाग्यको बृद्धि हुने छ । अध्याधिक रिस उठ्ने भएकाले त्यस तर्फ विचार पु¥याउनु होला । शेयर बजार एक हदसम्म अनुकुल बन्ला ।

मीन
प्रशासनिक क्षेत्रमा आफू भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । चुनौतिपूर्ण काम गर्न मन लाग्ने र यसबाट फाइदा पनि मिल्ने छ । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ भने थप जिम्मेबारी प्राप्त हुने छ । चातु¥याईमा बृद्धि हुने छ । चुनौति सामना गर्ने क्षमतामा बृद्धि हुने छ । शेयर बजार एक हदसम्म अनुकुल देखिन्छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement