कर्पाेरेट राशिफलः आज (असार २४) तपाईंको आथिक–व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको २४ गते आइतबार, श्रावण कृष्णपक्षको सप्तमी तिथि । आज रवि सप्तमी ।

मेष 
बौद्धिकतामा प्रगति हुने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । चतुरतामा बृद्धि हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता आउने छ । यसले पेशागत जीवनमा पनि असर पर्ने देखिएकाले अरुको कुरा भन्दा पनि आफ्नो भित्रि मनमा लागेका कुराहरु गर्ने तर्फ जाँदा पेशागत जीवनमा फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

Advertisement

वृष
भाग्यहिनताले गर्दा मेहनत अनुसार प्रतिफल मिल्ने छैन् । मनमा खिन्नता र उदासिनताको मात्रा बढ्न पुग्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने नसोचेका समस्याहरु देखा पर्ने भएकाले सतर्कतासहित कदम चाल्नु होला । दाम्पत्य जीवनमा मधुरता आउने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा जोखिमबाट बच्न सकिने छ । शेयर क्षेत्र औसत प्रकृतिको रहने छ ।

मिथुन 
शैक्षिक क्षेत्र र दक्षता बढाउन धन खर्च गर्न आँट आउने छ । बोलीमा प्रभावकारीता बृद्धि हुने छ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित भावमा तिब्रता आउने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । बाठो प्रकृतिको व्यक्तित्व हुने छ । भाग्यको साथ नभएका कारण धैर्य हुँदै अघि बढ्दा ठिक हुने छ । शेयर क्षेत्र औसत अवस्थामा रहने छ ।

कर्कट
सुख सुविधाका साधन प्रयोग गर्न मन लाग्ने छ तर दुविधात्मक शैलीले गर्दा निर्णय गर्न भने कठिन हुने छ । मनोबलमा कमि देखा पर्ने छ । पेशागत जीवनमा उल्झनहरु देखा पर्न जाने हुँदा संयमित रहनु होला । परिवारको आड भरोसाले गर्दा अप्ठ्यारो परिस्थितिमा संहालिन मद्धत पुग्ने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

सिंह
विदेशतर्फको यात्राका लागि वातावरण बन्ने छ । तर मनमा उदासिनताको मात्रा भने बढ्न जाने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न प्रयास गर्नु होला । पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि बृद्धि देखिने छ । बोलीको प्रभावमा भने कमि आउने हुँदा त्यसबारेमा ध्यान दिनु होला । शेयर क्षेत्र अनुकुल रहने छ । 

कन्या
परिवारमा नयाँपना दिने सोच आउने छ । आफ्ना सपना, लक्ष्य तथा आम्दानी परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा नरमपना र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

तुला
सबैसँग मिल्ने खालको व्यक्तित्व बन्ने छ । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुन पुग्ने छ । बोलीमा भने अलि कटु प्रकृतिको भाव बृद्धि हुने हुँदा ध्यान दिनु होला । अध्ययन अध्यापनमा भने प्रगति हुने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अवस्था सन्तुलित रहन ठुलो मद्धत प्राप्त हुने छ । शेयर क्षेत्र औसत खालको रहने छ ।

वृश्चिक
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । यात्रारत हुन मन लाग्ने छ । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने वा निर्णय लिनु पर्ने समय रहेको छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जाने छ भने आम्दानीका विषयमा बोली प्रभावकारी बन्न पुग्ने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा दुविधा जस्तो बन्न पुग्ने छ । शेयर क्षेत्र सकारात्मक बन्ने छ ।

धनु 
आर्थिक क्षेत्रमा सन्तोषजनक प्रगति हुने छैन् । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । जीवनसाथिको साथसहित पेशागत क्षेत्रलाई अघि बढाएमा जोखिम कम हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । शेयर क्षेत्र प्रतिकुलताबाट गुज्रने रहने छ । 

मकर 
व्यक्तित्व दृढ खालको हुने छ । कतिपय अवस्थामा आवश्यकता भन्दा बढि कडा खालको व्यक्तित्व बन्ने भएकाले अन्य व्यक्तिहरुले घमण्डि जस्तो अनूभुत समेत गर्ने भएकाले यसको सीमालाई बुझ्ने प्रयास गर्नुहोला । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो भुमिका खेल्ने छ । साझेदारीमा  गरिएका कामहरुमा समस्या देखा पर्ने छन् । शेयर क्षेत्र सकारात्मक रहने छ ।

कुम्भ 
आफ्नो जीवनसाथिप्रति समर्पित भई नयाँ उपहार दिन मन लाग्ने छ । प्रेममय स्वाभाव हुने छ । पेशागत क्षेत्रमा उन्नति, प्रगति हुने छ । पेशाप्रति केन्द्रीत हुने स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र औसत रहने छ । 

मीन
निर्णय क्षमतामा अस्वाभाविक कमि आउने छ । मनमा दुविधाका क्रमहरु एकपछि अर्काे गरि आउने छन् ।पेशागत जीवनमा सफलता मिल्ने छ । पेशागत क्षेत्रबाट लाभ प्राप्त हुने छ । बोलीको प्रभावमा बृद्धि हुन जाने छ । रिस भने अत्यन्त कडा प्रकृतिको हुने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र सकारात्मक बन्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement