कर्पाेरेट राशिफलः आज (असार २६) तपाईंको आर्थिक–व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको २६ गते मंगलबार, श्रावण कृष्णपक्षको नवमी तिथि । आज विश्व जनसंख्या दिवस रहेको छ । 

मेष
रोकिएका कामहरु बन्ने छन् । पेशागत जीवनमा नयाँ नयाँ अवसरको ढोकाहरु खुल्ने छन् । मनमा आँट बढ्ने छ । अरुको विश्वास सजिलै जित्न सकिने देखिन्छ । बोली प्रभावकारिताका कारण धेरैको विश्वास पाउन सफलता मिल्ने छ । दाम्पत्य जीवनमा भने कटुताको वातावरण रहने हुँदा संयमित रहनु होला । आर्थिक अवस्था मध्यम खालको रहने छ । शेयर बजारमा केही सुधार देखिने छ ।

Advertisement

वृष 
आर्थिक अवस्थामा द्रुतगत सुधार देखिने छ । आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा आँट आउने छ । भाग्य बलियो रहेकाले आँटेका कामहरु सकारात्मक दिशामा अघि बढ्ने छन् । राम्रो हुँदाहुँदै पनि भविष्यप्रतिको चिन्ताले अलि बढि नै सताउन जाने छ । पेशागत जीवनमा श्रम समस्यासँग जुध्दै अघि बढ्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्दात्मक वातावरण देखा पर्ने छ । शेयर बजारबाट खासै लाभ मिल्ने छैन् । 

मिथुन 
मित्रहरुका बीचमा द्वन्द र क्लेशको अवस्था आउने छ । धेरै बादबिबाद भन्दा मधुरतामा अघि बढ्ने प्रयास गर्नु बुद्धिमानी हुने छ । बोलीको प्रभावमा कमि आउँदा राम्रै भन्न खोजे पनि त्यसको नतिजा बिपरित आउने छ । आम्दानीमा बृद्धि हुने छ । परिवारमा घुलशिल वातावरण हुँदा शान्तिपूर्ण वातावरण कायम हुने छ । सपना भने नराम्रो देखिने छ । शेयर क्षेत्र अनुकुल बन्ने छ ।

कर्कट
धन लाभ हुने छ । जग्गा जमिनको कारोवारबाट लाभ मिल्ने छ । पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक कदमहरु अघि बढ्ने छ । साझेदारीमा भए गरेका कामहरुमा भने बिबादको क्रम आउने छ । व्यक्तित्वमा दृढता आउँदा बलियो खालको स्वाभाव बन्ने छ । मेहनत र पराक्रमी स्वाभाव कायम हुने छ । शेयर क्षेत्रमा अपेक्षाकृत फाइदा मिल्ने छ । 

सिंह
ब्यावसायिक जीवनमा सकारात्मक परिणामहरु देखिने छ । आर्थिक क्षेत्र समुन्नत बन्ने छ । आफ्नो काम प्रति गौरव हुने छ भने आत्मसन्तुष्टि पनि प्राप्त हुने छ । आफ्नो काम प्रति लागि पर्ने बानीका कारण सफलता प्राप्त हुने छ । मनमा भने खिन्नताको क्रम कायम रहँदा उत्साहमा भने केही कमि देखिने छ । निर्णय क्षमतामा अन्योलता हुने हुँदा धैर्य भएर निर्णय लिनुपर्ने देखिन्छ । शेयर बजारबाट नोक्सानी व्योहर्नु पर्ने छ ।

कन्या
भविष्यप्रतिको चिन्ताले सताउने हुँदा मनमा उत्साह र उमङ्गको कमि देखिने छ । निन्द्रामा समस्या देखिने छ । मनमा नकारात्मक विचारहरु धेरै हुने हुँदा कार्यक्षमतामा पनि गिरावट देखा पर्ने छ । संहालिएर पाइला चाल्नु होला । भाग्यको एकहदसम्मको साथ रहेकाले आशावादी भावमा काम गर्दा फल धेरै नकारात्मक बन्ने छैन् । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

तुला 
साथिभाइहरुसँग रमाईलोको अवसर प्राप्त हुने छ । पार्टीहरुमा सहभागि हुने र बिबिध खानाका स्वादहरु लिन पाइने छ । पेशागत जीवनमा उन्नति प्रगति हासिल हुने छ । नेतृत्व क्षमतामा आउने कमिले गर्दा आफूभन्दा तलका व्यक्तिहरुले हेप्ने छन् । आत्मिय मित्रहरुसँग बादबिबाद देखिने चुनौति देखिएकाले संयमित रहनु नै उत्तम हुने छ । यात्रामा अपेक्षाकृत रमाईलो हुन सक्ने छैन् । शेयर बजार लाभदायी रहने छ ।

वृश्चिक
आकस्मिक लाभले मन प्रफुल्ल हुने छ । यात्राको अवसर प्राप्त हुने छ । समय सकारात्मक रहेकाले उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने देखिन्छ । पेशा ब्यवसायमा पनि सकारात्मक परिणामहरु प्राप्त हुने छ । मनमा दृढता आउने भएकाले अन्योलता हट्ने छ । परिवारमा पनि उत्साहको वातावरण रहने छ भने मिलन हुने छ । शेयर बजारबाट फाइदा हात लाग्ने छ । 

धनु 
सामाजिक सोचको स्वाभाव हुने छ । दाम्पत्य जीवनमा द्वन्दात्मक अवस्थाबाट गुज्रनु पर्ने छ । भाग्यको साथ कम रहेकाले मेहनत धेरै गरेपछि मात्र थोरै नतिजा हात पर्न सक्ने छ । तर मनमा हुने दृढताले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने भावना बलियो भई रहने छ । पेशागत जीवनमा संयमित भई पाइला चाल्नु होला । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।

मकर 
व्यक्तित्वमा अदम्य साहस देखा पर्ने छ । दाम्पत्य जीवनमा समभावको वातावरण बन्ने छ । परिवारका सदस्यहरुबीच सहयोगी स्वाभाव हुने हुँदा परिवारमा एकता देखा पर्ने छ । मनमा शान्तिको अनुभुति हुने भएकाले नयाँ नयाँ काम गर्न सृजनात्मक सोचाईहरु आउने छन् । राजनीतिक क्षेत्रमा लागेकाहरुका लागि दबाबको वातावरण बढ्न जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । शेयर क्षेत्रमा लाभ मिल्ने छ । 

कुम्भ 
धेरै मेहनत गर्दा पनि फल भने थोरै मिल्दा मनमा निराशाको भाव आउने छ । आर्थिक चक्रमा  उतारचढाव देखिँदा सन्तुलन मिलाउन कठिन हुने छ । अस्पतालको खर्च बढ्ने र अस्पताल धाउनु पर्ने छ । झैझगडा र मुद्धा मामिलाजन्य विषयमा सतर्क रहनु होला । घर घडेरी जस्ता माटोजन्य विषयमा तनाव भोग्नु पर्ने छ । विदेश यात्रामा समस्या आउने छ । शेयर बजार औसत रहने छ । 

मीन
शारीरिक स्वास्थ्यमा समस्या आउने छ । औषधीजन्य र अस्पतालजन्य विषयमा खर्च बढ्ने छ । मनमा खिन्नताले सताउने छ भने मनोबल कमजोर बन्ने छ । दाम्पत्य जीवनमा भनाभन र बिबादको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुबीच झैझगडाको वातावरण उत्पन्न हुने छ । सामाजिक छविमा गिरावट आउने छ । धन सम्पत्तिको बेचबिखन गर्नु पर्ने अवस्था आउने छ । शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement