कर्पाेरेट राशिफलः आज (असार २९) तपाईंको आर्थिक–व्यवसायिक पक्ष कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको २९ गते शुक्रबार, श्रावण कृष्णपक्षको द्वादशी तिथि । आज आदिकवि भानुभक्त आचार्य जयन्ती रहेको छ ।

मेष 
जोशले भरिएको उत्साही व्यक्तित्व बन्ने छ । पेशाप्रति समर्पित हुने उर्जामा निकै बृद्धि हुने छ भने पेशागत जीवन सकारात्मक रहने छ । आम्दानीमा पनि बृद्धि हुने छ । आफ्नो जीवनसाथिको खुशीका लागि समर्पित रहेर कार्य व्यवहारहरु गर्न मन लाग्ने छ । प्रेममा सफलता मिल्ने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला । 

Advertisement

वृष
नयाँ उत्साहको वातावरण आउने छ । पेशागत जीवनमा सफलता मिल्ने छ भने आर्थिक लाभ प्राप्त हुने छ । तर मनमा दुविधाका क्रमहरु भने विद्यमान रहीरहने छन् । जसले गर्दा निर्णय क्षमतामा असर पार्ने छ । बोलीको प्रभावमा बृद्धि हुने हुँदा अरुको विश्वास सजिलै जित्न सकिने छ । 

मिथुन 
मनमा निराशाको भावले गर्दा उत्साह र उमङ्गको कमि हुने छ । भाग्यको साथ नभएका कारण पेशागत क्षेत्रमा धैर्य हुनु पर्ने देखिन्छ । आफ्नो क्षमता अभिबृद्धिमा आर्थिक लगानी गर्न मन लाग्ने छ । बोलीको प्रभावकारीपना कायम हुँदा अरुको विश्वास बचाई राख्न सकिने छ । व्यवस्थापकीय क्षमतामा हल्का बृद्धि हुने छ । 

कर्कट
रङ्ग रमाईलोमा रम्ने व्यक्तित्व हुने हुँदा खर्च बढ्न जाने छ । जसले गर्दा पेशागत जीवनमा समस्याहरु देखा पर्न जाने छ । सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोग गर्न मन लाग्ने छ । साथिभाईहरुसँगको संगतमा खर्च धेरै हुने छ । मनोबलमा केही कमि देखा पर्ने छ । परिवारको साथ मिल्ने छ । 

सिंह
दाम्पत्य जीवनमा द्वन्दात्मक अवस्था आउने छ । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने वा निर्णय लिनु पर्ने समय रहेको छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जाने छ भने त्यसका लागि बोलीले भुमिका खेल्ने छ । यात्रारत हुने अवस्था छ । मनोबलमा गिरावट आउँदा कार्य सम्पन्नतामा समस्या ल्याउने छ । 

कन्या
शान्त र सौम्य खालको व्यक्तित्व हुने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । आफ्ना सपना तथा आम्दानी परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा लचकता र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ ।

तुला
यात्रामा जाने अवसर प्राप्त हुने छ । आम्दानीमा केही बृद्धि हुन पुगे पनि पेशागत जीवनमा अस्थिरता आउने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अवस्था सन्तुलित रहन ठुलो मद्धत प्राप्त हुने छ । अस्पतालजन्य खर्च बढ्ने जाने छ । बोलीमा भने कटु प्रकृतिको मात्रा बढ्ने भएकाले विचार पु¥याउनु होला । 

वृश्चिक
सवारीसाधन परिवर्तन गर्ने तर्फ सफलता मिल्ने छ । पेशागत जीवनमा स्थिरता आउने छ । कमाईमा बृद्धि हुने त भने खर्च पनि बढ्ने छ । विदेश यात्रा गर्ने अवसर प्राप्त हुने छ । मनमा भने अलि निराशाका क्रम रहीरहने छ । बोलीमा रुखोपना आउने हुँदा विचार पुर्याउनु होला । 

धनु 
मनमा निराशाको क्रम ह्वात्तै बढ्ने छ । अल्छि लागेको जस्तो र झुम्म भएको जस्तो हुने छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमता अपनाउनु होल । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । आम्दानी तथा आफ्ना लक्ष्यहरुका विषयमा सन्तोषजनक प्रगति हुने छैन् ।

मकर 
विश्वास गरिएका मित्रहरुको साथ मिल्ने छैन् । आफैले विश्वास गरेकाहरुबाट धोका हुने हुँदा सतर्क रहनु नै उपयुक्त होला । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा महत्वपूर्ण भुमिका रहने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द आउने छ । व्यक्तित्व दृढ खालकै रहने हुँदा चुनौतिसँग जुध्न तागत प्राप्त हुने छ ।

कुम्भ 
महत्वपूर्ण निर्णयहरु अघि बढ्ने छ । सकारात्मक प्रतिफल प्राप्त हुने छ । परिवारमा एक आपसमा विश्वास उत्पन्न हुने छ । प्राप्त भएको ज्ञान र व्यावहकारिक अवस्थाप्रति खाडल ठुलो हुने हुँदा अलि निराशाको भाव पनि विद्यमान रहने छ । आर्थिक फाइदा मिल्ने छ भने बोली प्रभावकारी हुने छ । 

मीन
प्रतिपष्र्धीहरुले पेल्ने समय सक्रिय छ । तर मनोबल उच्च रहँदा साह्रै नोक्सानी भने हुने छैन् । पेशागत जीवनमा शान्त भएर निर्णयहरु लिने प्रयास गर्नु होला । भाग्यको साथ नरहेकाले धेरै जोखिमका कार्यहरुका बारे निर्णय लिँदा सोच विचार गरेर मात्र लिनु उपयुक्त हुने छ । आम्दानी औसत खालको हुने छ । यात्रामा कठिनाईहरु आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement