कर्पाेरेट राशिफलः आज (साउन १) पेशा, व्यवसाय, शेयर कारोबार तपाईंलाई लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको १ गते सोमबार, श्रावण कृष्णपक्षको अमावश्य तिथि । आज श्रावण संक्रान्ति । आजबाट दक्षिणायण आरम्भ । साथै आज सोमबारे औँशी । आज थारु समुदायको गुरिया पर्व रहेको छ ।

मेष 
पेशागत जीवनमा सन्तोष मिल्ने छ । पेशागत तथा ब्यवसायिक जीवनबाट लाभ मिल्न जाँदा भाग्यको समेत अभिबृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तिक्ता देखा पर्ने छ । आत्माबलले भरिएको स्वाभिमानी ब्यक्तित्व हुन जाने भएकाले कसैसँग नझुक्ने खालको स्वाभाव बन्न जाने छ । रिस भने बढि हुने भएकाले संयमित रहनु होला । उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैसीपालनमा संलग्नहरुलाई फाईदा मिल्ने छ । शेयर बजार औसत खालको रहने छ । 

Advertisement

वृष 
पेशागत जीवनमा स–साना समस्याहरु देखा पर्ने र त्यसले मनमा तनाव उत्पन्न गर्ने छ । बोली प्रभाव बढ्ने छ । मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । अध्ययन अध्यापन, शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालयमा सक्रियहरुलाई फाईदा मिल्ने छ । परिवारमा नयाँपनको वातावरण छाउने छ । यात्रामा रमाईलो हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मिथुन 
भाग्यको साथ कम भएकाले कर्मको फल प्राप्त हुन ढिलाई हुने भएकाले धैर्य रहनु होला । धेरै जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुलाई भने केही फाईदा प्राप्त हुने छ । आफ्नो लक्ष्य वा सपना पुरा गर्न सक्रिय हुने स्वाभावमा बृद्धि हने छ । मेहनत र पराक्रमीपना देखा पर्ने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा फाईदा मिल्ने छ । ब्यवसायिक जीवनमा धेरै जोखिपूर्ण निर्णय लिने समय देखिँदैन् । शेयर बजार धेरै नकारात्मक नभए पनि बढि उत्साही हुने बेला छैन् । 

कर्कट
पेशागत जीवनमा अबरोधहरु धेरै आउने छ । एकपछि अर्काेगरि आउने उल्झनहरुसँग जुध्न धेरै उर्जा खर्च हुने छ । साझेदारीमा गरिएका काममा पनि गम्भीरखाले समस्याहरु देखा पर्न थाल्ने छ । दाम्पत्य जीवनमा पनि सानासाना विषयले ठुलो रुप लिने छ । अध्ययन अध्यापनमा रुचि कम हुने छ । भाग्यको साथ कम रहेकाले समय प्रतिकुल बन्न जाँदा कार्य सम्पादन निकै ढिलो गरि हुने छ । स्टेशनरी, शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस जगत आदीमा संलग्नहरुलाई समय रहनु पर्ने देखिन्छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

सिंह
मनमा दुविधाले डेरा जमाउने भएकाले निर्णय क्षमतामा निकै देखिने छ । मनमा उदासिनता पनि बढ्ने र सानो विषयमा पनि धेरै तनाव हुने छ । तर भाग्यको साथ रहेकाले उच्च मनोबलका कारण उक्त परिस्थितिसँग जुध्न तागत मिल्ने छ । बजारीकरण, ब्यवस्थापन, पत्रकारिता, संचारकर्मी, ब्यापार आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा असफलताका संकेत देखा पर्ने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या
बोलीमा कडा हुने हुँदा परिवारमा झगडा देखापर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा तिब्रता आउने छ । यसले गर्दा असजिलो परिस्थितिमा पनि नआत्तिई अघि बढ्न खोज्ने बानीमा बढोत्तरी हुने छ । पेशागत जीवनमा बिबाद देखा पर्न जाने भए पनि जितिने छ । ब्यापार विजनेश गर्नेहरुलाई पनि फाइदा मिल्ने छ । सेवा क्षेत्रमा रहनेहरुका लागि औसत समय छ । स्टेशनरी, वाणिज्य, पुस्तक प्रकाशन, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

तुला
जीवनप्रतिको रहको उत्साहमा कमि आउने छ । मनोबलको पनि कमि हुन जाने छ । शारीरिक थकान धेरै देखापर्ने छ । मांसपेशी दुख्ने र रगतसम्बन्धी समस्याले दुःख दिने छ । साथै मनमा निराशाजनक भावले सताउने थाल्ने छ । भाग्यको साथ नरहनाले गर्नै नपर्ने क्षेत्रमा पनि मेहनतन गर्न पुग्दा प्रतिफल प्राप्त हुने छैन् । सजावटका सााग्रीहरुको कारोवार, शौन्दर्य प्रशाधनको ब्यापार, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, व्युटि पार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय अनुकुल छैन् । शेयर बजार औसत रहने छ ।

वृश्चिक
समय संयमित रहनु पर्ने खालको छ । पेशागत जीवनमा केही समस्याहरु उत्पन्न हुने भएकाले तीसँग जुध्नु गर्नुपर्ने हुन्छ । पेशागत जीवनक विषयले मनमा तनाव सृजना गराई दिने छ । आम्दानीमा गिरावट आउने छ । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल कम प्राप्त हुँदा मनमा निराशा आउने छ । धेरै जोखिमपूर्ण अग्रसरता लिने समय छैन् । उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता , राजनीति, बजार ब्यवस्थापन, लेखन, संचार  जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

धनु 
मनोबल उच्च हुने भएकाले कसैले हेप्न सक्ने छैनन् । मनमा उदासिनताको मात्रा धेरै नै बढ्न जाने छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचार एक पछि अर्काे गरि देखा पर्ने छन्, जसले गर्दा निन्द्रामा समस्या देखिन पुग्ने छ । जीवनसाथिको साथ लिएर काम गर्नु भएमा केही राहत मिल्ने छ । राजनीति, ठेक्कापट्टा, प्रशासन, न्याय क्षेत्र, उद्योग कलकारखान, श्रमिक क्षेत्र आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार संयमित रहनु पर्ने खालको रहने छ । 

मकर 
रिस धेरै उठ्ने भएकाले संयम रहने बारेमा ध्यान दिनु होला । परिवारमा झगडा वा कटुता देखा पर्ने छ । मन उदास हुने छ । दाम्पत्य जीवनमा राम्रो गर्न खोज्दा खोज्दै पनि नकारात्मक वातावरण उत्पन्न हुने भएकाले कम बोल्दा उपयुक्त हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नदब्ने स्वाभाव हुने छ । यसले केही राहत पनि दिने छ । स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षि संस्था, ब्यवस्थापन, नेतृत्व, ब्यवस्थापक जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहेकाले धैर्य हुनु होला । शेयर बजारबाट भने फाइदा प्राप्त हुने छ । 

कुम्भ 
आम्दानीमा बृद्धि हुने छ । परिवारका सदस्यहरुले भरपुर साथ दिने छन् । पारीवारिक जिममेवारी लिने स्वाभाव पनि देखिने छ ।  मनमा भने निराशाले च्याप्ने छ । जसले गर्दा उत्साह र उमङ्गको कमि हुन जाने छ । लुलो खाले ब्यक्तित्व बन्न पुग्ने छ । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु देखा पर्ने छन् । जसले गर्दा आफ्नो पेशाप्रति वितृष्णा पैदा गरि दिने भएकाले पेशागत विषयमा कुनै गम्भीर निर्णय नगर्दा उत्तम हुने छ । शिक्षा क्षेत्र, बौद्धिक पेशा, लेखन, प्रवचन, परामर्श जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहेको छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । 

मीन
आम्दानीमा बढोत्तरी आउने छ । पेशागत जीवनमा स–साना समस्यासँग जुध्नु पर्ने छ । खासगरी भौतिक रुपमा भनाभन र झैझगडा नै हुने खालको समय सक्रिय रहेकाले संयमित भएर पाइला चाल्दा फाइदा मिल्ने छ । साझेदारीका कामहरुमा बादबिबाद देखा पर्ने र मतभेद हुने छ । सजावटका सामान, अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement