कर्पाेरेट राशिफलः आज (साउन ३) तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको ३ गते बुधबार, अधिक श्रावण शुक्लपक्षको द्वितीया तिथि ।

मेष
अवरुद्ध कामहरु अघि बढ्ने छन् । पेशागत जीवनमा नयाँ लहरहरु देखा पर्ने छ । कल्याणकारी सोचमा पनि बृद्धि हुने छ । आम्दानीमा बृद्धि हुने छ । परिवारमा भने किचलो कायम नै रहने छ, अविश्वासको दुरी बढ्ने देखिन्छ । प्राविधिक ज्ञान हासिल गर्ने मौका मिल्ने छ । शेयर बजार अनुकुल रहने छ ।

Advertisement

वृष
ठीक र बेठीक छुट्याउन नसक्दा गलत क्षेत्रमा सहभागि हुने चुनौति छ । घमण्डि खालको स्वाभावका कारण मित्र तथा आफन्तले दिएको सल्लह नमान्दा घाटा व्योहर्नु पर्ने छ । खानेकुराप्रति अरुचि बढ्ने छ । जीवनप्रति उत्साह र उमङ्ग भन्दा नैराश्यताका भावले बढि स्थान पाउने छ । पेशागत क्षेत्रमा अन्योलताबाट गुज्रनु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

मिथुन 
अरुलाई छिट्टै विश्वास गर्नाले दुःख पाइने छ । धनको बृद्धि हुने छ । दृढतामा पनि बृद्धि हुने छ । तर घमण्डि शैलीको व्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनुहोला । पेशागत क्षेत्र पनि शुभ नै रहने छ । समय अनुकुल चलिरहेकाले व्यावसायबाट पनि लाभ मिल्ने छ । परिवारमा भने अशान्तिको अवस्था आउने छ । शेयर बजारबाट फाइदा हुने छ ।

कर्कट
ठुला ठुला खालका काममा अघि बढ्न मन लाग्ने छ । व्यावहारिक भन्दा स्वप्नशिल स्वाभावका कारण कार्यसफलता मिल्न गाह्रो देखिन्छ । आम्दानीमा गिरावट हुने छ । कर्मचारी, मजदुर तथा स्टाफका कारा कार्यालयमा तनावपूर्ण अवस्था आउने छ । नयाँ सवारीसाधन तथा वाहनको सम्भावना बलियो रहेको छ । शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ । 

सिंह
मित्रहरुको साथ मिल्ने छ । तर खर्च भने धेरै बढ्न जाने छ । यात्राका क्रममा संयमता अपनाउनु नै उपयुक्त हुने देखिन्छ । योजना अनुसार आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत जीवनमा नयाँ थालनी गर्न सोच बनाइएका क्षेत्रमा अवरोधहरुको सामना गर्नु पर्ने छ । नयाँ सामानको खरिदले भाग्य अभिबृद्धि गर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कन्या
सामाजिक रुपमा आलोचना गर्नेहरु बढ्ने छन् । राम्रो गर्न खोज्दा खोज्दै पनि त्यसको अपजस आइ लाग्ने छ । संयम भएर पाइला चाल्दा नै ठीक हुने देखिन्छ । परिवारका सदस्यहरुले द्वन्द निम्त्याउने छन् । पेशागत क्षेत्र निरन्तर रहने छ । शेयर बजार औसत रहने छ । 

तुला
आफु कार्यरत कार्यालयका कर्मचारीसँग सम्बन्धि विषयमा तनाव उत्पन्न हुने छ । तर नेतृत्व क्षमताको कदर हुने छ । जोखिमपूर्ण क्षेत्रका समस्या सुल्झाउन अग्रसर हुनु पर्ने छ । आम्दानीमा बृद्धि हुने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । प्रतिष्पर्धीहरु यथास्थानमा रहने छन् । शेयर बजारमा गुमाउनु पर्ने छ । 

वृश्चिक
स्वास्थ्यमा सुधार देखा पर्ने छ । खर्चका क्रम निरन्तर रहने छन् । चिटचिटाहटपना रहने हुँदा शान्त हुन निकै कठिन हुने छ । बाणिमा संयमिता अपनाउनु होला । स–सानो विषयमा पनि झिँझो लाग्ने भएकाले झैझगडाका क्रम देखिन सक्छ । पेशागत जीवनमा अवरोधहरु आउने छन् । शेयर बजारमा अपेक्षाकृत लाभ मिल्ने छैन् । 

धनु 
अस्पतालजन्य खर्चका क्रम बढ्न पुग्ने छ । सवारीसाधनसँग सम्बन्धि लफडा वा समस्यामा परिने छ । पेशागत क्षेत्र अनुकुल नै रहने छ । आम्दानी अनुसार खर्चका मात्राहरु बृद्धि हुन जाने छ । व्यावसायमा रहेकाहरुलाई लाभ मिल्ने छ । सामाजिक छवि राम्रो बन्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

मकर 
आकस्मिक लाभ मिल्ने छ । परिवारमा मिलन हुने र साथ सहयोग हुने छ । मनोबल धेरै दृढ नभए पनि अति कमजोर हुनबाट भने जोगिने छ । पेशागत क्षेत्रबाट कदर हुन थाल्ने छ । आलोचना गर्नेहरुले पनि आलोचनाहरु कम गर्न थाल्ने छन् । दाम्पत्य जीवनम मधुरता छाउने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । 

कुम्भ 
रसिक र हँसिलो स्वाभाव हुने छ । तर केही साथिभाइहरुसँग झैझगडा र तनावको अवस्था निम्तिने छ । पेशागत क्षेत्रमा आफ्नै व्यक्तिगत कमजोरीका कारण समस्याहरु निम्तिने भएकाले सजग रहनु नै उचित होला । बोलीको प्रभाव फितलो बन्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मीन
खर्च धेरै बढ्न जाने छ । परिस्थितिमा केही सुधार आउने छ । मनमा आशाका किरणहरु र दृढतामा विकास हुने छ । खर्च भने बढ्न पुग्ने छ । आम्दानीमा हुने खुम्चाइले आर्थिक दबाब रहने छ । पेशागत क्षेत्रमा राहत मिल्ने छ केही सहज वातावरण तयार हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement