कर्पाेरेट राशिफलः आज (साउन ५) तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको ५ गते शुक्रबार, अधिक श्रावण शुक्लपक्षको चतुर्थी तिथि ।

मेष 
पेशागत जीवनमा गतिरोधका क्रम देखा पर्ने छन् । आर्थिक रुपमा पनि असन्तुलनको अवस्था आउने संकेतले गर्दा तनावको अवस्था उत्पन्न गराउने छ । मनमा भविष्यप्रतिको चिन्ता आवश्यकता भन्दा बढि आउँदा उदासिनता बढ्ने छ । स्वास्थ्य समस्या निम्तिने छ । 

Advertisement

वृष 
प्राकृतिक प्रकोपबाट दुःख भोग्नु पर्ने छ । बिरोधीहरुले बढि नै लखेट्न खोज्ने छन् तर मित्रहरुको साथका कारण भित्रि तागत प्राप्त हुने छ । परिवारका सदस्यहरुबीचकोे समझदारीले कठिनाईहरुसँग जुध्न ठुलो मद्धत मिल्ने छ । आर्थिक सन्तुलन कायम हुने छ । पेशागत औसत रुपमा अघि बढ्ने छ । 

मिथुन 
यात्रामा कठिनाईहरु सामना गर्नु पर्ने छ । पेशागत जीवनमा सफलता आउने छ । गरेका कामको उच्च मुल्यांकन हुँदा मनमा जोश जाँगरको बृद्धि हुने छ । मनोबलमा बृद्धि हुने छ तर सँगै आक्रामक स्वाभाव पनि बन्ने भएकाले यसबारेमा ध्यान दिनु होला । 

कर्कट
खानपानमा बढि नै मन जाने छ । बौद्धिकतामा कमि आउने छ भने तामसि भोजनप्रतिको मोहले अपमानको वातावरण ल्याउने छ । झैझगडा र मनमुटावको अवस्था आउने छ । घर परिवारमा पनि अशान्ति र कलहको वातावरण हुने छ । पेशाप्रति अग्रसर हुन भने जाँगर रहीरहने छ । 

सिंह
भाग्यले साथ दिएकाले आर्थिक लाभ मिल्ने छ । पेशागत जीवनमा सफलता मिल्ने छ, कदर हुने छ । यात्रामा भने कठिाईको सामना गर्नु पर्ने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने छन् । परिवारको साथ मिल्ने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ । 

कन्या
विदेश यात्राको अवसर प्राप्त हुन कठिन हुने छ । आर्थिक सन्तुलन खल्बलिने छ । जीवनसाथिको साथले धेरै मद्धत भने मिल्ने छ । स्वास्थ्यसम्बन्धी विषयमा खर्च बढ्न जाने छ भने आम्दानीमा गिरावटको क्रम रोकिने छैन् । पेशागत जीवन औसत गतिको हुने छ । प्राकृतिक प्रकोपका विषयमा सजग रहनु पर्ने छ ।

तुला 
आफैले मित्र ठानेकाहरुबाट धोका हुने छ । आम्दानी कम र खर्च बढि हुँदा आर्थिक चक्रममा दबाब पर्ने छ । पेशागत जीवनमा बढि आलोचना हुने र अपमान सहनु पर्ने समय सक्रिय छ । पारीवारिक जीवनमा पनि कलह र झैझगडा हुने हुँदा मानसिक दबाब उत्पन्न हुने छ । 

वृश्चिक
गढेर बसेको धन उठ्ने छ । आर्थिक जीवनमा केही सुधार आउने छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक दृष्टिकोण मनमा आउँदा निन्द्रामा समस्या आउने छ । वर्तमानको अवस्था भन्दा भविष्य प्रतिको चिन्ताले मनमा बढि नै सताउने छ । झैझगडाबाट भने बच्ने प्रयास गर्नुहोला । 

धनु 
आम्दानीमा र खर्च दुबैमा बृद्धि हुने छ । बृद्धि भएको आम्दानीको हिस्सा कुनै न कुनै खर्चको अवस्था सृजित भएर खर्च हुन पुग्ने छ । ब्यापार विजनेशमा केही सकारात्मक संकेत उत्पन्न हुने छ । जीवनसाथिको साथले आँट र भरोषा प्राप्त हुने छ । सामाजिक रुपमा सम्मान प्राप्त हुने छ । 

मकर 
अपेक्षा गरेकाहरुबाट सरसहयोग प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुनेतर्फ अघि बढ्ने छ । स्वास्थ्यमा द्रुत सुधार आउने छ । आर्थिक रुपमा प्रगति नभए पनि नोक्सानी पनि हुने छैन् । जीवनसाथिको साथले पेशागत जीवनमा उन्नति हुने छ । बोलीको प्रभाव कायम रहने छ । 

कुम्भ 
प्राकृतिक प्रकोपको असर पर्ने छ । बन्यजन्तु जस्ता हिंस्रक जनावरहरुसँग सजग रहनु होला । साथिभाइहरुसँग झैझगडा भई कटुता उत्पन्न हुने छ । ब्यापार विजनेशमा नोक्सानी व्योहर्नु पर्ने छ । आफ्नो पेशाप्रति हुनु पर्ने सक्रियतामा न्युनता आउँदा अरुको विश्वासमा कमि आउने छ । धैर्यताको खाँचो छ । 

मीन
लामो समयदेखि उठ्न नसकेको रकम उठ्ने छ । आम्दानीमा केही बृद्धि हुने छ । मनोबल उच्च हुँदा प्रतिष्पर्धीहरुलाई सन्तुलनमा राख्ने कला आउने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । यात्रामा भने कठिनाई भोग्नु पर्ने छ । सामाजिक जीवनमा आलोचना गर्नेहरु बढ्ने छन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement