कर्पाेरेट राशिफलः आज (साउन ७) पेशा, व्यवसाय, शेयर कारोबारबाट लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको ७ गते आइतबार, अधिक श्रावण शुक्लपक्षको पञ्चमी तिथि ।

मेष 
आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा स–साना समस्यासँग जुध्नु पर्ने छ । खासगरी भौतिक रुपमा भनाभन र झैझगडा नै हुने खालको समय सक्रिय रहेकाले संयमित भएर पाइला चाल्दा फाइदा मिल्ने छ । साझेदारीका कामहरुमा बादबिबाद देखा पर्ने र मतभेद हुने छ । सजावटका सामान, अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजार अनुकुल बन्ने छ । 

Advertisement

वृष 
मनमा दुविधाले डेरा जमाउने भएकाले निर्णय क्षमतामा निकै कमि ल्याउने छ । मनमा उदासिनता पनि बढ्ने र सानो विषयमा पनि धेरै तनाव हुन पुग्ने छ । भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले धेरै डराई हाल्नु पर्ने अवस्था भने आउने छैन् । बजारीकरण, ब्यवस्थापन, पत्रकारिता, संचारकर्मी, ब्यापार आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा असफलताका संकेत देखा पर्ने छन् । शेयर बजार अनुकुल छ ।

मिथुन 
पेशागत जीवनमा स–साना समस्याहरु देखा पर्ने र त्यसले मनमा तनाव उत्पन्न गर्ने छ । बोली प्रभाव बढ्ने छ । मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । अध्ययन अध्यापन, शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालयमा सक्रियहरुलाई फाईदा मिल्ने छ । शेयर बजार सकारात्मक रहने छ । 

कर्कट
पेशागत जीवन तथा ब्यवसायमा अबरोधहरु धेरै देखिने छ । साझेदारीमा गरिएका काममा पनि गम्भीरखाले समस्याहरु देखा पर्न थाल्ने छ । दाम्पत्य जीवनमा पनि ससाना विषयले उग्र रुप लिने छ । अध्ययन अध्यापनमा रुचि कम हुने छ । भाग्यको साथ कम रहेकाले समय प्रतिकुल बन्न जाँदा कार्य सम्पादन निकै ढिलो गरि हुने छ । स्टेशनरी, शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस जगत आदीमा संलग्नहरुलाई समय धैर्य भएर चल्नु पर्ने खालेको छ । शेयर बजार भने अनुकुल देखिन्छ । 

सिंह
मनोबल उच्च हुने भएकाले कसैले हेप्न सक्ने छैनन् । मनमा उदासिनताको मात्रा धेरै नै बढ्न जाने छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचार एक पछि अर्काे गरि देखा पर्ने छन्, जसले गर्दा निन्द्रामा समस्या देखिन पुग्ने छ । जीवनसाथिको साथ लिएर काम गर्नु भएमा केही राहत मिल्ने छ । राजनीति, ठेक्कापट्टा, प्रशासन, न्याय क्षेत्र, उद्योग कलकारखान, श्रमिक क्षेत्र आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार संयमित रहनु पर्ने खालको देखिन्छ । 

कन्या
पेशागत जीवनमा सन्तोष मिल्ने छ । पेशागत तथा ब्यवसायिक जीवनबाट लाभ मिल्न जाँदा भाग्यको समेत अभिबृद्धि हुने छ । दाम्पत्य जीवनमा भने तिक्ता देखा पर्ने छ । आत्माबलले भरिएको स्वाभिमानी ब्यक्तित्व हुन जाने भएकाले कसैसँग नझुक्ने खालको स्वाभाव बन्न जाने छ । रिस बढ्ने भएकाले संयमित रहनु होला । उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैसीपालनमा संलग्नहरुलाई फाईदा मिल्ने छ । शेयर बजार अनुकुल रहेको छ । 

तुला
मनमा निराशाको भाव देखा पर्न जाने भएकाले उत्साहको कमि हुने छ । सामाजिक जीवनमा राम्रो काम गरे पनि उचित मुल्यांकन हुने छैन् । पेशागत जीवनमा निराशाजनक विचार मनमा आउने भएकाले संहालिँदै अघि बढ्नु पर्ने समय छ । शिक्षा क्षेत्र, बौद्धिक पेशा, लेखन, प्रवचन, परामर्श जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहेको छ । आम्दानीमा केही बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन जाने छ । शेयर बजार औसत अवस्थामा रहेको छ । 

वृश्चिक
भाग्यको साथ नभएकाले अनावश्यक क्षेत्रमा मेहनत गर्न पुग्दा उक्त मेहनत खेर जाने छ । मनमा निराशाजनक भावले सताउने थाल्ने छ । जीवनप्रतिको उत्साहमा आउने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र मनमा मनोबलको कमि हुन जाँदा कमजोर ब्यक्तित्व हुन पुग्ने छ । घर जग्गाको कारोवा, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सामानका कारोवार, व्युटि पार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर बजार औसत अवस्थामा छ । 
 
धनु 
औसतमा बोलीमा सितलता देखा परेता पनि बेला बेला बोली अत्याधिक अनपेक्षित कडा हुन पुग्दा विषयवस्तु बिग्रन पुग्दा आफैलाई नोक्सानी ब्योहर्नु पर्ने अवस्था आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने भएकाले अप्ठ्यारो परिस्थितिमा पनि धैर्य भएर सामना गर्ने तागत भने प्राप्त हुने छ । पेशागत जीवनमा पनि बादबिबाद वा द्वन्द देखा पर्न जाने भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला । ब्यापार विजनेश गरिरहेकाहरुलाई समय प्रतिकुल बन्न पुगेको छ भने रोजगारीमा रहेकाहरुलाई समय शुभ नै हुने छ । शेयर बजार धेरै अनुकुल नभए पनि प्रतिकुल पनि छैन् । 

मकर 
कमाई गर्नु पर्दछ भन्ने विचारले प्रश्रय पाउने समय सक्रिय छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुने छ । भाग्यको साथ कम भएकाले कर्मफल प्राप्त हुन ढिलाई हुने भएकाले धैर्यतापूर्वक पाईला भने चाल्दै रहनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा काममा सफलताको दर बृद्धि हुने छ । ब्यवसायिक जीवनमा जोखिम देखिएकाले थप लगानीका विषयमा धेरै उत्साही हुने अवस्था देखिँदैन् । रोजगारीमा रहेकाहरुलाई भने समय औसत अवस्थामा नै रहने छ । शेयर बजार धैर्यतापूर्वक हिड्नु पर्ने समय छ । 

कुम्भ 
समय अलि प्रतिकुल तर्फ सोझिएकाले संयमित बन्नु होला । आत्माबलमा कमि आउँदा मनमा डर लागे जस्तो भइरहने छ । आम्दानीमा कमि आउँदा आर्थिक सन्तुलनमा परिवर्तन आउँदा त्यसको प्रभावले जीवनप्रति नकारात्मक भावना बृद्धि गराई दिने छ । यसअघि आफैले कमाएर राखेको र पैतृक सम्पत्ति वा विरासतले असहज अवस्थालाई सम्बोधन गर्न मद्दत पु¥याउने छ । राजनीति, बजार ब्यवस्थापन, लेखन, पत्रकारिता, संचारकर्मी, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर बजार पनि प्रतिकुल रहेकाले संयमित भइ पाइला चाल्नु होला । 

मीन
पारीवारिक जीवनमा केही कटुताको भाव पैदा हुने छ । कडा खाले ब्यक्तित्व हुन पुग्ने छ । ब्यक्तित्व र आफ्नो मनका बीच तालमेल नमिल्दा असामञ्जस्य हुन पुग्ने छ । त्यसले आफ्नो स्वाभाव र मन भित्रको विचारका बीच तालमेल ल्याउने प्रयास गर्नु होला । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नझुक्ने बानी सक्रिय हुने छ । शिक्षा क्षेत्र, ब्यवस्थापन, नेतृत्व, ब्यवस्थापक, स्टेसनरीको ब्यापार जस्ता पेशा ब्यवसायमा आवद्धहरुलाई समय प्रतिकुल रहेकाले संयमित रहनु होला । शेयर बजार भने अनुकुल बन्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement