राशिफलः आज (साउन ९) तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको ९ गते मंगलबार, अधिक श्रावण शुक्लपक्षको सप्तमी तिथि ।

मेष 
सामाजिक कामहरुमा रुचि बढ्ने छ । पेशा तथा ब्यापारबाट फाइदा मिल्ने छ । सामाजिक स्तरबाट पनि सम्मान प्राप्त हुने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी, सार्वजनिक यातायात आदी क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

Advertisement

वृष 
पेशागत जीवनमा दबाबपूर्ण अवस्था आउने छ । आर्थिक रुपमा असन्तुलनको सामना गर्नु पर्दा मानसिक तनाव झेल्नु पर्ने छ । अन्योलताले सताउने छ । परिवारमा द्वन्द आउने तथा त्यसले परिवारमा कटुतामा लैजाने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।

मिथुन 
साथिभाइहरुसँगको मित्रतामा बृद्धि हुने छ । स्वादिष्ट भोजनको अवसर मिल्ने छ । यात्रामा मन रम्ने छ । ग्यारेज, ढुवानी, यातायात, पेट्रोलिय पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । ब्यापार विजनेशमा फाइदा मिल्ने छ । झैझगडाको समय सक्रिय रहेकाले संयम रहनु नै ठिक हुन्छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ ।

कर्कट
अनावश्यक बादविवादमा फसिने अवस्था आउने छ । मनोबलमा बृद्धि हुने भएता पनि आक्रामकतामा पनि बढोत्तरी हुने भएकाले विचार  गर्नु होला । पेशागत जीवन तथा ब्यापार विजनेश औसत खालको रहने छ । शेयर क्षेत्रबाट आंशिक लाभ प्राप्त हुने छ । 

सिंह
प्रेममा सफलता मिल्ने छ । आर्थिक जीवनमा सन्तोष मिल्ने छ । पेशागत क्षेत्रमा असमझदारीले निरन्तरता पाउने छ । कर्मशिलतामा भने बढोत्तरी हन जाने छ । यात्रामा कठिनाईहरु आउने छन् । परिवारमा झैझगडाले सताउने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

कन्या
भाग्यको बलियो छ । आँटेका कुराहरु पुरा हुने छन् । यात्रामा सफलता प्राप्त हुने छ । मार्केटिक तथा ब्राण्डिङ्गको क्षेत्रमा कार्यरतहरुमा सृजनशिलता थपिने छ । साझेदारीमा गरिएका कार्यहरुमा देखिएका बिबादले समाधान पाउने छन् । शेयर क्षेत्र मध्यम रहने छ । 

तुला 
मनमा उदासिनताले घेर्ने छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक दृष्टिकोणले सताउने छ । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । समय प्रतिकुल रहेकाले संयमित रहनु नै बुद्धिमानी ठहरिने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा योजना बनाए अनुसार सफलता प्राप्त हुने छैन् । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

वृश्चिक
पेशागत जीवनमा उपलब्धि मिल्ने छ । पारीवारिक सदस्यहरुबीच तनावले आफैलाई पनि तनाव थप्ने छ । सेवा क्षेत्रहरु जस्तै फुड सर्भिस, खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य, होटल, रेष्टुरेण्ट, खाजाघर जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ । शेयर बजार भने मध्यम खालको रहने छ । 

धनु 
यात्रामा समस्या भोग्नु पर्ने छ । परिवारका सदस्यहरुको साथले मानसिक रुपमा ठुलो मद्धत मिल्ने छ । आर्थिक पक्ष भने सन्तुलित हुने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । 

मकर 
आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । आम्दानीमा हुने बृद्धिले समाजमा मान पनि बृद्धि हुने छ । यात्रामा भने कठिनाईहरु व्योहर्नु पर्ने हुन्छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा सफलताहरु हात पर्ने छन् । अरुले हेप्ने छैनन् । शेयर क्षेत्रबाट फाइदा मिल्ने । 

कुम्भ 
समय प्रतिकुल खालको रहने छ । राम्रो गर्न खोज्दा खोज्दै पनि त्यसको उचित मुल्यांकन मिल्ने छैन् । अरुले हेप्ने छन् भने पेशागत जीवनमा दोष अपमानित हुनु पर्ने छ । पेशागत क्षेत्रमा सोचे अनुसार हुने छैन् । यात्रामा कठिनाई झेल्नु पर्ने छ । साझेदारीमा गरिएको काममा द्वन्द हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

मीन
पेशागत जीवनमा महत्वपूर्ण लाभ हात लाग्ने छ । आम्दानीमा बृद्धि हुने भएकाले आँट आउने छ । परिवारमा प्रेम बढ्ने छ । सामाजिक जीवनबाट मान मर्यादा प्राप्त हुने छ । परिवारका सदस्यहरुबीच कटुता रहने छ । यात्रामा सफलता पाइने छ । शेयर क्षेत्र फलदायी हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement