राशिफलः आज (साउन १५) तपाईंलाई अर्थ, व्यापार, व्यवसायबाट लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको १५ गते सोमबार, अधिक श्रावण शुक्लपक्षको चतुर्दशी तिथि । आज खीर खाने संस्कृति नेपाली समाजमा रहेको छ ।

मेष
रसिक स्वाभाव हुने र ग्ल्यामरस क्षेत्रमा मन जाने छ । आम्दानीमा सिधा बृद्धि नभए पनि सामाजिक प्रतिष्ठा प्राप्त हुने छ । सामाजिक रुपमा ख्याति बढ्ने छ । पेशागत जीवन औसत खालको रहने छ । बोलीमा प्रभावकारीता रहने हुँदा अरुको भरोसा जित्न सकिने छ । परिवारमा मिलन हुने र समन्वय हुने छ । शेयर बजार अनुकुल रहने छ । 

Advertisement

वृष
कार्य सफलता प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने तथा आर्थिक रुपमा आम्दानीमा पनि बृद्धि हुने छ । जनावरहरु प्रति लगाव बढ्ने छ । उद्योग कलकारखना संचालकहरुको हकमा भने मजदुर बिबाद चर्कने छ । शेयर क्षेत्रबाट केही लाभ आर्जन हुने छ । 

मिथुन 
जोखिमपूर्ण कदम चाल्नका लागि उक्साहट हुने समय सक्रिय रहेकाले संयमतापूर्वक निर्णयहरु लिनु राम्रो हुने छ । नयाँ काम शूरुवात गर्ने वातावरण बन्ने छ । पेशागत क्षेत्रबाट सन्तोष मिल्ने छ । आम्दानीमा पनि केही बृद्धि नै देखिने छ । पैतृक धन सम्पत्तिका विषयमा किचलो हुने छ । शेयर क्षेत्र प्रतिकुल देखिन्छ ।

कर्कट
प्रेममा सफलता प्राप्त हुने छ । उपहार प्राप्त हुने समय सक्रिय रहेको छ । धार्मिक कार्यहरुमा सहभागि हुन मन लाग्ने छ । आम्दानीमा बृद्धि हुने हुँदा आर्थिक रुपमा सहजता आउने छ । पेशागत जीवनमा भने सामान्य समय रहने छ । परिवारमा खुशीयाली रहने छ । शेयर क्षेत्र अनुकुल देखिँदैन् । 

सिंह
निरन्तरतालाई जोड दिने र संयमित रहनु पर्ने समय रहेको छ । रोग ब्याधीको संक्रमणको जोखिम देखिन्छ । खानेकुराका विषयमा संयमित रहनु होला । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुने छ । आम्दानीमा कमि आउने र आर्थिक व्यस्थापनका लागि धौधौ पर्न जाने छ । शेयर क्षेत्र हल्का सन्तोषजनक हुने छ । 

कन्या
ठुला बडाको विश्वास प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ भने मनमा दृढताको विकास हुने छ । नयाँ काममा विश्वास पैदा हुने छ । पेशागत जीवन शुभ रहने छ । धार्मिक क्षेत्रमा प्रभाव बढ्ने छ । नाता कुटुम्ब तथा आफन्तहरुसँग भने कटुता बढ्ने छ । कर्मशिलतामा बढोत्तरी हुने छ । शेयर क्षेत्र शुभ देखिएको छैन् । 

तुला
भोग विलासका क्षेत्रमा मन जाने छ । खर्च धेरै हुने हुँदा खर्च धान्न कठिनाई हुने छ । सवारीसाधन फेर्ने तथा नयाँ सवारीसाधन खरिद गर्ने समय सक्रिय रहेको छ । पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । मादक पदार्थहरुको नशाबाट बच्ने प्रयास गर्नु नै बुद्धिमानी हुने छ । शेयर क्षेत्र पनि जोखिमयुक्त देखिन्छ । 

वृश्चिक
सृजना कर्ममा सफलता प्राप्त हुने छ । कल्पनाशिलतामा चलायमानता आउने छ । जोखिम लिन सक्ने व्यक्तित्व हुने हुँदा आँटिलो भाव आउने छ । पेशागत जीवन अनुकुल रहने छ । तर्क गर्न सक्ने हुँदा बादबिबादमा सफलता प्राप्त हुने छ । परिवारमा भने अशान्ति देखिने छ । शेयर बजार अनुकुल रहने छैन् । 

धनु 
आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । यात्रामा जाने र त्यसबाट लाभ पनि मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ । बोलीको प्रभाव कायम रहने छ । पारीवारिक तनावले सामाजिक जीवनलाई समेत असर पार्ने छ । आर्थिक रुपमा भने समय अनुकुल नै रहने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । 

मकर 
पारीवारिक सम्बन्धमा तितोपना देखिने छ । राम्रो गर्न खोज्दा खोज्दै पनि अरुले भने आलोचनात्मक दृष्टिकोणबाट लिने छन् । छिमेकीहरुसँग द्वन्द बढ्न जाने छ । मनोबल उच्च रहने हुनाले कठिन समयमा पनि दृढतापूर्वक अघि बढ्न साहस आउने छ । पेशागत जीवनमा संघर्षरत रहनु पर्ने छ । शेयर क्षेत्र मध्यम अवस्थाबाट गुज्रने छ । 

कुम्भ 
उर्जाशिल व्यक्तित्व हुने छ । पेशागत जीवनमा सुधार आउने छ । आम्दानीमा पनि केही बृद्धि हुन पुग्ने छ । पारीवारिक मिलन हुने र रमाइलो हुने छ । घर घडेरी क्षेत्रबाट लाभ प्राप्त हुने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

मीन
समय चुनौतिपूर्ण छ । आर्थिक असन्तुलनका कारण परिवारमा तनाव उत्पन्न हुने छ । पेशागत जीवनमा आरोप प्रत्यारोपको अवस्था आउने छ । बौद्धिक क्षेत्रमा सक्रियहरुलाई भने अनुकुल रहने छ । विदेश यात्रामा भने सफलता मिल्ने छ । दाम्पत्य जीवनमा कटुता देखिने छ । शेयर क्षेत्र औसत खालको रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement