राशिफलः आज (भदौ ७) तपाइँलाई पेशा, व्यवसाय, शेयर कारोबारबाट लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको ७ गते बिहीबार शुद्धश्रावण शुक्लपक्षको अष्टमी तिथि । आज गौरापर्व तथा दुर्वाष्टमी व्रत रहेको छ । साथै आज थकाली समुदायको फालो पर्व रहेको छ ।

मेष 
प्रतिष्पर्धात्मक क्षेत्रमा सवलता आउने छ । धन सम्पत्तिको उपयोगबाट सन्तोष मिल्ने छ । ब्यक्तित्वमा आउने गिरावटले फित्तलो व्यक्तित्व बनाउने हुँदा यसबारेमा ध्यान दिनु होला । शरीरिक कमजोरी देखा पर्ने छ । पेशागत जीवनमा भने कदर प्राप्त हुने छ । अरुले राम्रो मूल्यांकन गर्ने छन् । शेयर क्षेत्र औसत रहने छ ।

Advertisement

वृष 
भाग्यको साथ रहेको छैन् । पेशागत तथा ब्यावसायिक जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । ब्यक्तित्वमा गिरावट आउँदा अरुले हेप्ने छन् । बोलीको प्रभावमा पनि कमि आउने भएकाले संयमित रहेर बोल्ने गर्नु उपयुक्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

मिथुन 
ब्यक्तित्व बोल्ड हुने छ । पेशागत जीवन भने सकारात्मक रहने छ । मनमा उत्साहको कमि देखिने छ । कर्मको जीवनमा उत्साह एवं उमङ्गको कमि देखिने छ । जीवनसाथिको साथ लिए काम गरेमा यसले सकारात्मक नतिजा दिने छ । साझेदारीमा गरिएका कामहरुले सफलता दिने छन् । शेयर क्षेत्रमा लाभ मिल्ने छ । 

कर्कट
आत्माबल बलियो हुने भएकाले सबै खाले परिस्थितिसँग जुध्न साहस मिल्ने छ । बोल्ड ब्यक्तित्व हुने छ । पेशा तथा ब्यापार ब्यवसायमा आशातित सफलता र नतिजा प्राप्त नहुने भएकाले निराश नभई अघि बढ्नु पर्ने देखिन्छ । मनमा भने उदासिनता र चिन्ताले सताउने छ ।  

सिंह
भाग्यको बलियो छ । कठिनाईहरुबाट पार पाउन यस बेला मद्धत पुग्ने छ । चतुर व्यक्तित्व हुने छ । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा सकारात्मक दिशामा नै अघि बढ्ने छ । मनमा दुविधाको मात्रा देखिा पर्न जाँदा पेशागत क्षेत्रमा निर्णय लिन कठिन हुने छ । शेयर क्षेत्र सोचे जस्तो हुने छैन् ।

कन्या
पेशागत जीवनमा भने सकारात्मक तथा स्थिर हुने छ । दाम्पत्य जीवनमा असमझदारी देखा पर्ने भएकाले मनमा उत्साहको कमि आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि ल्याई दिने छ । शेयर क्षेत्र मध्यम खालको हुने छ । 

तुला 
नेतृत्व क्षमतामा तिब्रता आउने छ । दृढ खालको मनोबल हुने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवन भने सोचे जस्तो प्रगति नहुँदा मनमा असन्तोष आउने छ, त्यसैले संहालिँदै अघि बढ्नु होला । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

वृश्चिक
आर्थिक पक्ष सन्तोषजनक रहने छ । परिवारका सदस्यहरुले भरोसा गर्ने छन् । पेशागत क्षेत्र औसत अवस्थाबाट गुज्रने छ । व्यावसायीक जीवनमा भने कठिनाईहरुको सामना गर्नु पर्ने छ । खासगरी श्रम समस्या देखा पर्ने छ । सवारीसाधन चलाउँदा ख्याल गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ । 

धनु 
आर्थिक जीवनमा चुनौति देखिन जाने छ । आर्थिक कारोवारका विषयमा होशियारी साथ गर्नु होला । मनोबलमा बृद्धि हुने छ भने दृढ खालको व्यक्तित्व बन्ने छ । तर अरुले अलि कडा खालको मानिस भनि चित्रण गर्ने भएकाले यसबारेमा भने सतर्क रहनु होला । साझेदारीका क्षेत्रमा सकारात्मक नतिजा आउने छन् । शेयर बजारमा गुमाउनु पर्ने छ । 

मकर 
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ यसले प्रतिष्पर्धीहरु जुध्न तागत मिल्ने छ । अरुले हेप्न सक्ने छैनन् । मनमा दृढताको मात्रा बढ्न जाने छ भने कार्य सम्पादनमा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा मिठासपना देखिने छ । पेशागत जीवनमा गरेका कामको उचित मूल्यांकन नहुँदा मनमा खल्लोपना आउने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

कुम्भ 
मेहनति र पराक्रमीपनामा बृद्धि हुने छ । लिइएका लक्ष्यहरु पुरा हुने छन् । आम्दानीमा केही बृद्धि हुने छ भने त्यसले उत्साह बढाउने छ । परिवारको साथ मिल्ने छ । पेशागत जीव औसत खालको हुने छ  यात्रामा निस्कनु पर्ने छ । कतिपय सन्दर्भमा विवादमा सँलग्न हुनु पर्ने अवस्था आउने देखिन्छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मीन
भाग्यको साथ नभएको जस्तो मनमा लागिरहने भएकाले उत्साहको कमि ल्याउने छ । रिसको मात्रा धेरै कडा हुने भएकाले यसलाई नियन्त्रण गर्न हरदम प्रयास गर्दा उपयुक्त हुने देखिन्छ । धन सम्पत्तिमा नोकसानी हुने अवस्था देखिएकाले संयमित रहनु होला । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement