राशिफलः आज (भदौ १२) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको १२ गते मंगलबार शुद्धश्रावण शुक्लपक्षको त्रयोदशी तिथि ।

मेष 
भाग्यको साथ बलियो छ । सकारात्मक दिशामा परिस्थिति अघि बढ्ने छ । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश नभई पाइला चालि रहनु होला । पुस्तक पसल, स्टेसनरी, अध्यापन, शिक्षण, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई अनुकुल देखिन्छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

Advertisement

वृष
आम्दानीमा थोरैथोरै बृद्धि हुन जानेछ । मनमा भने दुविधाले असाध्यै सताउने छ । उदासिनता देखा पर्ने छ । परिवारमा झैझगडाको अवस्था आउने छ । बोलीको प्रभाव पनि घट्न पुग्ने भएकाले संयमित भएर मात्र बोल्ने गर्नु होला । कमजोर मनोबल भएको व्यक्तित्व हुने भएकाले त्यसको प्रभाव पेशागत जीवनमा पर्ने देखिन्छ । शेयर बजार औसत रहने छ ।

मिथुन 
बोलीको प्रभाव बढ्ने छ । तर पनि आफ्नो कुरा राम्रोसँग खोल्न नचाहने अन्तरमुखी स्वाभाव हुने छ । परिवारमा बादबिबादका क्रम रहीरहने छ । फलामजन्य कारोवार, हार्डवेयर, निर्माण सामग्री, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशालाई सकारात्मक देखिन्छ । आम्दानीमा बृद्धि हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् ।

कर्कट
समय चुनौतिपूण सक्रिय छ । पेशागत जीवनमा बादबिबादको अवस्था आउने तथा त्यसको सामना गर्नु पर्ने छ । पेशागत विषयमा मनमा दुविधाले सताउने हुँदा निर्णय क्षमताको अभाव देखा पर्ने छ । साझेदारीमा गरिएका क्षेत्रमा द्वन्द देखा पर्ने छ । दाम्पत्य जीवनमा पनि मनमुटावको अवस्था देखिने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

सिंह
भाग्यहिनता रहेकाले मनमा उत्साह र उमङ्गको कमि हुन जाने छ । आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुने स्वाभाव हुने छ । तर मनोबल कमजोर हुने भएकाले बाहिरबाट हेर्दा कमजोर व्यक्तित्व देखा पर्दा अरु व्यक्तिहरुले हेप्ने तथा पेल्ने प्रयास गर्ने छन् । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

कन्या
दृढ व्यक्तित्व हुने छ । रिस भने नियन्त्रण गर्ने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा बिबाद चर्किने हुँदा उत्साहपूर्ण हुने छन् । आम्दानीको हकमा राखिएको लक्ष्य जति प्राप्त हुने छैन् । साझेदारीमा गरिएका काममा अवरोधहरु देखा पर्ने भएकाले चनाखो रहनु होला । प्रतिष्पर्धात्मक क्षमता हुने कठिन परिस्थिति सामना गर्न सक्ने आँट आउने छ । पेशागत क्षेत्र औसत रहने छ । शेयर क्षेत्र औसत हुने छ । 

तुला
रिसको मात्रा धेरै बढि हुने छ । दोहोरो विचारले गर्दा व्यक्तित्व पनि दोहोरो खालको अनुभव अरुले गर्ने छन् । परिवारमा तनावको वातावरण देखा पर्ने छ । ग्रिल उद्योग, भाडाका सवारीसाधन, विषादीको कारोवार, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्र औसत रहने छ । 

वृश्चिक
मनमा दोहोरो विचार निरन्तर आइ रहँदा निर्णय लिन नसक्ने व्यक्तित्व देखा पर्ने छ । मेहनत गरी प्राप्त कमाई  गलत क्षेत्रमा वा सामान्य क्षेत्रमा अनावश्यक रुपमा खर्च हुने चुनौति रहेकाले संयम रहनु होला । पत्रकारिता, लेखक, बोलेर खाने पेशा, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहने छ । सेवा क्षेत्र र श्रमिकलाई भने अनुकुल रहने छ । शेयर क्षेत्रमा गुमाउनु पर्नेल छ । 

धनु 
मनमा निराशावादी चिन्तनले डेरा बसाल्ने छ । नैराश्यताका कारण जोश तथा जाँगरको अभाव हुनेछ । भाग्यले साथ नदिएकाले औसत अवस्थालाई जोगाई राख्न सक्नु पनि उपलब्धि हुने भएकाले धेरै लक्ष्य र महत्वाकांक्षातर्फ नजानु उचित हुने देखिन्छ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई समय चुनौति देखिन्छ । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छ । 

मकर 
कसैले हल्लाउन नसक्ने दृढ व्यक्तित्व हुने छ । पेशागत जीवन मध्यम अवस्थाबाट अघि बढ्ने छ । सम्पत्ति तथा वित्तिय सञ्चिती नोक्सानी हुन सक्ने भएकाले सचेत रहनु होला । नोकरी, श्रम क्षेत्र, सेवा क्षेत्र, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल देखिन्छ । शेयर क्षेत्र पनि ओसत हुने छ । 

कुम्भ 
आफ्नो लक्ष्य प्रतिको उर्जामा बृद्धि हुने छ । आत्मविश्वासीपनामा बृद्धि पनि हुने छ । तर पेशागत जीवनमा गुमाउने अवस्था आउने भएकाले संयमित रहनु पर्ने देखिन्छ । शिक्षण, अध्यापन, स्टेसनरी, वकालत, धार्मिक वस्तुको कारोवार जस्ता पेशामा आवद्धहरुलाई समय धैर्यता सहित पाइला चाल्नु पर्ने खालको देखिन्छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

मीन
आम्दानीमा बृद्धि हुने छ । ज्ञानको क्षेत्रमा पनि प्रगति हुने छ । विदेश जाने विषयमा अनुकुलता देखा पर्ने छ । पेशागत क्षेत्रमा भने समस्याहरु देखा पर्ने भएकाले पेशागत विषयमा बादबिबाद भन्दा संयमिताबाट अघि बढ्नु नै बुद्धिमानी हुने देखिन्छ । धेरै जोखिमपूर्ण कदम भन्दा हालको परिस्थितिलाई निरन्तरता दिने प्रयास गर्नु उपयुक्त हुने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement