राशिफलः आज (भदौ १८) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको १८ गते सोमबार, भाद्र कृष्णपक्षको पञ्चमी तिथि ।

मेष
आफ्नो मेहनतबाट उत्पन्न प्राप्ति प्रति सन्तोष मिल्ने छ । भाग्यले साथ दिने छ । धन धान्य तथा वित्तियस्तरमा बृद्धि हुने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा कार्यरतहरुलाई विशेष सफलता मिल्ने छ । अरुको विश्वास छिट्टै जित्न सकिने छ । तर साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ । 

Advertisement

वृष 
पारीवारिक जीवनमा तनाब उत्पन्न हुने छ भने पैतृक सम्पत्तिका विषयलाई लिएर मनमुटाब बढ्ने छ । पेशागत जीवनबाट भने लाभ मिल्ने छ । विशेषतः खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । शेयर बजारमा धैर्यतापूर्वक अघि बढ्नु पर्ने देखिन्छ । 

मिथुन 
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । मनोबलमा पनि बृद्धि हुने छ तर रिस कडा हुन जाँदा मिजासपनामा भने कमि आउने छ । पेशागत जीवनमा बनाइएका योजनाहरु पुरा हुने छ । पुराना साथिहरुसँग मिलन हुने छ । आफु भन्दा ठुलाबडाको मद्धतले ठुलो भुमिका खेल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।  

कर्कट
धन सम्पत्तिको सहि सदुपयोग हुन पुग्ने छ । पारिवारिक जीवनमा खुशीको वातावरण आउने छ । परिवारको भरोषा बढ्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छ । पेशागत जीवनमा प्रगतिको अवसर प्राप्त हुने छ । यात्राको अवस्था आउने छ । शेयर कारोवारबाट आंशिक फाइदा मिल्ने छ । 

सिंह
आर्थिक पक्षमा भरोषा बढ्ने छ । प्रेस, पब्लिकेशन, पत्रकारिता, विद्यालय, कलेज आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई केही सुधार आउने छ । जीवनसाथिको साथले मेहनत र पराक्रमी बन्ने साथ मिल्ने छ । निर्णय क्षमतामा कमि आउने भएकाले शेयर कारोवारमा उपयुक्त निर्णय लिन कठिन हुने छ । शेयर बजार मध्यम रहने छ ।

कन्या
कर्मशिलता बढ्ने छ । प्राप्त जिम्मेबारीलाई जोडबलका साथ निर्वाह गर्ने उर्जामा बृद्धि हुने छ । तर आफू भन्दा साना कर्मचारीहरुबाट सहयोग प्राप्त हुने छैन् । परिवारमा मिलन हुने छ । साथै मित्रहरुसँग पनि मिलन हुँदा रमाइलो वातावरण उत्पन्न हुने छ । आर्थिक पक्ष औसत रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

तुला 
जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुको आम्दानी बढ्ने छ । कर्मको साथ रहने भएकाले पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । सम्मानित हुने अवसर प्राप्त हुने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी आदी क्षेत्रमा संलग्नहरुले लाभ आर्जन गर्ने छन् । शेयर बजारमा गुमाउनु पर्ने छ । 

वृश्चिक
सम्पत्ति तथा वित्तिय विषयमा कटुता बढ्ने छ । खासगरी परिवारका सदस्यबीच यस विषयमा तिक्तता उत्पन्न हुने छ । पेशागत जीवनमा विभिन्न समस्याहरु आउने छन् । मेहनतको कदर हुने छैन, मेहनत खेर जाने छ यसले मनमा निराशा भाव पैदा गर्ने छ । श्रम क्षेत्रमा संलग्नहरुको हकमा समय मध्यम प्रकारको छ । शेयर बजार औसत रहने छ ।

धनु 
भाग्यको साथ रहने भएकाले उन्नति प्रगति हुन पुग्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पैतृक सम्पत्तिका विषयमा देखा परेका विवाद, मुद्धामामिला सुल्झने तर्फ अघि बढ्ने छ । पेशागत जीवनमा  महत्वपूर्ण जिम्मेबारी प्राप्त हुने छ । तर विदेश सेटलमेण्टमा भने समस्या दखिने छ । शेयर बजार फलदायी रहने छ । 

मकर 
सेवा क्षेत्रमा संलग्नहरुलाई फाईदा हुने समय रहेको छ । ब्यक्तित्वमा निखारता आउने भएता पनि रिस नियन्त्रण गर्न नसके अत्याधिक रुखो व्यक्तित्व बन्ने खतरा रहेकाले विचार पु¥याउनु होला । विज्ञान, सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रका व्यक्तिहरुलाई लाभ हुने छ । शेयर बजारमा लगानी गर्दा सतर्क रहनु उपयुक्त होला । 

कुम्भ 
ब्यापार विजनेशमा सफलता प्राप्त हुने छ । सेवा क्षेत्रमा रहनेहरुले पनि पेशागत जीवनमा मानसम्मान तथा पदोन्नतिको वातावरण बन्ने छ । नतृत्व गर्ने अवसर प्राप्त हुने छ । न्याय, प्रशासन तथा ठेक्कापट्टामा सक्रियहरुको हकमा शुभ समय रहेको छ । ग्रिल, सिमेण्ट, विषादी तथा केमिकल्सको ब्यापारमा लाग्नेहरुको ब्यापारमा बढोत्तरी हुने छ । शेयर कारोवार अनुकुल बन्न जाने छ । 

मीन
अन्योलता बढ्न जाँदा दुविधात्मक ब्यक्तित्व देखा पर्ने छ । नकारात्मक विचारले सताउला । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा समस्या आउने भएकाले निकै सतर्क रहनु नै उपयुक्त हुने छ । विनाकारण दोषारोपण खेप्नु पर्ने छ । दैनिक ज्याला समयमा प्राप्त नहुने अवस्था छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement