राशिफलः आज (भदौ १९) तपाइँको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको १९ गते मंगलबार, भाद्र कृष्णपक्षको षष्ठी तिथि ।

मेष 
पेशागत जीवनमा बिबाद देखा पर्न जाने र शत्रुतामा बृद्धि हुने भएकाले पेशागत जीवनमा संयमित भई पाइला चाल्नु होला । ब्यापार विजनेश गर्नेहरुले अहिले धेरै जोखिम उठाउने बारेको निर्णय लिने बेला रहेको छैन् । जागिरमा रहेकाहरुको हकमा समय केही औसत देखिन्छ । बोलीमा कडापन आउने हुँदा आफैलाई घाटा हुन जाने छ । परिवारमा झगडा देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने केही बलियोपना देखिएकाले असजिलो परिस्थितिमा पनि नडराउने दृढता देखा पर्ने छ । पुस्तक प्रकाशन, पत्रकारिता, स्टेशनरी, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल छैन् । शेयर बजार भने औसत रहने छ । 

Advertisement

वृष 
पारीवारिक जिममेवारी लिनु पर्ने हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । मनमा भने निराशाले च्याप्ने छ । जसले गर्दा उत्साह र उमङ्गको कमि हुन जाँदा आलसी ब्यक्तित्व बन्ने छ । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु देखा पर्ने भएकाले अत्यन्त संयमित भएर पाइला चाल्नु होला । जसले गर्दा आफ्नो पेशाप्रति वितृष्णा देखा पर्ने भएकाले पेशागत विषयमा मौन नै रहँदा उत्तम हुने छ । लेखन, प्रवचन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल छ । शेयर बजार औसत हुने छ । 

मिथुन 
मनोबल उच्च हुने भएकाले कसैले हेप्न सक्ने छैनन् । कसैसँग नडराउने ब्यक्तित्व हुने छ । असाध्यै कडाखाले ब्यक्तित्व हुने भएकाले आफु भन्दा सानाले भन्नु पर्ने कुराहरु पनि स्पष्ट रुपमा भन्न हिच्किचाउने छन् । रिस पनि असाध्यै धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहनु पर्ने समय छ । तर मनमा भने उदासिनता देखा पर्ने छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । प्रशासन, न्याय क्षेत्र, राजनीति, ठेक्कापट्टा, उद्योग कलकारखाना, श्रम क्षेत्र आदीमा संलग्नहरुलाई समय प्रतिकुल बन्न पुगेको छ । शेयर बजार पनि अनुकुल छैन् । 

कर्कट
समग्रमा आम्दानीमा बृद्धि हुन जाने छ । पेशागत जीवन औसतमा शुभ अवस्थामा रहने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु दखा पर्न थाल्ने छ । आत्माबल उच्च भएको दृढ ब्यक्तित्व हुने छ । योसँगै रिसाहा ब्यक्तित्व हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । बोलीमा पनि कडापन देखिने भएकाले यसबारेमा सतर्क रहँदा उपयुक्त हुने छ । उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरुलाई शुभ हुने छ । शेयर बजार अनुकुल देखिन्छ । 

सिंह
भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले परिस्थिति संम्हालिने छ । आम्दानीमा बृद्धि हुने छ । थोरै मेहनतबाट पनि धेरै फाइदा मिल्न पुग्ने छ । तर मनमा भने अत्याधिक धेरै दुविधाहरु एकपछि अर्काे गर्दै आउने छन् । साझेदारीमा गरिएका काममा बिबाद देखिने छ । साझेदारहरु बीच टकरावको अवस्था आउने छ । बजारीकरण, ब्यवस्थापन, संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र, ब्यापार विजनेश आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय छ । शेयर बजार अनुकुल रहने छ । 

कन्या
पेशा ब्यवसाय प्रति भरपुर साहस आउने छ । परिवारको साथले गर्दा कर्मशिलतामा बृद्धि हुन जाने छ । भाग्यको साथ रहेकाले बाणिज्य, ब्यापार तथा ब्यवसायमा संलग्नहरुलाई फाईदा मिल्ने छ । खासगरी भाग्यको साथ रहेकाले पेशागत जीवनमा उन्नति हुने जाने छ । साझेदारीमा गरिएका कामहरुमा भने उल्झन देखा पर्ने जाने छ ।सजावटका सामान, अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ । शेयर बजार पनि अनुकुल बन्ने छ । 

तुला
सतर्क रहनु पर्ने समय छ । रोजगारी तथा तथा व्यवसायमा समस्या देखा पर्न जाने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । बादबिबाद तथा अवरोधहरु एकपछि अर्काे गर्दै सामना गर्नुु पर्ने भएकाले मानसिक रुपमा यसबारेमा तयार रहनु होला । सन्तान सुख प्राप्त हुने छैन् भने भित्रि बुद्धि मन्द हुन पुग्दा मन्द ब्यक्तित्व बन्न पुग्ने छ । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा ढिला गरि मात्र प्रगति हुने छ । स्टेशनरी, शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस जगत, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरुले धैर्यता अपनाउनु पर्ने समय छ । शेयर बजार भने सकारात्मक बन्न पुगेको छ । 

वृश्चिक
संयमित भएर पाइला चाल्नु पर्ने समय छ । मनोबलको पनि कमि हुन जाने छ । शारीरिक थकान धेरै देखा पर्ने छ । मांसपेशी दुख्ने र रगतसम्बन्धी समस्याले दुःख दिने छ । साथै मनमा निराशाजनक भावले सताउने थाल्ने छ । जीवनप्रतिको रहको उत्साहमा कमि आउने छ । भाग्यको साथ नरहनाले अनावश्यक क्षेत्रमा मेहनत खेर जाने छ । सौन्दर्य प्रशाधनको ब्यापार, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार,  व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय अनुकुल छैन् । शेयर बजार औसत रहने छ । 

धनु 
आफ्नो लक्ष्य वा सपना पुरा गर्न सक्रिय हुने स्वाभावमा बृद्धि हने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा फाईदा हुने छ । भाग्यको साथ कम भएकाले ढिलो गरि मात्र नतिजा आँउने भएकाले मनमा धैर्यताको कमि हुने छ । तर धैर्य रहनु होला । ब्यवसायिक जीवनमा धेरै जोखिपूर्ण निर्णय नलिनु होला । शेयर बजार धेरै औसत रहेको छ । 

मकर 
परिवारमा झगडा वा कटुता देखा पर्ने छ । मनमा उदासिनता बढि हुने छ । दाम्पत्य जीवनमा राम्रो गर्न खोज्दा खोज्दै पनि नकारात्मक नतिजा आउने छ । अत्यन्त कडा प्रकृतिको ब्यक्तित्व हुन पुग्दा विषयवस्तु बिग्रिन पुग्ने भएकाले यसबारेमा ध्यान दिनु होला । रिस पनि धेरै उठ्ने भएकाले संयम रहनु होला । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नदब्ने बानी भने हुने छ । ब्यवस्थापन, नेतृत्व, ब्यवस्थापक, स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहेकाले धैर्यता साथ पाइला चाल्नु होला । शेयर बजार भने अनुकुल हुने छ । 

कुम्भ 
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । आम्दानीमा गिरावट आउने छ । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल कम प्राप्त हुँदा मनमा निराशा आउने छ । धेरै जोखिमपूर्ण काममा हात हाल्न समय छैन् । पेशागत जीवनमा केही समस्याहरु उत्पन्न हुने भएकाले तीसँग जुध्नु पर्ने हुन्छ । पेशागत जीवनक विषयले मनमा असाध्यै तनाव सृजना गराई दिने छ । जीवनसाथिको साथसहित काम गरेमा केही राहत मिल्ने छ । राजनीति, बजार ब्यवस्थापन, लेखन, उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र पनि प्रतिकुल रहेको छ । 

मीन
पेशागत जीवनमा आँटेका कामहरुमा सफलता प्राप्त हुने छ । तर आफुले खेलेको भुमिका अनुसार कदर भने हुने छैन । सामान्यतया बोली प्रभाव बढ्ने छ । तर कतिपय अवस्थामा बोली आवश्यकता भन्दा अप्रत्याशित कडा देखा पर्ने भएकाले यसबारेमा विचार पु¥याउनु होला । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । कतिपय अवस्थामा प्रतिफल नै प्राप्त नहुने विषयमा मेहनत गर्न मन लागि पराक्रमी स्वाभाव बन्न जाने छ । बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, शिक्षा क्षेत्र, अध्ययन अध्यापन, परामर्श आदी जस्ता क्षेत्रमा मा सक्रियहरुलाई फाईदा मिल्ने छ । शेयर बजार सकारात्मक रहेको देखिन्छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement